विषादीको तरङ्ग

विश्व स्वस्थ्य संगठनको अनुमानमा विकासशील मुलुकहरुमा विषादीयुक्त खानाबाट बर्सेनी १० हजार भन्दा बढी मानिसको मृतु हुन्छ भने ७० हजार भन्दा बढी अपाङ्ग, अशक्त, वा मानसिक रुपले सुस्त हुन्छन् । नेपालमा विषादीको केकस्तो प्रभाव छ भन्ने आधिकारीक तवरमा अनुसंधान भएको नदेखिए तापनि ब्यावसायिक खेतिका लागि यसको प्रयोग गरिने क्षेत्रमा नियाल्ने हो भने कृषक र आम उपभोत्ता दुबै नजानिदो तवरले विष खान बाध्य भै रहेका छन् ।

बिजयराज पोखरेल

भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण पश्चातमात्र नेपाल भित्रिन दिने सरकारको निर्णय र केही दिन नवित्दै परीक्षणको ब्यवस्थाबाट पछि हट्ने कदमले आम नेपाली उपभोक्ता झस्किन पुगेका छन् । सरकारको यस कदमकोे विरुद्धमा समाजिक संजालदेखि माइतिघर मंडला समेत तरंगित हुन पुग्यो । नेपालको इतिहासमै कृषि उपजमा विषादी परीक्षणको सन्दर्भलाई लिएर यति ठूलो तरगं कहिल्यै उत्पन्न भएको थिएन । विषादी परीक्षणको विषयमा ठुलै जनमत बहसमा उर्लिएर आएको छ । नेपालभित्र उत्पादित कृषिजन्य उपजमा विषादीको ब्यापक प्रयोगले प्रत्येक दिन विष सेवन गर्न बाध्य भइरहेको अवस्थामा भारतबाट आयातित तरकारी एवं फलफूलमामा परीक्षण ब्यवस्थाबाट सरकार पछाडि हट्नाले प्रतेक नेपालीको भान्सा थप तरंगित समेत भएको छ ।

भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण ’bout सबैको आआफ्नै तर्कवितर्क हुन सक्ला । कुरा जे भए पनि सरकार विषादी जस्तो संवेदनशील विषयमा चुकेकै हो । सरकारले गरेको राम्रो कामको प्रसंशा र नराम्रो काममा सरकारलाई खवरदारी गर्नु आम नागरिकको दायित्व पनि हो । संविधान जारी हुनु अगाडि नाकाबन्दीको विरुद्धमा दह्रो रुपमा उभिएको तत्कालिन ओली सरकार यस पटक भारतीय नाकाबाट आयात गरिने फलफूल तथा तरकारीमा विषादी परीक्षण सम्बन्धमा खुट्टा कमाउनाले पनि विषादीको विषयले थप तरंग पैदा गरायो । सरकारको हरेक कमीकमजोरीलाई प्रतिपक्षले आप्नो लाभको लागी राजनीति गर्नु कुनै नौलौ कुरा हैन । यस पटक विषादीले पनि राजनीतिक रंग समेत लिन पुगेको छ । यसका साथै भारतको पछिल्लो नकाबन्दी पश्चात मत्थर हुँदै गएको दुई देशको सम्वन्ध विषादीको कारण फेरी तरंगीत भएको छ । यसपटक भने विषादीको नाममा राष्ट्रवाद घनिभूत हुन पुगेको छ ।

