सुनकाे भाउ घट्याे

काठमाडौं । दसैंकाे शुरूवातमा दिनमा सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबार तोलामा ७० हजार ८ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार रु ६ सय घटेर ७० हजार २ सयमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन तोलामा ६९ हजार ९०० मा कारोबार भएको छ । त्यस्तै शुक्रबार ८ सय ६० मा काराेबार भएकाे चाँदी आइतबार घटेर ८ सय ४५ मा कारोबार भएको छ ।