ग्रह दोष :जीवन रत्न

सुर्य ब्रम्हाण्डको केन्द्रक शक्ति हो । सम्पूर्ण सृष्टिको गतिदाता हो। जगतलाई प्रकाश ज्ञान उर्जा उष्मा एबम जीवन शक्ति प्रदान गर्ने ग्रह हो । बेद एबम पुराणहरुमा पनि सुर्यको यसै महत्वलाई अभिव्यक्त गरि आयु बुद्धि ज्ञान बिद्या आरोग्यता आत्मबल ज्योति मार्गदर्शन प्रकृतिलाई गति दिने एबम रोग किटाणुनासक भनिएको छ ।

सुर्यद्वारा जातहरुको आरोग्यता,राज्य पद जीवन शक्ति कर्म अधिकार महत्वाकांक्षा,सामर्थ्य, वैभव, यक्ष, उग्रता, उत्तेजना, रुचि, आस्था, शिर,उदर एवं शरीर रचना नेत्र, पिता तथा आत्मज्ञान आदिको विचार गरिन्छ ।

रत्न धारण :सुर्यको आफ्नो राशी अनुसार शिंह हो । उक्त राशी मेषमा उच्चको र तुलामा निचको हुन्छ । उच्चको सुर्यले अधिक राम्रो फल दिन्छ । स्व राशी हुँदा पूर्ण सफलता प्रदान गर्छ तर बिचको भएमा यसलाई हानिकारक मानिन्छ । यदि तपाइको कुण्डलिय सुर्य स्थिति निच रशिला छ वा अशुभ भावना छ भने तपाइले पांच स्त्रीको सुर्य रत्न माणिक्य धारण गर्दा अनुकुल हुन्छ ।

सुर्यको समान्य उपाय :

प्रत्येक कार्य गर्दा गुलियो खाइ वा पानि पिएर गर्ने ,नदीमा गुण, तामा वा तामाको सिक्का प्रवाह गर्ने रविवारको ब्रत गर्बे,तामा वा गहुँ दान गर्ने माणिक्य साहिलि औलामा लगाउने तामाको दुइ वटा टुक्रा लिने एक टुक्रा नदीमा बगाउने एक टुक्रा जीवन भए साथमा राख्ने घराओ द्वारा पूर्वमा राख्ने ।

चन्द्रमा : चन्द्रमा एक प्रकाशक र सौम्य ग्रह हो ।(यधपी यो आधुनिक बिज्ञान अनुसार पृथ्वीको उपग्रह हो )तथापी यो सौर्यमंडल को सदृश्य हो साथै पृथ्वीको निकश्थ हुनुको कारण पृथ्वी र पृथ्वीमा वास गर्ने हरुलाई अत्यधिक प्रभावित गर्दछ । अत:ज्योतिष शास्त्रले यसलाई एक स्वतन्त्र ग्रहको रुपमा मान्यता दिएको छ ।

सत्य के पनि हो भने चन्द्रमाको प्रकाश यसको आफ्नो हैन अपितु सुर्य द्वारा प्रकाशमान हुन्छ । त्यसकारण यसलाई काल पुरुषहरुको आत्मा नमानी मन मानिएको छ । पन्ध कला द्वारा पूर्ण हुनु को कारण रुप र कलम चन्द्रमाकै गुण हो ।

कला रुप प्रेम आदिको सम्बन्ध यसैपनि मनसंगै हुन्छ ।अत:चंदमलाई यसको स्वामी मानिन्छ ।चन्द्रमा द्वारा जन्मांकमा जातको आमा सौन्दर्य, रुप, मन, बुद्धि, मानशिक भाव, एबम स्थिति आमाको दुध, जल, पदार्थ, सुगन्ध, मानशिक स्राव, आलस्य, कफ, सर्दी, भिर्गी, एबम हिस्टीरिया आदि रोग पापको पूर्ण विचार, दया, कोमला, रसिकता, नर्स, औषधि बिक्रेता, सिंचाई, आयु, प्रेस, प्रकाशक र सम्पूर्ण पदार्थको व्यापार अथवा पुष्प गन्ध आदि सम्बन्धित व्यापार बनष्पति शास्त्र, दुग्ध शाला, आयात, निर्यात, उचाई, रक्त सुद्धता, गर्भ, वाम, नेत्र, प्रदररोग, पाण्डुरोग, चिन्ता, यौन रोग, क्षयरोग, कला, संगीत आदिको विचार गरिन्छ ।

