सवाल रविको मात्रै होइन देशको नियम, कानुन र विधि विधानको पनि हो ।
रविको पक्षमा देश ब्यापी पर्दर्शन र खबरदारी सरकार , न्याय सेवा प्रहरी र अड्डा अदालत प्रतिको अविश्वासले पैदा भएको असन्तुष्टि हो बिद्रोह हो । न्याय किनबेच होला , प्रभावित होला र अन्यायमा कोही पर्ला भनेर गरिएको सचेतता पनि हो नकि रवीको फ्यान फलोअर्सको मार्च पास मात्रै ? रविलाई हिरासत भन्दा बाहिर निगरानीमा राखेर पनि अनुसन्धान गर्न सकिन्थ्यो । साधारण तारेखमा राख्न पनि सकिन्थ्यो थुनुवा नै बनाउन आवश्यक होइन कारण हत्याको आरोप होइन आत्महत्याको दुरुत्सानको लान्छना मात्रै हो । हत्या नभई आत्महत्या भएकोले यो अपराध आरोप र लान्छना हत्या उन्मुख छैन आत्महत्या दुरुत्साहन हो त्यसैले यो फितलो र कमजोर साधारण केसको रूपमा बुझ्न सकिन्छ । अत रविलाई न्यायिक हिरासत नै किन भन्ने प्रश्न अस्वाभाविक छैन । यो आत्महत्या हो भने एकदम साधारण केस हो, तर प्रहरी अनुसन्धानको लागि भने ज्यान गएको घटना सामान्य हुन सक्तैन । प्रहरी गम्भीरता र सक्रियता जहिल्यै अपेक्षित रहन्छ ।

“आत्महत्या हीनता हो, पाप कर्म हो , हरुवाहरुले अपनाउने जीवनको विध्वंसात्मक अस्विकृती हो, कायरले गर्ने एकमात्र बहादुरी हो । ” देश अहिले एक पत्रकारको आत्महत्याले तरंगित छ । तरंग देशको शासकीय प्रणालीप्रति आक्रोश, नेताहरूप्रति घृणा र अफबाह फैलाउने गरि प्रदर्शन र लक्षित भएका छन । जुन नितान्त अशोभनीय छ । शोभनीय समर्थन र प्रदर्शन गर्ने कानुनी प्रावधान छ तर अशोभनीय प्रदर्शनमा देशका लब्ध प्रतिष्ठित कलाकार समेतको लर्को उचित लागेन ।
प्रमाणको अभावमा सयौं अपराधी छुटुन तर निरपराध र निर्दोस मान्छे एक जना पनि अपराधी करार गरिनु हुन्न, पीडित बनाउन पाइदैन भन्ने आम मान्यता छ । निरपराधी रवी हुन छवि हुन कवि हुन या अनुभवी कोही पनि नाजायज तवरले थुनामा रहनु, दुख पाउनु र सताइनु हुँदैन । तर अनुसन्धान भने निस्पक्ष ढंगले छानबिन गर्न कहिँ कतैबाट अबरोध स्वीकार गरिदैन । आरोप, शंका या कसैले झोस पोल गर्यो भने उसको ’boutमा गहन अनुसन्धान जरुरी हुन्छ शंका लागे पछि प्रहरी प्रशासनले जो सुकै सेलिब्रेटि चेलीबेटी लगायत सबै उच्च-पदस्तलाई छानबिनको घेरामा लिन सक्छ । कानुन भन्दा माथि कोही छैन र हुनु बनाइनु हुँदैन । जो कोहीलाई पनि अनुसन्धान गर्न सक्छ । फलानोलाई अपराधी भनिए हामी मान्दैनौं भन्ने जुन आवाज छ त्यो सरासर गलत छ । आफुले विश्वास गरेको मान्छे कुनैपनि हालतमा अपराधी होइन र हुन सक्तैन यदि अपराधी नै रहेछ भने पनि उसलाई जसरी हुन्छ बचाउनु पर्छ भन्ने मानसिकता भिडको मानसिकता हो । विवेक होइन । विवेकीले त स्वतन्त्र अनुसन्धानको लागि राज्यलाई दवाव दिनुपर्ने हुन्छ ।
