गजकेसरी योग

यस्तो व्यक्तिले जीवनमा पूर्ण सुख प्राप्त गर्छन सबै सुख भोग गर्छन ।यस्तो व्यक्ति चरित्रवान र सज्जन हुन्छन।अमला योगमा दशम स्थानमा भएको ग्रहको महादशामा जातकलाई विशेष धन प्राप्त हुन्छ।व्यापारी भए व्यापार फैलिन्छ।राज्य सेवामा भए उच्च पद प्राप्त हुन्छ।यसै प्रकार धन तथा ख्याती दुवै प्राप्त गर्छ।

गजकेशरी योगलाई ज्योतिष शास्त्रले अत्यन्त शुभ तथा प्रभावशालि रुपमा व्याख्या गरेको पाइन्छ।तसर्थ कसैको कुण्डलीमा यो योग छ भने त्यस व्यक्तिले जीवनमा सबै सुख प्राप्त गर्छ।

तर त्यो गजकेशरीको अवस्था कस्तो छ फल त्यो अनुसार हुन्छ।जस्तै कुण्डलीमा मिथुन लग्न छ भने दोस्रो भाव कर्क राशी हुन्छ।त्यस्तै भावमा यदि गुरु र चन्द्र संगै छन भने गजकेशरी योग बन्छ।र यो योगको पूर्ण फल गुरुको महादश र चन्द्र अन्तरदशामा प्राप्त हुन्छ।

चन्द्रमा बसेको स्थानबाट गन्ति गर्दा वृहस्पति १,४,७,१० स्थानमा छ भने पनि गजकेशरी योग बन्छ।तर शुक्र बुध नहोस साथै अस्त पनि नहोस र यी दुवै ग्रहले चन्द्रमालाई पूर्ण दृष्टिले हेरेको होस् प्रवल गजकेशरी योग बन्छ।

यस योगमा जन्म लिने जातक समाजमा सम्मानीय हुन्छ।तिनको प्रशंसा पनि निकै हुन्छ।’emलाई मन पराउने धेरै हुन्छ।धेरै व्यक्तिले घेरी रहन्छन।यिनको स्वभाव बिनम्र हुनु,सुख,धन,गाडी,भुमि ,भवन सबै सुख प्राप्त गर्छन।

राजनीतिमा पनि पूर्ण सफलता प्राप्त गर्छन।गुरु चन्द्रको युतिलाई गजकेशरी योग भनिन्छ।यस्तो व्यक्तिको गाथा मृत्यु पछि पनि भैरहन्छ।

अमृत योग

चन्द्रमा जुन राशिमा छ त्यस स्थानबाट गन्दा दशम स्थानमा यदि कुनै शुभ ग्रह छ भने अमला योग बन्छ।लग्नबाट दशम भावमा सुभ ग्रह छ भने पनि अमला योग बन्छ।जसको कुण्डलीमा यो योग हुन्छ गुणवान,ख्याती प्राप्त हुन्छ।