रत्न धारण:चन्द्रमा एक राशीमा सवा दुइ दिन रहन्छ । यसको गति अन्य सबै ग्रह भन्दा तेज र चंचल हुन्छ । यसको स्व राशी कर्कट र वृष यसको उच्च राशी हो । तर वृश्चिक राशी यसको निच राशी हो ।निचमा हुँदा यसले कुफल दिन्छ। यदि चन्द्रमा तपाइको कुण्डलीमा अशुभ भावमा छ भने तपाइले चन्द्र रत्न मोति सवा पांच स्त्रीको धारण गर्दा अनुकुल हुन्छ । चन्द्रमाको समय उपाय बुजुर्गको गोडा धोकी आशिर्बाद लिने दुध वा पानीको भाडा रति सिरानीमा राखी सुत्ने बिहान शुभ वृक्षमा हाल्ने सोमबारको ब्रत गर्ने चामल दुध दान गर्ने फलेगको चार कुनामा चादीको किला ठोक्ने मोति चाँदी औलामा लगाउने चांदीको दुइ टुक्रा नदिमा बगाउने एक टुक्रा जीवन भरि साथ् राख्ने ।

मंगल :पौराणिक सन्दर्भ एवं धर्म शास्त्रमा मंगललाई सेनापतिको गौरव प्राप्त छ ।आधुनिक विज्ञानमा पनि मंगलालाई रातो र तातो भनि व्याख्या गरिएको छ ।ज्योतिष शास्त्र अनुसार पनि मंगल तेजश्वी प्रचण्ड उग्र क्रुर ग्रह भनिएको छ ।यसले मनुष्यमा हिँसा पशुत्व युद्ध पराक्रम साहस शक्ति संघर्ष र अन्तक आदिको प्रतिनिधित्व गर्दछ ।

यसलाई काल पुरुषको पराक्रम र सत्व भनिएको छ । यसलाई अत्यधिक क्रियात्मक तथा तामसिक ग्रह मानिएको छ । यसको रंग रक्त वर्ण कपाल चम्किलो घुम्रेको कद लामो कम्मर पातलो प्राकृतिक तमोगुण दृष्टि क्रुर हिंश्रक भएपनि उदार रस तत्व -अग्नि, लिङ्ग- पुरुष ,जाती-क्षेत्रीय,अवश्था-तरुण ,ऋतु -ग्रिष्म ,दिशा -दक्षिण स्त्री क्रियामा चंचल कामि रात्रीमा वली शरीरको मज्जा भा र अस्थिमा भएको अधिकार हुन्छ ।

आफ्नो बार तथा आफ्नो घेरामा बिशेष वली हुन्छ । यो एक आग्नेय क्रुर तथा पापी ग्रह हो ।शुभ भाग्योदय मंगलले जातकलाइ सेना पुलिस गुप्तचर बिधुतिय विभागमा अधिकारी तथा प्राथमिक योग्यतामा दक्ष बनाउछ ।यदि मंगल पाप प्रभावमा छ भने यसो जातक लाइ पशुबत आचरण प्रदान गर्छ । हिंसा अज्ञान क्रोध आवेश क्रुरता तथा पाप कर्म तर्फ अग्रसरता प्रदान गर्छ ।दुषित अवस्थाको मंगलले जातकलाई अपराधी तस्कर दुष्ट कुकर्मी हत्यारा बनाउछ । ऋणी तथा पुत्र हिन बनाउँछ ।

रत्न धारण:मंगलको स्व राशी मेष तथा वृश्चिक हो ।मकर राशिमा उच्चको हुन्छ शुभ फल प्रदान गर्दछ । यदि कर्कट राशिमा हुँदा निचको हुन्छ र असुभ फल प्रदान गर्दछ । यदि तपाइको कुण्डलीमा मंगल निचको छ भने यसको निवारण गर्न मुंगा कमसेकम पांच स्त्रीको धारण गर्नु पर्दछ ।साथै मंगलको सामान्य उपाय पनि गर्नु पर्दछ । मुंगा साहिली औलामा लगाउने नदीमा वताशा मह शिन्दुर बगाउने मुसुरो दाल मिठाई मिठो भोजन दाङ गर्ने रातो पत्थरको दुइ टुक्रा लिइ एक टुक्रा नदीमा बगाउने एक जीवन भर साथ् राख्ने ।

बुध :पौराणिक दृष्टिको मत अनुसार बुध ग्रहलाई चन्द्रमाको पुत्र मानिन्छ । ज्योतिषीय दृष्टिले सौम्यता एवं पौरुषको अभाव समानता चन्द्रमा एवं बुध दुबैमा हुन्छ । किनकि चन्द्रमा पनि स्त्री ग्रह हो भने बुध नपुंसक हो तथा दुवै सौम्य हो । ज्योतिषीय शास्त्र अनुसार बुधलाई काल पुरुषको बाणी मानिएको छ ।अत:बाणी बुद्धि चातुर्य स्नायु तन्त्रमा यसको बिशेष प्रभाव रहन्छ ।तथा यसलाई व्यापार बाणिज्य को कारक ग्रहको रुपमा हेरिन्छ ।