आरोपित जो कोही स्वतन्त्र अनुसन्धानको लागि तयार हुनुपर्छ । सालिक राम आत्म हत्या प्रकरणमा रवीले राज्यलाई सघाउने आफ्नो पुर्व प्रतिबद्धता कायमै राखेका छन भने किन अरुको टाउको दुखाइको विषय बन्छ र ? यदि रवि निर्दोष नै हुन भने अनुसन्धानबाट सफाइ पाउनु नाजायज होइन सफाइ मिलेपछि रविको इज्जत र प्रतिस्ठा घटदैन । बरु झन खारिन्छ मजबुत हुन्छ । रविको समर्थन गर्न पाइन्छ तर रविको अनुसन्धान गर्न पाइदैन भन्नू रविका असली समर्थक होइनन्, हुन सक्तैनन् । समर्थक र शुभ चिन्तकहरुले त स्वतन्त्र छानबिनको लागि रविलाई उत्साहित गर्नु पर्थ्यो । रविको सपोर्टर को सट्टा पोर्टर बन्नु चै अनावश्यक र अनुचित हो । यो स्तम्भकार पनि रविको समर्थन गर्छ तर उनको हर कुरा जायज नै छ्न भनेर भरिया बन्न राजी छैन । रविलाई राज्यले फसाउने नियत राख्छ भने त्यसको घोर निन्दा र बिरोध गर्छ।
कसैलाई पनि फसाउने बदनाम गर्ने, दुख दिने राज्यको रवैया हो भने त्यो सर्वदा निन्दनीय छ । राज्यलाई न्यायको लिक भन्दा बाहिर जान नदिनु खबरदारी गर्नु सबैको कर्तव्य र दायित्व पनि हो, तर रविले न्याय पाउनुपर्छ अन्यायमा पर्नु हुन्न । रवीले पाउने न्याय भनेको अपराध गर्न पुगेका रहेछ्न भने छूट पाउनु त्यो न्याय होइन अन्याय हो । सत्य तथ्य बाहिर आओस उनलाई अनाहकमा चै मर्का नपरोस् । आफ्नो अनुकुलताको लागि सामान्य र अर्कै अपराध गरेको मान्छे अर्कै अपराधी घोषणा गरेर आफ्नो लाज ढाक्ने, नाक जोगाउने, दवाव झेल्ने रणनीति बनाएको पाइन्छ जुन सरासर अपराध होइन महाअपराध र राज्यको क्रूरता र अमानवीयताको हद भन्दा पनि पर पुगेको नियम कानुन, बिधान र बिधीशास्त्रको मृत्यु भएको स्थिति हो । बिधीशास्त्र्को मृत्यु गराएर राज्य शक्तिकेन्द्र प्रहरी प्रशासन कसरी लज्जाहिन भएर प्रस्तुत हुन्छ्न भन्ने राम्रो उदाहरण निर्मला बलात्कार र हत्या कान्डमा प्रहरीले प्रयोग गरेको हथकन्डा आलो र ताजा उदाहरण छ ।
कुखुरा चोरीको आरोप लागेका रावल र चौधरी थरका यूवा राज्यले गरेको महाअपराधको निकृस्ट नमुना हुन । मानसिक स्थिति ठिक नभएका दिलिप सिह विस्ट राज्यको दुरुपयोगका अर्का उदाहरण र चर्चित पात्र हुन । डिएन ए टेस्टमा खरो उत्रन नसकेका विस्ट निर्मला बलात्कार र हत्या कान्डका दोषी हुन या होइनन् राज्यको निरिहता रहेको प्रमाण हो । यदि उनी अपराधी नै हुन भने पनि राज्य प्रहरी प्रशासन आफ्नो सबुत र प्रमाणको आधारमा दरो जिकिर गर्न सकिरकेको छैन । डिएन ए नमिले पनि या कहिलेकाही डि एन ए नमिले पनि अपराधी प्रमाणित भएका थुप्रै घटना संसारमा छन भन्छ्न संबंधित विज्ञहरु । गलत डिएन ए संकलन हुनपुग्यो या बिबिध कारणले डिएन ए नमिल्न पुग्यो भने डिएन ए नमिलेकै कारण अपराधी छुटाउन मिल्छ र ? सबुत र प्रमाण जुटाउने क्रममा आफ्ना तर्फबाट भएको त्रुटि कमजोरीका कारण या कुनै षडयन्त्रका कारण हो प्रहरी दोषी किटान गर्न आजसम्म खुट्टा कमाइरहेछ यो अवस्था भनेको न्यायको हरिबिजोग पारिएको अवस्था हो ।