कृषि उत्पादन तथा भण्डारणको क्रममा प्रयोग गरिने विषादी औषधिको समुचित प्रयोग हुन सकेन भने यसले मानवलाई मात्र हैन समस्त प्राणी जगतलाई असर गर्दछ । विषादीले कुनै ब्यत्ति, राष्ट्र र सीमा हेर्दैन । विषादीयुत्त खाद्यपदार्थ सेवन गर्ने जोकोही पनि यसबाट प्रवाभित हुन्छ । कृषिमा विषदीको बढ्दो प्रयोग मानव स्वास्थ्यको लागि विश्वभरी नै अति संवेदनशील विषय रहदै आएको छ । यसका कारण कृषिमा हुने विाषादी प्रयोगलाई न्यूनिकरण गर्न प्रत्येक देशको सरकारले हरसंभव उपायहरु अवलम्बन गर्दै आएकाछन् । खाद्यपदार्थ आयात निर्यात गर्दा विषादीको मापदण्डको परिधिभित्र रहने अभ्यास सर्वत्र आइसकेको छ । देशभित्र उत्पादित होस वा बाहिरबाट आयातित, प्रत्येक खाद्यपदार्थ स्वास्थ्यको दृष्टिकोणबाट सुरक्षित हुनै पर्दछ । यस परिप्रेक्ष्यमा भारतबाट नेपाल भित्रने तरकारी एवं फलफूलमा विषादी परीक्षण गर्नु पर्ने नेपाल सकारको निर्णयलाई अन्यथा लिन सकिन्न । तर निर्णय कार्यान्वयन हुन नपाउँदै भारतीय दूतावासको एउटा पत्रको भरमा पन्छिनुबाट विषादीको मामलामा सरकारको तर्फबाट पर्याप्त तयारी नपुगेकै देखिन्छ ।

नागरिक सरोकारको विषयमा पटक पटक विवादमा फस्दै आएको अवस्थामा पछिल्लो अपरिपक्व र अदुरदर्शि निर्णयका कारण सरकार फेरी प्रतिरक्षात्मक हुन पुगेको छ । अझ उदेक लाग्दो कुरा के भने विषादीको विषयसंग सम्वन्धित सरोकारवाला मन्त्रालयका मन्त्रीहरुबाट परस्पर विरोधि अभिब्यक्ति आउनुले हाम्रा उच्चपदस्थ अधिकारीहरु कति हदसम्म हचुवाको भरमा निर्णय गर्दा रहेछन भन्ने कुरा छर्लङ्ग हुन्छ । कृषि मन्त्रीले विषादी परीक्षणको लागि गरिएको ब्यवस्था सम्बन्धमा कुनै जानकारी नभएको र वाणीज्यसंग सम्बद्ध मन्त्रीले सचिवहरुले आफूलाई गुमराहमा राखेको विषयमा सार्वजनिक रुपमै अभिब्यक्ति दिनु अत्यन्तै जग हसाउने काम भएको छ । निश्चय पनि कुनै पनि निर्णय लागू गरिनु अगावै यसको कार्यान्वयन पक्षलाई मध्यनजर गरिनु आवश्यक छ । विषादी परिक्षण जस्तो प्राविधिक विषयमा आवश्यक पूर्वाधार र जनशक्तिको जोहो नगरी कार्यान्वयनमा जाने र कार्यान्वयन हुन नपाउँदै फिर्ता हुनुबाट निर्णय प्रक्रियामा समग्र सरकारी संयन्त्रको फितलोपना चित्रित हुन्छ ।

भारतबाट आयातित तरकारी तथा फलफूलमा परीक्षणको ’boutमा ब्यापक चर्चा भैरहँदा हाम्रो आन्तरीक उत्पादनमा रसायनिक परिक्षणको अवस्था कस्तो छ त ? भन्ने विषय भने अझै पनि ओझेलमा परेको छ । कृषिको ब्यवसायिकरणका साथै सहरी क्षेत्रलाई लक्षित गरी उत्पादन गरिएका कृषिजन्य उत्पादनहरुमा अन्तराष्ट्रिय मपदण्ड अनरुप विषादीको प्रयोग नभएको ’boutमा जानकार हँुदाहँुदै सरकार गंभिर रुपमा प्रस्तुत हुन सकिरहेको छैन । यसै प्रसंगमा केही वर्ष अगाडि प्रांगारिक भनि युरोपमा निर्यात गरिएको चियामा र महमा विषादीको अंश पाइए पछि ती बस्तुको निर्यात प्रभावित भएको तथ्य पनि हामी सामु ताजै रहेको छ ।

