चासो नभएको खबर

पल्लो घरमा एउटा पत्रकार बस्थ्यो । उसले झन् यो खबर नसुन्ने कुरै भएन । सुन्यो तर उसले पनि यसलाई अखबारका लागि कुनै खबर बनाएन । यसमा कुनै राजनीतिक रंग लागेको थिएन, यसमा कुनै मसला पनि थिएन । अब यस्तो मसालाहीन खबर पनि कहीँ खबर हुन्छ र ? अर्थात् यो कुनै खबर होइन । कुकुर हराउनु खबर हुन सक्छ, नेतालाई हाच्छयूँ आउनु कुनै समाचार हुन सक्छ । तर मान्छे हराउनु न कुनै खबर हुन सक्छ न उसका लागि दौड्न नै सकिन्छ।

ध्रुव मधिकर्मी

एकदिन ऊ घरबाट निस्क्यो ।

त्यस दिनदेखि ऊ घर फर्केन । ऊ कहाँ गयो कसैलाई थाहा छैन । घरमा आमा, बाबु दाजु भाउजू छन् तर कसैसँग सोधेर गएको होइन । त्यसो त कसैले ऊसँग कहाँ जान्छस् भनेर सोधेको पनि होइन । त्यसैले उसले कसैलाई केही सुइँकोसम्म पनि दिएन । त्यसो त घरबाट निक्लने र फर्केर नआउने खालको उसले कुनै नियोजित योजना बनाएको थिएन । परिस्थिति त्यस्तै सिर्जना हुँदै थियो । त्यसदिन उसलाई के जंग चल्यो । घटना भयो ।

संधै झैं ऊ घरबाट निस्क्यो । अगिपछि एउटा समयपछि पाइला घरतिर मोडिन्थ्यो । त्यसदिन पाइला मोडिएन । उसलाई घरमा फर्कन मन लागेन । घरको मान्छे तर घरहीनजस्तो अथवा घरमा भएनभएको कुनै मतलब नभएको बस्तुको रुपमा बसिरहन उसको मनले मानेन । कहिलेकाहीँ उसलाई परिचितहरुको भीडमा हराउनुभन्दा अपरिचितहरुको भडिमा हराउँ जस्तो लाग्थ्यो । सम्भवतः यही कारण कुनै दिन ऊ अघिपछिझैं घरबाट सामान्य तवरले निस्क्यो र हिँड्दादिँड्दै ऊ कहाँ हो कहाँ पर पुग्यो ।

र त्यसै दिनदेखि ऊ घर फर्केर आएन ।

ऊ हराएको कुरो घरपरिवारबाट विस्तारै बाहिर पुग्यो । वल्लो र पल्लो घरबाट छिमेकमा र छिमेकबाट टोलमा पुगेर खबर एक कान दुई कान मैदान भयो । धेरै दिनसम्म कतै बाहिर हिंडडुल गरेको यताउति आएगएको नदेखेपछि साथीभाइ, टोलछिमेकले नानाथरीका शंका र तर्क गर्न थाले । छोरालाई तह लाउन सकेन, दाजु र भाइबीच मेल छैन । उमेर भएको छोराको बिहे नभएकोले जोगी भयो । काम नपाएर बरालिंदै परदेश पुग्यो …” आदिइत्यादि खबर हावासरि चल्यो । केही दिन चर्चामा रह्यो र त्यसपछि अखबारी कागजझैं रद्धीको टोकरीमा फालियो ।

सँगै छिमेकको वल्लो घरमा एउटा प्रहरी डेरा गरेर बस्थ्यो । उसले पनि बराबर टोलमा देखेको, कहिलेकाहीँ सामान्य कुराकानी पनि गरेको थियो त्योसँग । तर उसले यो खबर न कार्यालयमा पु¥यायो न त हराएको ’bout खोजखबर गर्न प्रहरीमा जानुपर्छ भन्ने कुरा त्यो परिवारलाई नै सम्झायो । उसका लागि कोही (मान्छे) हराउनु भनेको महत्वपूर्ण कुरै होइन । कुनै हत्या, चोरी, लुटपिट तस्करी र जुवाजस्ता घटना भए एउटा कुरा । अतः उसले यस मामिलामा कुनै टाउको दुखाउन चाहेन ।

पल्लो घरमा एउटा पत्रकार बस्थ्यो । उसले झन् यो खबर नसुन्ने कुरै भएन । सुन्यो तर उसले पनि यसलाई अखबारका लागि कुनै खबर बनाएन । यसमा कुनै राजनीतिक रंग लागेको थिएन, यसमा कुनै मसला पनि थिएन ।, अब यस्तो मसालाहीन खबर पनि कहीँ खबर हुन्छ र ? अर्थात् यो कुनै खबर होइन । कुकुर हराउनु खबर हुन सक्छ, नेतालाई हाच्छयूँ आउनु कुनै समाचार हुन सक्छ । तर मान्छे हराउनु न कुनै खबर हुन सक्छ न उसका लागि दौड्न नै सकिन्छ ।

ऊ हराएदेखिन् टोलका साथीहरु पनि उसको घरमा गएर घर फक्र्यो कि भनेर बुझ्न कोही गएनन् । यति मात्र होइन कतै खोज्न वा के भयो भन्ने’bout चासो समेत राखेको देखिएन ।

मानौं साथीहरुको समूहबाट पनि ऊ साँच्चिकै हरायो वा चासोहीन भयो । कुनै अखबारको सामान्य खबर झैं जुन पढुन्जेल एकै क्षण स्मृतिमा रहन्छ र भोलिपल्ट अर्को खबर पढेपछि त्यसको स्मृति पानीको फोकासरह बिलाउँछ।

अब ऊ कसैको स्मृतिमा पनि शेष रहेन । बाउका लागि छोरो हराएको थिएन तर बेरोजगार छोरो हराएर काँध अलिकति भए पनि हलुङ्गो भएको अनुभूति छ । दाजुका लागि भाइ हराएन तर सम्पत्तिमा अंशियार घट्यो । अझ भाउजूका लागि त झन देवर नभएपछि थप हाइसन्चो भएको छ ।

कम्तीमा उसले देवरलाई भात पस्केर ख्वाउनु परेन । अब यस घरबाट कोही हराएको छ, कसैले आफ्नो उपस्थिति छोडेर गएको छ भन्नेसम्म पनि कसैलाई महसुस भएन । ’emको दिनचर्या अगिपछिझैं सामान्य तवरले बित्न थाल्यो ।

तर घरको एउटा कुनामा बसेर बुढी आमाचाहिं बेलाबेलामा परेला भिजाउने गर्थिन् ।