दरिद्र योग

लग्न वा चन्द्रमा जुन स्थानमा छ त्यस स्थानबाट गन्दा पर्ने १,४,७,१० भाव यदि खाली छ भने वा त्यस स्थानमा पापी ग्रह जस्तै शनि,रहु,केतु जस्ता ग्रह छ भने दरिद्र योगको निर्माण हुन्छ।

मैले अघिल्लो साता कुण्डलीमा हुने अनिष्ट कारक योग केमद्रुमको ’boutमा यँहाहरुलाई जानकारी गराउने कोसिस गरेको थिए।र आज पनि कुण्डलीमा हुने अति अनिष्ट कारक दरिद्र योगको चर्चा गर्ने छु।

परिभाषा:-लग्न वा चन्द्रमा जुन स्थानमा छ त्यस स्थानबाट गन्दा पर्ने १,४,७,१० भाव यदि खाली छ भने वा त्यस स्थानमा पापी ग्रह जस्तै शनि,रहु,केतु जस्ता ग्रह छ भने दरिद्र योगको निर्माण हुन्छ।

फल:-दरिद्र योगमा जन्म लिने व्यक्ति अरबपतिको घरमा जन्मे पनि बिस्तारै एक समयमा यस वा त्यस व्यक्तिले जीवनमा दरिद्र जीवन बिताउनबाध्य हुनै पर्छ जीविकाको लागि दरबदर भड्किनै पर्छ।यस सन्दर्भमा विद्वानहरुले दरिद्र योगको ’boutमा अरु टिप्पणी पनि व्याख्या गरेको छ।

१)सुर्य तथा चन्द्रमा एकै स्थानमा हुँदा त्यस स्थानलाई अर्थात् चन्द्रमालाई निच राशिमा बसेको ग्रहलाई हेरेको होस् र पाप अंशको प्रभावमा छ भने दरिद्र योग बन्छ।

२)चन्द्रमा लग्नमा क्षीण अवस्थामा छ र अष्टम स्थानमा कुनै पापी ग्रह होस् र लग्नमा कुनै शुभ ग्रहको दृष्टि नहोस भने पनि दरिद्र योग बन्छ।

३)चन्द्रमा राहुसित बसेको होस् साथै पापी ग्रह द्वारा दृष्ट होस् भने जातकलले दरिद्र योग बिताउनु पर्छ।
४)चन्द्रमा यदि निच राशिमा छ वा शुभ ग्रहको दृष्टि परेको होस् वा शत्रु ग्रह सित बसेको होस् भनेपनि दरिद्र योग बन्छ।

५)निच राशी वा शत्रु क्षेत्री चन्द्रमा लग्न स्थानबाट केन्द्रमा वा त्रिकोण होस् र चन्द्रमा देखि ६,८,१२ भावमा छ भने दरिद्र योग बन्छ।

६)चन्द्रमा पाप ग्रहको नपाशमा शत्रु दृष्टि चर राशी वा चर अंश छ र गुरुले चन्द्रमालाई हेरेको छैन भने दरिद्र योग बन्छ र यस्तो योग भएको मान्छेले पूर्ण जीवन दरिद्र भएर बाच्नु भन्ने मान्यता रहेको पाइन्छ।

७)निच राशी शत्रु राशी वा पाप ग्रहको बर्गमा शनि तथा शुक्रले एक अर्कालाई परस्पर हेरेको होस् वा एकै राशिमा छ भने जातक राजकुलमा जन्मिएर पनि दरिद्र जीवन बिताउनलाई विवश हुनुपर्छ भन्ने व्याख्या पाइन्छ।