पर्यटकको पर्खाईमा चंखेली हिमाल
मुगु जिल्लाका थुप्रै पर्यटकिय स्थलहरु मध्ये रारा ताल पछि चंखेली हिमाललार्इ पनि लिने गरेको पार्इन्छ । ४ हजार १ सय ६५ मिटरको उचार्इमा अवस्थित चंखेली हिमाल सदरमुकाम गमगढी लगायत आसपासका विभिन्न ठाँउहरुबाट अत्यन्तै सुन्दर र मनमोहक देखिन्छ ।
छायानाथ रारा नगरपालिका ‐१४‚ मा अवस्थित चंखेली हिमालको दक्षिण तर्फको भाग कडा चट्टान र पारीलो पाखा भएकाले यहाँ हिउ धेरै बेर टिक्दैन ।
चंखेली हिमालको टुप्पामा पुग्ने राम्रो र सहज बाटो बन्नेहो भने रारा हेरेर गमगढी झरेका आन्तरिक तथा वाह्य पर्यटकहरुको चंखेली छुटाउनै नहुने अर्को गन्तव्य बन्ने निश्चित देखिन्छ । चंखेलीको चारै तिरको दृश्यका साथै त्यहाँ पार्इने लेकाली जातका वनस्पतिहरु हेर्दा हेर्दै समय वितेको पत्तै हुदैन । टुप्पामा बनार्इएका ढुङ्गाका थुम्काले पनि चंखेलीको थप महत्व बढाएको पार्इन्छ ।
हिउ परेको बेला होस् वा अरु बेला विहान देखि साँझ सम्म चंखेलीको सुन्दरता कहिल्यै पनि कमि हुदैन । विभिन्न कामले मुगु पुगेका जो कोही पनि गमगढी बाटै भए पनि चंखेलीको सुन्दरता अवलोकन गरेर मात्र फर्किने गरेका छन् । सदरमुकाम गमगढी बाट रुगाको पुल तरे पछि लुम‚ बाम‚ फोर्इपाटाका वस्तिहुदै चंखेली काँध सम्म पुग्न १ दिन लाग्ने गर्छ । चंखेली काँध देखि टुप्पामा पुग्ने २ घण्टाको बाटो निर्माण गर्नेको भने चंखेली आरोहण गर्नेको लर्को लाग्ने निश्चित छ ।
चंखेलीको टुप्पामा पुगेर चारै तिरको दृश्य अवलोकन गर्न पाँउदा साँच्चै स्वर्गको अनुभुति हुने गर्छ । बाह्रै महिना हिउ जमेको देखिने सैपाल हिमाल आँखा अगाडि देखे पछि त्यहाँ पुग्दाको कठिनार्इ त्यसै हराउने गर्छ ।
चंखेलीको टुप्पा बाट कर्णाली लगाएत सेती भेरी र धौलागिरी अंचलका अग्ला भागहरुको मनग्य अवलोकन गर्न पाँइन्छ ।
यहाँ पुग्न सहज बाटो र होटलहरुको उचित व्यवस्था हुने हो भने पर्यटक आगमनले यहाँका वासिन्दाहरुको आय आर्जनको बाटो खुल्ने बुद्दिजिविहरुको तर्क छ ।













