जनताको कार्यसम्पादन मूल्यांकनमा खरो उत्रनुस

हिजोको भन्दा आज मतदान गर्ने जनताको शिक्षा तथा चेतना स्तर र सोचाईमा धेरै भिन्नता छ अब नयाँ पुस्ताले मुख हेरेर र पुरानो इतिहास सुनेर नेताको मुल्यांकन गर्ने दिन तिब्र गतिमा कम हुँदै छ, अबको जनता काम हेरेर त्यसको समिक्षा गरेर बसेको छ ।

अन्ततः प्रधानमन्त्री केपी वलीले मन्त्रीपरिषद पुनर्गठन गरे । सञ्चारमाध्यमहरूले प्रत्येक दिन भोली मन्त्रीमण्डल पुनर्गठन हुन्छ भनेर लेख्दा लेख्दा बल्ल त्यसमा पूर्णबिराम लाग्यो । सबै सञ्चारमाध्यमका आ–आफ्नै लिस्ट थियो नयाँ मन्त्रीमण्डलको ’boutमा । तर, अनुमानित नामहरूमा कतीको कती प्रतिशत मिल्यो त्यो उनीहरू नै मूल्यांकन गर्दै होलान् ।


धेरैको अनुमानको आधारमा हेर्ने हो भने बढ्ता आलोचना श्रम मन्त्री गोकर्ण बिष्टको बहिर्गमन र खानेपानी मन्त्री बिना मगरको यथास्थानको चर्चा मा नै धेरै रह्यो । त्यसको साथसाथै प्रधानमन्त्रीले सञ्चार जगत र नागरिक समाजलाई एउटा मसला पनि छाडिदिए त्यो हो उपेन्द्र यादवको स्वास्थ्य मन्त्रालयबाट बिदाई र कानून मन्त्रालयमा सरुवा ।


सबैले आ–आफ्नो आलोचना र पक्ष तथा बिपक्षमा अनेक थरी लेखिसकेपछि र बोलिसकेपछि अन्तमा भन्ने गर्छन्, हुनत यो प्रधानमन्त्रीको अधिकारको कुरा हो भनेर । यदि प्रधानमन्त्रीको अधिकार क्षेत्र भित्र परिसकेपछि यसको ’boutमा अन्य टिकाटिप्पणी किन गर्नु भन्ने एकातिर छ भने अर्को तिर के प्रधानमन्त्रीको अधिकार क्षेत्र भन्दैमा आफ्नो दृष्टिकोण दिनै नपाईने हो र भन्ने पनि अर्को पक्ष छँदै छ ।


मन्त्रीपरिषदका बहिर्गमनमा परेका सदस्यहरूले मुखबाट जतीनै सन्तुलित जवाफ दिए पनि मन भित्र त असन्तुष्टि प्रकट भएकै होला । यो एक किसिमले उनीहरू असक्षम भए भनेर पजनीमा परेका पनि हुन् । तर, हामीले अंगिकार गरेको व्यवस्था, आवधिक निर्वाचन सहितको बहुदलिय व्यवस्थामा, यस प्रकारको तुष राखि राख्नु जरुरी छैन । ’cause अबको तीन वर्ष भित्रमा फेरि निर्वाचन हुने समय आउँछ । त्यतीबेला जनतामा जाँदा त्यसको परिणाम देखाउने मौका पाइने छ । यदि आफू इमानदारीका साथ काम गरिरहेको हुँदा हुँदै पजनीमा परेको हो भने जनताले त्यतीखेर अत्यधिक मतले बिजयी बनाएर पठाइदिने छन् र हालका प्रधानमन्त्री माथी गतिलो प्रहार गरिदिने छन् । यदि आफू साँच्चीकै असफल भएको हो भने पनि जनताले उनीहरूलाई त्यसै गरी पराजीत गरेर देखाइदिने छन् । त्यसैले त भनिन्छ, जनतालाई ढाँट्न सकिँदैन । जनता प्रती इमानदार हुनुहोस्, कसै सँग डराउनु पर्दैन ।