यदि साच्चिकै अपराधी दिलिप सिंह विस्ट हो भने किन प्रहरी ठोकुवा गर्न सक्तैन ? भीड या अरु कसैको निर्देस आदेस सत्यको अघि फिका साबित हुनुपर्छ । सत्य, सत्य हो, न्याय,न्याय हो भलै सत्य र न्यायको पक्षमा उभिने बोल्ने र बहस पैरवी गर्ने मान्छे न्यून हुन पातलो हुन । न्याय दिदा भीडको आवाज र भावनात्मक पक्ष हेर्ने होइन, सत्य तथ्य र यथार्थ हेर्ने हो । न्यायदिने संस्था भावनामा बहकिने, या भीडले नस्विकार्ने भय र डरबाट पुर्णतया मुक्त हुनुपर्छ । सत्यलाई जिताउदा एक्लै भए पनि अडने टिक्ने हिम्मत राख्नुपर्छ । भिड हुल हुज्जत र सडकमा घन्कने नारा र प्रभावमा हाम्रो न्याय प्रणाली प्रभावित, निर्देशित र गाइडेड भएको कारण न्याय आफै अन्यायमा परेको धेरैको बुझाइ र भोगाइ विभिन्न घटनाक्रम र सिलसिलाले पुस्टि र प्रमाणित गरेको जगजाहेर छ । हुल हुज्जत र भीडको पछि लाग्दा अस्पताल तोडफोड भएका छन, डाक्टरहरु अनाहकमा कुटिएका छन, अपमानित भएका छन । अस्पताल पुगेको रोगी मरोस डाक्टरको त्यो चाहाना हुन्न होला तर अस्पताल पुगेका सबै बिरामी डाक्टरले त के भगवान प्रकट भएर पनि बचाउन नसक्ने प्रकृतिको नियम छ ।
बिरामीका आफन्त आफ्नो बिरामी मरोस त्यो चाह्न्नन तर के अस्पताल पुग्ने बित्तिकै डाक्टरले उपचार थाल्ने बित्तिकै बिरामी नमर्ने ग्यारेन्टी कसैले गर्न सक्छ ? यदि बिरामी नमर्ने ग्यारेन्टी कसैले माग्छ भने डाक्टरले उपचार गर्ने हिम्मत जुटाउन सक्दैनन् । उपचार पुर्णतया बन्द हुन पुग्छ । अस्पतालमा बिरामी मरेको बहानामा क्षतिपुर्तिको लोभमा अनेकन दुखदायी घटना घटेको पाइन्छ । डाक्टरको लापरबाही र हेल्चेक्र्याइ भनेर धेरै घटना सतहमा आएका छन । डाक्टरले गल्ती नै गर्दैनन् त्यो मानिन्न डाक्टर पनि मान्छे हो कमजोरी गर्न सक्छ तर सबै मृत्यु डाक्टरकै कमजोरी लापरबाही या हेल्चेक्र्याइ भनेर जबर्जस्ति गर्ने चलन र मृत्यु र मृतकप्रति ब्यापार ब्यबाबसाय चलाउने धन्दा र पेशा सुरु भएको छ त्यो नितान्त अमानवीय कुरा हो । गल्ती गर्ने डाक्टर, अस्पताल कार्यबाहीको भागिदार बन्नुपर्छ , उन्मुक्ति दिन पाइदैन तर क्षतिपूर्तिको नाममा रकम बार्गेनिङ गर्ने र दोषीलाई उन्मुक्ति दिने अनि निर्दोष पनि बिरामी मरेको कारण दोषी बन्नुपर्ने स्थितिको अन्त्य हुन आवश्यक छ । भीडले दिने हरेक निर्णय मान्न बाध्य पार्ने अस्पताल, अदालत, प्रशासन र जहाँकहिँ बर्जित हुनुपर्छ । संबिधान, कानुन, विधिशास्त्र र ऎन नियमको आधारमा कुनै पनि घटनाको न्याय सम्पादन गरिनुपर्छ नकि भीडको आवाज र बहकाउमा ?
