तस्विरमा ठुलो कोइकी





मुगु जिल्लाको पूर्वी भेग स्थित मुगुमकार्मारोङ्ग गाँउ पालिका‐ २ मा पर्ने प्राकृतिक सुन्दरताको भण्डारका रुपमा रहेको ठुलो कोइकी क्षेत्र प्रचार प्रसारको अभावले ओझेलमा परेको छ ।
समुन्द्र सतह बाट करिव ४५ सय मिटर भन्दा माथिको उचार्इमा अवस्थित ठुलो कोइकी पुग्ने जो कोहिलार्इ पनि साँच्चै स्वर्ग नै होकी भन्ने भान हुन्छ । विचमा लमतन्न परेको फराकिलो पाटन चारै तिर अनौठा आकारका हिम चुचुराका दुर्लव दृश्य जति हेरे पनि धित नमर्ने भएकाले फर्किन समेत मन लाग्दैन ।
यति सुन्दर ठाँउको चर्चा अहिलेसम्म न त कुनै संचारमाध्याममा आएको थियो न त यस्का तस्वीरहरु कसैले हेर्न पाएका नै थिए ।

मुगु जिल्लाकै यार्साको भण्डार र धार्मिक तिर्थस्थल समेत रहेको ठुलो कोइकी पुग्न गमगढी बाट ४ दिनको बाटो हिडनु पर्ने हुन्छ । तिब्बतको सिमाना नजिकै रहेको यस ठाँउमा माटो र ढुङ्गाका उभिएका मानिस जस्ता देखिने अनौठा र दुर्लभ दृश्यहरु देख्दा झनै अचम्मै लाग्ने गर्छ ।
रारा तालले चिनाएको मुगु जिल्लामा सोध खोज गर्दै जाँदा अन्य ठाँउ समेत भेटिन थाले पछि मुगुवासी हर्षित र गर्वित भएका छन् । मुगुमा पर्यटकिय थुप्रै ठाँउ हुँदा पनि जिम्मेवार व्यक्तिले चासो नदेखाएकाले यस्ता ठाँउ ओझेलमा परेको कुरा स्थानिय दुखेसो पोख्छन् ।
पाटन वर पर साना ठुला पानिका दह समेत देख्न पार्इने कोइकी क्षेत्रमा चौरी र घोडा चरेका मनमोहक दृश्यले घर फर्किन समेत मन लाग्दैन ।
प्रसिद्द तिर्थस्थल लगाएत थुप्रै विशेषता भएका कारण कोइकी क्षेत्रको ठुलो महत्व रहेको कुरा मुगुम कार्मारोङ्ग गाँउ पालिका प्रमुख छिरिङ्ग क्याप्ने लामा बताउछन् ।
गमगढी नाक्चे लाग्ना सडक निर्माणका साथै ठुलो कोइकी हिमालको व्यापक प्रचार प्रसार गर्नेहो भने पर्यटकको आगमनले समृद्द कर्णाली प्रदेश बन्नमा थप टेवा पुग्ने बुद्दिजिविहरुको ठहर छ ।
कविराज कार्की / गमगढी‚ मुगु ।





