विगतमा दातृ राष्ट्रहरुले आधुनिक कृषि प्रविधि भित्राउने क्रममा सन् १९५० को दशक पछि रसायनिक विषादीलाई कृषि उत्पादनको अचुक औषधिको रुपमा प्रयोग गर्न नेपाली कृषकहरुलाई सिकाए । ती दातृ निकायहरुले रसायनिक विषादिबाट हुने नाकारात्मक असर’bout जानकारी प्रकाशमा आउना साथ आफ्नो देशमा यसको उत्पादन, विक्री, आयात–निर्यात र प्रयोगमा ब्यापक नियन्त्रण गरे । हाम्रो देशमा भने यस कार्यमा जति प्रयास हुन पर्ने हो, सो नभएको अवस्था छ । अन्य देशको तुलनामा ढिलै गरी मिति २०५१-४-१ देखि जीवनाशक बिषादी ऐन २०४८ र जीवनाशक विषादि नियमावली २०५० लागू भएता पनि यसको कार्यान्वयन पक्ष अत्यन्तै फितलो रहेको छ । ऐन लागू भएको तीन दशक पुग्न लाग्दा पनि अझै विषादीको ढुवानी, विकी्र–वितरण,ओसार–पसार, प्रयोग देखि नष्ट गर्ने प्रक्रियासम्म पर्याप्त नियमन हुन सकिरहेको छैन । सरकारले चार वर्र्ष अगाडि फलफूल तरकारीमा विषादीको स्तर मापन गर्न केही दृत विश्लेषण प्रयोगशालाको ब्यवस्था गरे पनि पनि गतिविधि सून्यप्राय छ । विषादी औषधिप्रतिको यस्तो असावधानीले मानव स्वस्थय नै प्रत्यक्ष जोखिममा रहेको अवस्थामा यसबाट वातावरणमा पर्न जाने असर त हाम्रो लागि टाढाको विषय बन्न पुगेको छ ।

कृत्रिम रसायनिक विषादि औषधि जुनसुकै उदेश्यले प्रयोग गरिएता पनि आखिर विष नै हो । यसको प्रयोग विनाशकारी वस्तुहरु नाश गर्न माटो, बालीनाली, जलाशय, भण्डार आदिमा गरिदा माटो, पानी, र हावा बोटविरुवा समेत विषाक्त हुन गई यससँग निकट रहेका मानव तथा अन्य जीवहरु समेत गम्भिर खतरामा पर्न सक्छन् । एक पटक प्रयोग गरिएको बिषादीको प्रकृति हेरी यसको अवशेष वातारणमा लामो समयसम्म विघटित नभइ रहन सक्छ । हामीले विगतमा ब्यापक रुपमा प्रयोग गर्ने गरेको डि.डि.टी. तथा वि.एच.सी. कीटनाशकको अवशेष वातावरण २० वर्षसम्म रहने गरेको पाइएको छ । हावा तथा पानीको माध्यमबाट एक स्थानबाट अर्को स्थानमा सजिलै स्थानानन्तरण हुन सक्छ । यसरी विषादीको अब्यवस्थित रुपमा प्रयोग हुँदा पुरै वातावरण नै विषाक्त हुन पुग्छ । यति मात्र नभई विषादीबाट वातावरण प्रदूषित हुँदा सम्पूर्ण खाद्य श्रृङ्खला नै प्रभावित हुन्छ । उदाहरणको लागि विषादी छरिएको बालीविरुवा गाईवस्तुले चरे भने तीनका दुध तथा मासु सेवनबाट हामी मानव समेत विषपान गर्न वाध्य हुन्छौ । त्यसै गरी विषादीको अवशेष रहेको खाना आमाले खाएमा स्तन ग्रन्थीमा जम्मा हुन गई स्तनपान गर्ने बच्चा पनि यसको शिकार हुन्छ । यस प्रकार निश्चि शत्रुजीव नाश गर्न प्रयोग गरिने विषदीबाट मानव लगायत यसको सम्पर्कमा आउने सम्पूर्ण उपयोगी जीवहरु पनि प्रभावित हुन पुग्दछन् ।