रविको पक्षमा देश ब्यापी पर्दर्शन र खबरदारी सरकार , न्याय सेवा प्रहरी र अड्डा अदालत प्रतिको अविश्वासले पैदा भएको असन्तुष्टि हो बिद्रोह हो । न्याय किनबेच होला , प्रभावित होला र अन्यायमा कोही पर्ला भनेर गरिएको सचेतता पनि हो नकि रवीको फ्यान फलोअर्सको मार्च पास मात्रै ? रविलाई हिरासत भन्दा बाहिर निगरानीमा राखेर पनि अनुसन्धान गर्न सकिन्थ्यो । साधारण तारेखमा राख्न पनि सकिन्थ्यो थुनुवा नै बनाउन आवश्यक होइन कारण हत्याको आरोप होइन आत्महत्याको दुरुत्सानको लान्छना मात्रै हो । हत्या नभई आत्महत्या भएकोले यो अपराध आरोप र लान्छना हत्या उन्मुख छैन आत्महत्या दुरुत्साहन हो त्यसैले यो फितलो र कमजोर साधारण केसको रूपमा बुझ्न सकिन्छ । अत रविलाई न्यायिक हिरासत नै किन भन्ने प्रश्न अस्वाभाविक छैन । यो आत्महत्या हो भने एकदम साधारण केस हो, तर प्रहरी अनुसन्धानको लागि भने ज्यान गएको घटना सामान्य हुन सक्तैन । प्रहरी गम्भीरता र सक्रियता जहिल्यै अपेक्षित रहन्छ ।
पुर्व सचिव भीम उपाध्याय आफनो वालमा लेख्छ्न “रवि र अरु पक्राउ परेकाहरूको मामलामा स्वतन्त्रता, रोजगारी र काममा प्रत्यक्ष बाधा हालिसकिएको छ। यसरी रवि लगायत प्रति मानव अधिकार र मौलिक अधिकारको हनन् हुन्छ। नागरिकलाई थुन्ने कुरा चानचुने हुनसक्दैन, यसको दर्जनौ पक्षमा नकारात्मक असर पर्नेगर्छ। सरकार वा अदालतलाई सजिलोका लागिमात्र दैनिक मेहनत गरी कमाई जीवन निर्वाह गर्नुपर्ने नागरिकलाई थुन्नु पनि अपराध सरह नै हो। अपराध प्रमाणित भएमा वा बाहिर राख्दा ठूलो क्षति हुने वा भाग्ने वा अन्य समाज र मुलुकलाई ठूलो क्षति हुने संभावना देखिएमा मात्र थुन्ने हो। ” तर, आज सम्म मुद्दा केही अघि नबढेको र १० दिनदेखि अनाहकमा थुनेका कारण अब त्यतिकै छोड्दा भने त्यसले हिजोको पुलिस र न्यायालयको थुन्ने निर्णय किन गरेका थिए त भन्ने गंभीर प्रश्न उठ्न सक्ने हुदा रवी लगायतलाई छाडिदिनु र थुनिदिनु दुवै सकस र अन्योलको स्थिति छ पुलिसको लागि ।
