सपनाहरु अनिश्चित!

बिजराज पोखरेल

जहाजले धावनमार्ग छाडीसकेको छ
दुई पाइलट
मुस्कान छर्दै
ख्यालठट्टा गर्दै
बडो विश्वासका साथ
उचाइ लिइरहेकाछन् ।

यात्रा सिंगापुर र स्वीजरल्याण्डको
उडानमा भरपर्दा र अनुभवी पाइलट
यात्रुहरु सबै ढुक्क र दंग
गन्तब्यमा पुग्नु अगाडि
अनेकौं सपना देख्दै थिए
’cause थुप्रै सपनाहरु देखाइएको थियो

चारैतीर चिल्ला सडक
सुन्दर, सफा र स्वच्छ वस्ती
हरियाली, खुला चउर र बगैंचा
न धुलोधुँवा, न त पानीको हाहाकार
डाँडाकाँडामा रेल र केवलकार
नदीनालामा पानीजहाज
घरघरमा ग्याँस
सबैको बिलासी जीवन
विकासले शिखर चुमेको
यस्तै यस्तै सपनाहरु बोकाइएको थियो ।
सपना साकार हुनेमा कुनै संदेह पनि थिएन ।

एक्कासी पाइलटहरुको
ठस्याकठुसुक गर्न थाले
मुहारमा चमक हरायो
एकआपसमा मनमुटाउ चुलियो
एकले अर्काेमाथि औंला ठड्याए
चर्काचर्कीले उग्र रुप लियो ।

जहाज डगमगाउन थाल्यो
प्रिचारिका मौन
यात्रुहरु सशंकित
गन्तब्यमा पुग्न नपाउँदै
सपनाहरु सबै अनिश्चित !