धेरै मात्रामा मानव तथा अन्य प्राणीको शरिरमा विषादी प्रवेश भएमा तत्काल मृतु नै हुन सक्छ र थोरै मात्रमा प्रवेश हुँदा विस्तारै शरिर भित्र संचय भई वर्षौ पश्चात पनि प्रभावका लक्षणहरु देखा पर्न सक्छन् । श्वासप्रश्वास, मुख,आँखा, छाला आदिबाट शरीरमा प्रविष्ट भई मृगौला, मुटु, स्तन तथा शरिरका अन्य विभिन्न ग्रन्थिहरुमा जम्मा हुन गई स्नायु प्रणाली, कलेजो मृगौला, मुटु ,पाचन प्रणाली जस्ता अंगहरुका नियमित कार्य विषादीबाट प्रभावित हुन पुग्छ । अनिद्रा, स्मरण सक्तिमा ह्रास र आँखा कमजोर हुनुका साथै क्यान्सर जस्ता समस्या देखा पर्नुका साथैे प्रजनन शक्ति कमजोर हुने र विकृत शिशु जन्मने गरेको समेत पााइएको छ ।

विषादीको जथाभावी प्रयोगबाट मानव जीवन खतरामा त छँदैछ । यसबाट त वातावरणीय सन्तुलन नै खलवलिन पुग्छ । विनाशकारी वस्तुलाई निमिट्यान्न पार्ने प्रयास गरिदा कैयौ लाभकारी चरा, कमिला, कीरा, शुक्ष्मजीवाणु तथा जलचरमा समेत आघात पुग्छ । हाम्रा खेतवारीमा रहेका यस्ता लाभकारी जीवहरुले बालीनालीलाई आर्थिक क्षति नपु¥याई विनाशकारी कीराहरुलाई आफ्नो आहारको रुपमा प्रयोग गरी प्राकृतिक तवरले नियन्त्रण गरिरहेका हुन्छन् । त्यस्तै मौरी जस्ता कीटहरुले परागसेचनको माध्यमबाट उत्पादन बृद्धिमा सहयोग पु¥याउँदछन् । विषादीको अनियन्त्रित प्रयोगबाट लाभकारी जीवको संख्यामा कमी आउनुका सथै बिनाशकारी कीराहरुमा विषादी पचाउने क्षमताको विकास हँुदा झन् ठूलो समस्या सृजना भएको उदाहरण विभिन्न देशहरुमा पाइको छ । यसै गरी विषादीको कारणबाट माटोमा रहेका शुक्ष्म जीवाणुहरुको गतिविधि प्रभावित भई माटोको उर्वराशक्तिमा ह्रास आएको तथ्य नेपालकै कृषहरुले महशुस गरिरहेका छन् ।

अन्य मुलकहरुको तुलनामा नेपालमा प्रति हेक्टर विषादीको प्रयोग कम भए पनि नेपालमा यसको ब्यवस्थित प्रयोग अझै पनि हुन नसकेको विषय भने चिन्तनिय छ । बालीबिरुवाहरुमा रोग कीरा तुरुन्त नाश गर्ने र तत्काल फाइदा हुने दृष्टिकोणले ब्यावसायिक खेतिपातिमा संलग्न कृषकहरुमा विषादी मोह बढ्दो छ । शहरी क्षेत्र ’round विषेश गरी ब्यावसायिक तरकारी खेतीमा संलग्न कृषकहरुले यसलाई अत्यावश्यक उत्पादनको साधनको रुपमा लिएका छन् । विश्व स्वस्थ्य संगठनको अनुमानमा विकासशील मुलुकहरुमा विषादीयुक्त खानाबाट बर्सेनी १० हजार भन्दा बढी मानिसको मृतु हुन्छ भने ७० हजार भन्दा बढी अपाङ्ग, अशक्त, वा मानसिक रुपले सुस्त हुन्छन् । नेपालमा विषादीको केकस्तो प्रभाव छ भन्ने आधिकारीक तवरमा अनुसंधान भएको नदेखिए तापनि ब्यावसायिक खेतिका लागि यसको प्रयोग गरिने क्षेत्रमा नियाल्ने हो भने कृषक र आम उपभोत्ता दुबै नजानिदो तवरले विष खान बाध्य भै रहेका छन् ।

