जे पनि ‘लिक’ हुने देश

जब सुरक्षाको जिम्मेवारी लिएको संस्था बाटै बारम्बार एउटै गल्ती दोहोरिरहन्छ भने यो पक्का पनि उनीहरूले जानी बुझी कनै गरेको हुनु पर्छ । ’cause उक्त भिडियो बाहिर लिक भएपछि जनमानसले सुन्दछन् । र, जे सुनेका हुन्छन् त्यसैलाई विश्वास पनि गर्छन् भन्ने रहेछ । तर, अहिलेका एक्काइसौं शताब्दीका जनता त्यती मुर्ख छैनन् । प्रविधिको युगमा, यो सहि हो कि यसमा कहिं कतै कैफियत छ भनेर बुझ्न त्यती गाह्रो नहुन सक्छ ।

-राजीव भण्डारी


लिक भन्ने शब्द नेपाली होइन, यो अँग्रेजी शब्द हो । लिक भनेको चुहावट हो । अहिले हाम्रो देशमा जताततै धेरै कुराहरू लिक भइरहेका छन् । को कहाँ जान्छ, कसले के भन्छ, के गर्छ त्यो कुरा लिक भईहाल्छ । भरोसा कतै छैन । सायद विज्ञान प्रविधिको विकासले पनि यो सम्भव भएको होला ।


केहि समय पहिले, सायद अहिले त धेरैले बिर्सिसके जस्तो लाग्छ, अठ्तीस किलो सुन काण्ड । मोरङको एउटा जङ्गलमा उक्त काण्डमा भरियाका नाइके गोरेले आफू अन्तर्गतका केटाहरूलाई भुइँमा हात खुट्टा बाँधेर लात्ताले भकुर्दै करेण्ट लाई लाई कन अति नै अमानविय तरिकाले यातना दिइरहेका हुन्छन् । यातनाकै बीचमा सनम शाक्य भन्ने केटाको मृत्यु समेत हुन्छ । उक्त भिडियो क्लिप लिक भए पछि गोरे भनेको को रहेछ भनेर सबैको कौतुहल मेटियो । तर, प्रश्न त्यस्ता खतरनाक गोरेको ग्याङमा को रहेछ त्यस्तो बहादुर जसले उक्त भिडियो बाहिर लिक गरिदियो ? यो त एउटा आपराधीक घटनाको भएर होला सबैले सकारात्मक रुपमै लिए ।


बेलाबेलामा नायीकाहरूका बिभिन्न प्रकारका फोटोेहरू लिक हुन्छन् । गोप्य अंगमा बनाइएका ट्याटु देखि, प्रेमि सँग रोमान्स गरिरहेका दृश्य सम्मका । अझ त्यती मात्र होइन, नग्न फोेटो देखि शारिरीक सम्पर्क सम्मका फोटो तथा भिडियोहरू लिक हुन्छ । केहि वर्ष पहिले नेपालकै अति शालिन तथा शुन्दरी नायीकाको यस्तै भिडियो ले बजार तताएको थियो धन्न उनले आफूलाई केहि वर्ष हल्लाहरू बाट बचाएर अहिले बल्ल साधारण रुपमा आएकी छिन् । उनको हिम्मत दह्रो रहेछ नत्र अरु भए सायद आफैलाई सिध्याउँथे कि ? यसलाई व्यक्तिको आ–आफ्नो स्वतन्त्रताको रुपमा लिएर उनी अगाडी आइन् र आज सबै सामान्य छ ।


नेकपा नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी वलीलाई स्वास्थ्य लाभको शुभकामना दिएछन् । तर, केपी वलीले त्यो शुभकामना ठाडै अस्वीकार गरिदिएछन् । उनीहरू बीच त्यो बैठकमा के के भनाभन भयो, कसले के भन्यो सबै हुवहु सञ्चारमाध्यमहरूले फुक्न थालिहाले । शक्तिशाली पार्टीका शक्तिशाली नेताहरू, शक्तिशाली स्थानमा बसेर गरेको गोप्य मिटिङको संवाद लिक कसरी भयो ? के त्यहाँ पत्रकार वा अरु कसैलाई भित्र जाने अनुमती थियो ? यदि थिएन भने लिक गराउने व्यक्ति मिटिङ मा सहभागी मध्येकै हुन् । कानूनमा त नहोला तर उनीहरूको व्यक्तिगत नैतिकतामा के कुरा बाहिर ल्याउन मिल्छ, के कुरा मिल्दैन भन्ने सम्मको नैतिकता पनि रहेनछ ? राष्ट्रिय स्तरका नेताहरूको त यस्तो केटाकेटी झगडा हुँदो रहेछ भने, बिद्यार्थी, युवा जस्ता भातृ संगठनमा काम गरिरहेका को बीचमा कस्तो होला ?


भरखरै पत्रकार शालिकराम पुडासैनी को मृत्यु भयो । होटलमा झुण्डिएको अवस्थामा लास भेटिएपछि घटनास्थललाई सबै तिरबाट बन्द गरेर भएका प्रमाण नष्ट हुन नदिने पहिलो कर्तव्य प्रहरीको हो । नेपाल प्रहरीले उसको मोबाइल देखि सम्पूर्ण कुराहरू आफ्नो कब्जामा लियो । तर, ऊ सँग मात्र भएको टुक्रा टुक्रा क्लिपलाई एडिट गरेर जोडजाड गरेर लामो बनाए पछि लिक भयो । त्यस पछाडी उक्त क्लिप सोसल मिडियाभरी छ्यापछ्याप्ती भयो । एउटा जिम्मेवार निकायले यस्तो गैर जिम्मेवार काम गर्छ तर सम्बन्धित निकाय बाट यस्तो कार्य गर्ने संस्था वा व्यक्तिलाई छानबिन हुन्छ भनेर सानो आवाज सम्म पनि आउँदैन । अनि कसरी स्वच्छ छानबिन हुन्छ भनेर आम जनताले विश्वास गर्छन् ।


