ग्रह दशाको क्रम एवं महत्व

पराषरि ज्योतिषले जातकको आयु १२० वर्ष भनि मानेको छ।त्यस सिद्वान्त अनुसार विशोत्तरी दशाको व्यवस्था गरिएको छ।अर्थात् यस पद्वति अनुसार सबै ग्रहको दशाको योग १२० वर्ष हुन्छ।यद्दपी अन्य प्रणालीमा जैमिनी आदि अश्टोत्तरी दशा १०८ वर्ष तथा शोड्शोत्तर दशा ११६ वर्षको पनि व्यवस्था गरिरहेको छ।यसको अतिरिक्त विस्तारको लागि काल चक्र दशा योगिनी दशा त्रिमागी दशा नै महत्वपूर्ण तथा प्रचलित मानिन्छ।अत हामीले विशोत्तरी दशाको चर्चा गरौँ।

ग्रह दशा ५ प्रकारको मानिएको छ।महादशा,अन्तरदशा,प्रत्यंतर दशा प्राण दशा तथा सुक्ष्म दशा।कुन घटना वा कार्य कहिले फलित हुन्छ त्यो जान्नको लागि दशा ज्ञान जान्न अनिवार्य छ।जति अधिक परिणाम निकाल्न छ भने त्यतिकै सुक्ष्म दशामा जाने पर्छ।महादशाले हामीलाई १०-२० वर्षको जानकारी दिन्छ।अन्तर दशाले २-४वर्षको जानकारी दिन्छ।प्रत्यंतरदशा ४-६ महिनाको जानकारी दिन्छ।प्राण दशाले २-४ हप्ताको दशा दिन्छ तर सुक्ष्म दशाद्वारा प्रत्येक दिन तथा घन्टाको जानकारी लिन सकिन्छ।अत हामी जति दशाको सुक्ष्म गणग गर्न सक्छौ त्यतिनै प्रत्येक घट्ने घटनाको ’boutमा सटिक समय जान्न सक्छौ।

यद्दपी प्राय हाम्रो चलन अनुसार सबै कुण्डलीको दशा फल महादशा,अन्तरदशा तथा प्रत्यंतर दशाद्वारा नै गरिन्छ।किनकि यहि पद्दति द्वारा ८० देखि ८५ प्रतिशत ठोस गणना गरि फल कथन गर्न सकिन्छ।यो भन्दा अधिक गहिराईमा गई नत जातकले नै जान्न चाहन्छ।नत ज्योतिष नै यति श्रम गर्न तयार हुन्छ।यदि ज्योतिषले पूर्ण श्रम गरि कार्य सम्पन्न गर्दा जातकद्वारा श्रम अनुसार पारिश्रमिक पनि प्राप्त गर्न सक्दैनन् ।त्यस कारण माथि उल्लेखित व्यवस्था अनुसारनै कार्य गरिन्छ।अब हामी पुन विशोत्तर दशा तिर लागौं।संक्षेपमा भन्नु पर्दा विशोत्तर दशाको विभाजन पाँच खण्डमा गरिछ।पाँच मध्ये अगाडिको तिन दशालाई प्राथमिकतामा राखी कार्य गरिन्छ।हामी पनि यी तिनको चर्चा गर्ने छौँ।ग्रहदशा(विशोत्तर)महादशा,अन्तरदशा प्रत्यंतर दशा,प्राण दशा,सुक्ष्म दशा ग्रहको दशा क्रम सदैव यस प्रकार रहन्छ।

केतु,शुक्र,सुर्य,चन्द्र,मंगल,राहु,गुरु,शनि,बुध

महादशाको अवधि यस प्रकार हुने गर्दछ।
केतु-सात वर्ष, शुक्र-विष वर्ष, सुर्य-छ वर्ष , चन्द्र-दश वर्ष, मंगल-सात वर्ष, राहु-अठार वर्ष, गुरु-सोह्र वर्ष, शनि-उन्नाइस वर्ष, बुध-सत्र वर्ष
कुल अवधि =१२० वर्ष हुन्छ।यै ग्रहको महादशा चल्दा साथै अन्य ग्रहका अन्तर दशा त्यसै भित्र प्रत्यंतर दशा, प्राण दशा, सुक्ष्म दशा हेर्न सकिन्छ।