विषादी औषधिहरु विभिन्न प्रकारका हुन्छन्, जुन बालीकोे किसिम तथा आवस्थाको आधारमा निश्चित पटक र तोकिएको मात्रामा मात्र प्रयोग गरिनु पर्छ । तत्पश्चात छर्किएको निश्चित दिनसम्म खानमा प्रयोग ल्याइनु हुन्न । यहाँसम्म की तरकारी–फलफूल जस्ता उत्पादनहरु केही विषादीको झोलमा डुबाउँदा आकर्षक र चिल्लो देखिने हँुदा विक्री गर्नु ठीक अगाडि बजारमा लगिने गरेको पाइन्छ । विषादीप्रति सचेत भएका कृषकहरुले समेत मुनाफा आर्जन गर्ने प्रलोभनमा विक्री–वितरण गरिने उत्पादनमा झन् आँखा चिम्लिने गरेका छन् । विश्व खाद्य तथा कृषि संगठन र विश्व स्वस्थ्य संगठनको संयुक्त प्रयासबाट प्रतेक विषादी औषधिको सहन सीमा तोकिएको छ । यसरी निर्धारित सहन सीमा भित्र विषादीको अवशेष रहेको खाद्यपदार्थ मानव स्वस्थ्यलाई धेरै हानी पु¥याउँदैन । नेपालमा विषादी स्तर मापनको संयन्त्र नै कमजोर रहेको अवस्थामा स्वस्थ्यका लागि अति नै उपयोगी मानिने फलफूल एवं तरकारीमा ढुक्कसंग सेवन गर्न सकिने अवस्था छैन ।

अरु त के कुरा मानव स्वास्थ्य सम्बन्धि औेषधि विक्री–वितरण गर्न नेपाल फार्मेसी परिषदमा दर्ता भै प्रमाणपत्र प्राप्त फार्मेसी सहायक वा फर्मासिष्ट हुनु पर्ने र केही तोकिएका बाहेक अन्य औेषधि डाक्टरको प्रेसक्रीस्पसन बेगर खरिद गर्न नपाईने ब्यवस्था रहेको छ । तर मानव स्वास्थ्य तथा वातावरणमा गंभिर असर गर्ने विषादीप्रति भने हामी अझै संवेदनशील हुन सकेका छैनौ । एकातिर विषादी प्रयोगकर्तामा ज्ञानको अभाव र अर्कोतर्फ विषादी विक्रेताको निश्चित योग्यता निर्धारण नहुँदा यसबाट भोग्नु पर्ने संभावित परिणामको ’boutमा सहजै अनुमान गर्न सकिन्छ । एक अध्ययन अनुसार नेपाली कृषहरु विषादीको प्रयोगको लागि कृषि क्षेत्रका प्राविधिक भन्दा औषधि विके्रताको सल्लाहमा बढी निर्भर रहन्छन्।

आवश्यक पूर्वाधारको कमी देखाउँदै नेपाल–भारत सीमाबाट प्रवेश हुने फलफूल तथा तरकारीमा विषादी परीक्षण गर्ने कार्यबाट हाललाई सरकार पछि हटेको छ । अब भारत बाट आयात हुने मात्र हैन अन्यत्रबाट आयात हुने र स्वदेशमै उत्पादित खाद्यपदार्थहरुमा पनि विषादीको स्वीकारयोग्य मापदण्डभित्र रहेनरहेको सम्वन्धमा सरकारले आफ्ना नागरिकलाई विश्वस्त तुल्याउन सक्नु पर्छ । यसका लागि चाँडोभन्दा चाँडो विषादी परीक्षणको ब्यवस्थालाई कडाइका साथ पुन लागू गरिनु पर्छ । भारतीय तरकारी तथा फफूलमा विषादी परीक्षणको बहस चुलिदा स्वदेशमा अनियन्त्रित तवरमा भएको कृत्रिम रसायनको प्रयोगलाई नियन्त्रण गर्देै एकिकृत कीट ब्यवस्थापनका साथै परम्परागत तथा बानस्पतिक विधिमा आधारित विषादीको प्रयोगलाई ब्यापक रुपले अगाडि ल्याइनु पर्दछ । यसका साथै विद्यमान जीवनाशक विषादी ऐनलाई तत्काल अन्तराष्ट्रीय मापदण्ड अनुरुप संशोधन गरी यसको प्रभावकारी कार्यान्वयन आवश्यक छ । अन्यथा विषादीको तरगंले हामीलाई सताइ रहने छ ।