रबी को लिक भएको भिडियो को काउण्टरमा फेरि उनले प्रहरी कार्यालयमा गोप्य तरिकाले दिएको अन्तर्वार्ता वा एकालापको एउटा अडियो लिक भएको छ । जसमा उनले आफू प्रहरी कार्यालय भित्रै असुरक्षित भएको आशंका व्यक्त गरेका छन् ।


यस्तो लिक काण्डले अनुसन्धान लाई त प्रभावित पार्ने नै भयो, उता व्यक्तिको वैयक्तिक स्वतन्त्रताको हनन् भयो कि भएन ? एउटी अविवाहित केटी, प्रेमीले पनि अविवाहित भनेर ढाँटेको अवस्थामा पछि थाहा पाएपछि विवाह गर्न इन्कार गरेर बच्दै आएको देखिन्छ, अपराध प्रमाणित नहुँदै उनको नाम, पेशा, रंगरुप सार्वजनिक गरिदिनाले भविष्यमा उनी माथी लाग्ने दाग कसले मेटाउला ? रबी लामिछाने र युवराज कँडेल त सार्वजनिक रुपमै सबैले देखेकै व्यक्तिहरू हुन्, आरोप प्रमाणित भए सँजाय पाउलान् नभए रिहा होलान् । रिहा पछि आफ्नो सफाई पेश गर्न आर्फै कार्यरत प्लेटफर्म छँदैछ । तर, ती महिलाले कसरी आफूलाई प्रमाणित गर्छिन होला ?


पूर्व युवराज पारस शाहले त्रिभुवन विमान स्थलमा प्रहरी सहायक निरिक्षक माथी गरेको हातपात को भिडियो केहि दिन अगाडी लिक भयो । आजै मात्र यो लेख लेखिरहँदा एनआरएन अध्यक्ष भवन भट्ट लाई जाँड खाएर मातिएर हवाई जहाज भित्रका कर्मचारी माथी अभद्र व्यवहार गरेपछि प्रहरी लगाएर बाहिर निकालेको समाचार लिक भएर बजारमा छ्यप्छ्याप्ती छ ।


निर्मला पन्तको हत्या पछि पनि जब दिलिप सिंह बिष्टलाई समातियो प्रहरीले उनी नै अपराधी हो भन्यो । मानिसहरूले पत्याएनन् । त्यस पछि आफू सँग भएको बयान लिक गरिदियो । बिष्टलाई धेरै पटकको बयान लिए पछि अन्तमा एकै पटक लामो बयान लिएको होला । हुन सक्छ उनी नै अपराधी पनि होलान् । तर, उक्त रेकर्डेड अडियो मा बिष्टले कुनै सेनिमाको स्क्रिप्ट वा रोमाञ्चक कथा पढे जसरी घटनाको ’boutमा बयान दिएको सुने पछि त झन मानिसहरूले यसलाई प्रायोजित सम्झे । यद्यपी त्यो सहि पनि होला, तर प्रहरी ले सोचे जस्तो प्रतिक्रीया बाहिर आएन, यो उसैको लागि प्रत्युत्पादक भयो । धमिलो पानीमा माछा मार्न खोज्नेहरूको लागि त झन मौका को फाइदा हुने नै भयो ।


जब सुरक्षाको जिम्मेवारी लिएको संस्था बाटै बारम्बार एउटै गल्ती दोहोरिरहन्छ भने यो पक्का पनि उनीहरूले जानी बुझी कनै गरेको हुनु पर्छ । ’cause उक्त भिडियो बाहिर लिक भएपछि जनमानसले सुन्दछन् । र, जे सुनेका हुन्छन् त्यसैलाई विश्वास पनि गर्छन् भन्ने रहेछ । तर, अहिलेका एक्काइसौं शताब्दीका जनता त्यती मुर्ख छैनन् । प्रविधिको युगमा, यो सहि हो कि यसमा कहिं कतै कैफियत छ भनेर बुझ्न त्यती गाह्रो नहुन सक्छ । त्यस माथी उक्त संस्थाले पाएको प्रमाण सम्बन्धीत निकाय, अर्थात अदालत बाहेक अरु ठाउँमा वा अन्य असम्बन्धित व्यक्तिको हात सम्म पुर्याउन मिल्छ ? यदि त्यसरी लिक हुँदा वा बाहिरिँदा वा चुहावट हुँदा गल्ती गर्नेलाई कुनै कानूनी कारवाही नहुने रहेछ ?


रेल हिंड्ने बाटोलाई पनि लिक भनिन्छ क्यारे । केपी वलीको सपना अनुसार देशमा रेलको लिकै लिक हुनु पर्नेमा यहाँ त सामाजिक सञ्जालमा व्यक्तिको व्यक्तिगत कुराहरू लिक भएको भएकै छ । लिक गराउँदा खेरी सम्बन्धीत व्यक्ति वा पक्षले लिक भएको विषय वस्तुले सकारात्मक मात्र होइन कसैको व्यक्तिगत जीवनमा नकारात्मक असर पनि पर्छ कि भन्ने पनि हेक्का राख्नु पर्दछ । कानूनी उपचार वा भविष्यमा माफि माग्ने बेला सम्ममा के थाहा कसैले आफूलाई यो संसार बाट अर्कै संसारमा पो पुर्याई सकेको हुन्छ की ?