केम द्रुम योग

आज हामी एउटा यस्तो योगको ’boutमा चर्चा गर्ने छौं।जसलाई ज्योतिष शास्त्रले अत्यन्त खराब अनिष्ट कारक दरिद्र बनाउने योग भनि व्याख्या गरेको भेट्न पढ्न सक्छौं।

साथै यस योगको ’boutमा विभिन्न भ्राती पनि पाइन्छ।भन्नु पर्दा यस योगलाई भ्रातीको बीच रहन पर्दै आएको छ।यो योग कसरि बन्छ त? भनिन्छ जन्म कुण्डलीको अघि पछि यदि कुनै ग्रह छैन भने त्यसलाई केमद्रुम योग भनिन्छ।ज्योतिष पुस्तकमा यस योगलाई दरिद्र योगको समकक्ष राखिएको छ।  र यो सत्य पनि हो यसको पनि बिधि छ,तसर्थ डराउनु पर्दैन।

सबै भन्दा पहिले कुण्डलीमा केमद्रुम योग हो कि होइन पत्ता लगाउने तत् पश्चात चन्द्रमाको भाव हेर्ने अर्थात् चन्द्रमा कुन भाव हो स्वामी हो दोस्रो भावको स्वामी हो वा मेष लग्नमा चौथो भावको स्वामी हो वा मिन लग्नमा पाँचौ भावको स्वामी हो वा वृश्चिक लग्नमा भाग्य स्थानको स्वामी हो वा कन्या लाग्नमा एकादश स्थानको स्वामी हो वा कर्क लग्नमा लग्नेश हो भने यस्तो चन्द्रमा लाई बलवान बलियो बनाउनु पर्दछ।

यसको लागि मोति लाई चाँदीमा लकेट बनाई वा चाँदीको चन्द्रमा बनाई चाँदीको सिक्रीमा लाउदा यो योगबाट हुने दुष्परिणाम धेरै शान्त हुन्छ।साथै आम र हजुर आमा को खुब सेवा गर्नु पर्छ।

किनकि ज्योतिष शास्त्रले चन्द्रमालाई आमाको स्थान प्रदान गरेको छ।यसो गर्दा यो योगलाई शुभ फल दायी बनाउन सकिन्छ। साथै मृत संजीवनी कवचको पाठ नित्य गर्नाले पनि यो योग बाट बच्न सकिन्छ।शिवलिङ्गमा नित्य,जौ,तिल,अक्षता,दुध हाली ओम सोम सोमाय नम: मन्त्र जप गर्दा पनि यो योगलाई अनुकुल बनाउन सकिन्छ।