दुरुत्साहनको अभियोग लागेको केसमा अब अदालतले कस्तो निर्णय गर्छ त्यो हेर्न बाकी छ । एउटाको अपराध पत्ता लागाउन अर्को निरपराधलाई दोषी किटान कसरी गर्न सक्छ प्रशासनले ? यदि रवि कतै आत्महत्या दुरुत्साहनमा आंसिक रुपमा नै भए पनि दोषी भए त ठिकै भयो तर निर्दोष रहेछन् भने प्रहरी अनुसन्धान प्रयोजनहिन र रविप्रति पुर्वाग्रह सांध्ने खालको देखिन्छ भलै राज्यको नियत कसैलाई फसाउने नभएर अपराधी पत्ता लागाउने भैदेओस । देशभर रविको समर्थनमा निस्केका मान्छेहरुको भीडलाई सरकारले नजरअन्दाज नगरोस एउटा ब्यक्तिको पछि यतिधेरै मान्छेको समर्थन, आकर्षण, मोह र सम्मोहनको मिहिन ढंगले विश्लेषण गरोस । यो आवाज, पर्दर्शन र समर्थन भनेको न्याय, सत्य र विद्रोहको चेत हो । रविले बहस पैरवी गरेको मुद्दाको सम्मति हो । राज्यका सबै अङ्ग र कामकारबाही प्रति जनताको अविश्वास र भरोसा टुटनुकाे नतिजा हो । राज्य आफ्ना संयत्र मार्फत भरपर्दो डेलिभरि दिन सकिरहेको छैन भन्ने सबुत हो । राज्य न्याय निरुपण गर्ने मामलामा बखत बखतमा चुक्नु अविश्वसनिय ढंगले प्रस्तुत हुनु पनि हो ।
रविले नेपाली समाजको विकृति विरुद्ध जसरी आगोमा हामफाल्ने निर्णय गरेर कार्यक्रम बनाउथे त्यो आगोले धेरैलाई पोलेको थियो डाह गराएको थियो त्यही आगो आज रविलाई फसाउन, रवि फसे हुन्थ्यो भनेर लागि नपरेको होला भन्न सकिन्न तर रवि र रविका समर्थकको धैर्य शहनशिलता र न्याय सम्पादनमा राज्यलाई निशर्त सहयोग अपरिहार्य छ । राज्य स्वंय निर्लज्ज भएर उनको विरुद्ध षडयन्त्रमा लागेको भए सरकारको सुराल भिज्ने र नग्न देखिने दिन आउँछ नै । राज्य संयन्त्र प्रति जनता नकारात्मक बन्दै जानुको अर्थ राज्यले आफू र आफ्नो मातहतका निकायको कामको समीक्षा र पुनरावलोकन गर्न किन्चित पनि अप्ठ्यारो मान्नु पर्दैन । मृत्यु कालिन घोषणा सत्य हुन्छ भनिए पनि कसैले रिसिवी साध्न नाम लिएको पनि हुनसक्छ । अन्य स्वतन्त्र प्रमाणको बिना नाम लिएकै आधारमा आत्महत्या दुरुत्साहन नहुन सक्छ । आत्महत्या दुरुत्साहन पछि दुरुत्साहन कर्ताले के प्राप्त गरेको छ । कुन कुकर्म लुकाउन सफल भएको छ अर्थात के लाभ र प्राप्ति कसुर दाताले गर्यो, कुन इच्छा आकांक्षा र लोभको पुर्ती गर्यो त्यो महत्त्वपूर्ण कुरा हुनुपर्छ त्यसको लेखाजोखा खोज र अनुसन्धान निस्चय पनि हुन्छ । अदालतको निर्णय प्रतीक्षा गरौँ ।