जन्म जीवन ग्रह

के ज्योतिषको माध्यमले कुनै तेज गतिको बाहनद्वारा कसैको दुर्घटना हुन्छ ? यदि हुन्छ भने त्यो दुर्घटना टाल्न सकिन्छ ? टाल्न सकिन्छ भने के पनि स्पष्ट हुन्छ भने ग्रहको प्रभाव एक समान स्थायी हुँदैन अर्थात् परिवर्तनशील हुन्छ । यदि यो प्रभाव स्थायी र अमिट हुन्थ्यो भने रत्न मन्त्र आदि सब व्यर्थ थिए ।

मनुष्य जीवनले जन्म लिँदा पूर्व जन्म संस्कारमा बाँधिएर आएको हुन्छ । साथ साथै उसले जन्म लिएर आएको जीवनको ग्रहको प्रभावलाई पनि स्वीकार्नु पर्ने हुन्छ । यी दुबैको समन्वयले उसको जीवनको जीवन-पथ निर्माण हुन्छ ।
अब यहाँ एक प्रश्न उब्जिन्छ,के ज्योतिषको माध्यमले कुनै तेज गतिको बाहन द्वारा कसैको दुर्घटना हुन्छ ? यदि हुन्छ भने त्यो दुर्घटना टाल्न सकिन्छ?र टाल्न सकिन्छ भने के पनि स्पष्ट हुन्छ भने ग्रहको प्रभाव एक समान स्थायी हुँदैन अर्थात् परिवर्तनशील हुन्छ ।यदि यो प्रभाव स्थायी र अमिट हुन्थ्यो भने रत्न मन्त्र आदि सब व्यर्थ थिए ।
बास्तबमा यदि हामीले जीवनमा कुनै उपाय या भनौ कुनै क्रिया गर्दैनौ भने र ज्योतिषीय दृष्टिकोणले वा ज्योतिषीय आधारबाट हेर्दा कुनै घटना स्पष्ट देखिन्छ भने त्यो घटना निश्चित समयमा अवश्य घट्नेछ ।यदि हामीले ज्योतिषीय माध्यम अपनाउने हो भने उक्त घटनाको तिब्रतालाई अवश्य पनि कम गर्न सकिन्छ । वा भनौ घटना लाभप्रद छ भने त्यसको तीव्रतालाई बढाउन सकिन्छ ।र यसका लागि रत्न मन्त्र तन्त्र अति उपयोगी ठहरिन्छ ।
उदाहरण,मानौ बैशाख महिनाको २३ गते कुनै तेज गतिको बाहन द्वारा दुर्घटना हुन्छ भन्ने ’boutमा पहिले बी ज्ञात भयो भने जुन ग्रहका कारणले दुर्घटना हुने हो त्यस ग्रहको प्रभाव लाई न्यून गरि दिएको खण्डमा उक्त दुर्घटना को प्रभाव लाई निश्चित रुपमा कम गर्न सकिन्छ । विज्ञानको नियम छ बिपरित प्रभाव बाट नै अनुकुलता ल्याउन सकिन्छ ।जस्तै मानौ कुनै कारको गतिलाई बिस्तारै गर्नु छ भने बिपरित बेग्लै बढाउन पर्दछ ।फलस्वरूप करको गतिमा न्यूनता आउँछ ।त्यस्तै प्रकारले कुनै व्यक्तिको जीवनमा कुनै बिशेष ग्रहले गर्दा प्रतिकुलता आएको छ भने ठिक त्यसको बिपरित ग्रह भएको ग्रह लाई वा भनौ त्यसको रश्मिलाई बधाई बिगार गर्ने ग्रहको प्रभावलाई न्यून गर्न सकिन्छ । जस्तो कुनै बालकको वा व्यक्तिको जीवनमा गुरु ग्रहले गर्दा लाभ कार्य कर्ण स्वास्थ्य आदिमा प्रतिकुल प्रभाव छ भने त्यसको बिपरित ग्रह भएको शुक्र ग्रहको प्रभाव लाई बढाउदा गुरु ग्रहको प्रभाव स्वत न्यून भएर जान्छ त्यसका लागि शुक्र रत्न धारण गर्नु पर्दछ ।
यसै प्रकारले ग्रहको प्रभाव कम वा बढी मन्त्रको प्रयोग द्वारा पनि गर्न सकिन्छ । मैले अगाडी भने जस्तै यदि कुनै घटना दुर्घटना असल वा अनिष्ट पुर्व ज्ञात भयो भने मन्त्र तन्त्र रत्नको प्रयोग द्वारा त्यस हुने दुर्घटनालाई न्यून वा अधिक गर्न सकिन्छ । यदि घटना अनिष्ट हुने छ भने त्यो सानोमा टर्छ साथै हाम्रो जीवनमा आउने जोखिम पनि न्यून रुपमै टर्छ । अर्थात् यी माथिका तथ्यबाट हामीले के पनि बुझ्न पर्दछ भने स्पष्ट रुपमा भन्नुपर्दा जुन घटना दुर्घटना जुन बिशेष क्षणमा हुने हो त्यो निश्चित घटित हुन्छ तर माथि उल्लेखित मन्त्र तन्त्र वा रत्न को प्रयोग ले त्यसको प्रभावलाई न्यून गर्न सकिन्छ ।
साथै यदि कुनै ग्रह बिशेष ले जीवनमा उन्नति प्रगति लाभ गर्ने सम्भावना छ भने त्यस ग्रहको प्रभावलाई मन्त्र- तन्त्र- रत्नको प्रयोगले वृद्धि गर्न सकिन्छ । सबल बनाइ पूर्णता प्राप्त गर्न सकिन्छ ।
बास्तवमा हाम्रो ऋषि महर्षिहरुले मन्त्रको रचना गराएर जुन सिद्धान्त निर्धारण गरेका छन् ति पूर्ण प्रमाणिक हुनुको साथै निश्चित दोष हुनुको साथै पूर्ण परिणाम प्राप्त गर्न सकिन्छ ।अर्थात् यी सब कुरालाई दृष्टिगत गर्दा ज्योतिष एक उपयोगी पूर्ण बिषय र क्षेत्र हो भन्नुमा कुनै अतिसयोक्ति नहोला ।र हामीले के पनि स्वीकार गर्नु पर्दछ भने मानव जीवनमा पूर्णता त्यति बेला मात्र आउन सक्दछ जब हामि आफ्नै आगामीको ’boutमा पहिले नै जान्न सकौ त्यसलाई आफ्नो अनुकूल बनाउन सकौ ।
मानव जीवनमा ज्योतिषको उपयोगिता सर्बाधिक रहेको छ । ’cause ज्योतिषको माध्यमले हामी काल गणना सफलता पुर्वक गर्न सक्छौ । सप्ताह पक्ष मास ऋतु आदिको गणना सहि प्रकारले गरि हामी निश्चित गर्न सक्छौ कि कुन समयमा कुन प्रकारको ऋतु हुन्छ र त्यसको प्रभाव बाताबरणमा कस्तो हुन्छ ।यसै प्रकार काम गणना आधार द्वारा सुर्य ग्रहण आदिको समय निर्धारित गरि त्यस ग्रहणको प्रभावलाई आफ्नो अनुकूल व्यवस्था गर्न सक्छौ ।
प्रत्येक क्षण आफैमा स्वतन्त्र सत्ता युक्त हुन्छ । प्रत्येक क्षण आफैमा अलग हुन्छ । यी सव ज्योतिषको माध्यमद्वारा उक्त क्षण प्रकृतिलाई जमेर तदनुकुल कार्य गरि इच्छित परिणाम प्राप्त गर्न सक्छौ । इतिहासलाई पनि ज्योतिषीय मध्यमद्वारा अधिक सहारा प्राप्त भएको छ । ज्योतिष द्वारा तिथि गणना सम्भव भयो ।
जसको माध्यमले काल निर्धारण गर्न इतिहासलाई सहर मिल्यो। ज्योतिषको माध्यमले नै बेद को समय निर्धारण गर्न सकियो र इतिहासलाई राम्रोसित बुझ्न सकियो । सृष्टिको रहस्यलाई पनि ज्योतिषकै माध्यमले पत्ता लगाउन सकियो । किनकि ज्योतिषले प्रत्येक अणुको संरचना को ज्ञान प्राप्त गर्न सक्नुको साथै यो पनि स्पष्ट गर्यो कि प्रत्येक अणुको निर्माण कुन प्रकारले सम्भव भएको हो ।यै तथ्यको आधार द्वारा सृष्टिको निर्धारण र रहस्य लाई पनि बुझ्न सकियो।