जनताको मन जितेर काम गर्दा उनीहरूले कती साथ दिंदा रहेछन् भनेर त रबी लामिछानेलाई प्रहरी हिरासतमा लगेको बेलामा नै देखिएकै हो । त्यतीबेला एउटा साधारण कार्यक्रम प्रस्तोताको निम्ती आइनो न साइनोका मानीसहरूले पनि सडकमा आएर टाउको फुटाउन तयार हुनुले यस कुराको पुष्टि गर्दछ ।


मैले पनि यो विश्लेषण गरिरहँदा मेरो व्यक्तिगत आँखाले कसैलाई राम्रो देख्ला कसैलाई नराम्रो । तर, प्रधानमन्त्री तथा उहाँको टिमले त त्यसरी हचुवाको भरमा अवश्यपनि हेरेन होला भन्ने मान्नु पर्ने हुन्छ । उनीहरूले अवश्यपनि कार्यसम्पादन मूल्यांकन कै आधारमा यो रिजल्ट निकालेका होलान होला भनेर मान्नै पर्ने हुन्छ । बिना मगरमा प्रचण्डको बुहारी वा प्रचण्डको प्रधानमन्त्री पद माथीको दाबीमा तिलाञ्जली आदि विभिन्न अनुमान गर्नु पर्ने हुन्छ । यदि त्यसो नभएर कार्य सम्पादन मुल्यांकनमा उनी पास मार्क पाउन सफल भएकी हुन् भने मेरै घरको धारामा दुई वर्ष अगाडी सम्म मज्जाले पानी आउँथ्यो । पछि रोड खन्दा पाईपमा कैफियत भनेर पानी ठप्प पारियो । हालै दशैं तिहार ताका काठमाण्डौमा पानीको खपत घटेको बेलामा फेरि त्यहि कैफियत भएकै पाइपबाट पानी राम्ररी नै झर्यो । ए अब त पानी आउने भयो भनेर मख्ख परेको फेरि त्यसपछि हालसम्म महिनौं भयो पानी ठप्प छ । मासिक भुक्तानी भने खाने पानी संस्थानले लिइरहेकै छ ।

अब भन्नुस मेरो नजर र प्रधानमन्त्रीको नजरमा उनको परिक्षाको मार्कसिटमा भरिने अंकमा कती भिन्नता छ । म जनता हुँ, मैले पास मार्क दिएपछि मात्र जनताको काम गर्ने मन्त्री पास हुने हो, प्रधानमन्त्री वा त्यस पार्टीका अध्यक्षले दिएको नम्बरले होइन । बरु मन्त्री ज्यु, अहिले पाएको अवसरलाई चुनौतीको रुपमा लिनोस् र आफूले हाल सम्म गर्न नसकेको र नभ्याएको कामलाई तिब्रताका साथ अगाडी बढाउनुस् । खानेपानी संस्थानमा जसरी हुन्छ एउटा कुलमान ल्याउन सक्नु भयो वा उत्पादन गर्न सक्नु भयो भने तपाईंले सोचे भन्दा चाँडै सफलता चुम्न सक्नु हुनेछ । काठमाण्डौका शहरी क्षेत्रमा पानीको वितरणमै गडबडी छ पानीको श्रोतमा हुँदै होइन, जसको प्रत्यक्ष उदाहरण मेरै घरको धारा हो ।


नेताहरूले आफूलाई प्रजातन्त्र, गणतन्त्र, जनता वा देशको लागि लडेर आएको हो भनेर बारम्बार भनिरहने समय अब बिस्तारै कम गर्दै लानु पर्दछ ’cause यहि एउटा विषयले जनतालाई प्रत्यक्ष सेवा सुविधा दिने विषयलाई छायाँमा पार्न कदापि पाइँदैन । हिजोको भन्दा आज मतदान गर्ने जनताको शिक्षा तथा चेतना स्तर र सोचाईमा धेरै भिन्नता छ अब नयाँ पुस्ताले मुख हेरेर र पुरानो इतिहास सुनेर नेताको मुल्यांकन गर्ने दिन तिब्र गतिमा कम हुँदै छ, अबको जनता काम हेरेर त्यसको समिक्षा गरेर बसेको छ ।


यसपालीको पुनर्गठनमा महिला मन्त्रीको प्रतीशत सोह्र बाट घटाएर आठमा पुर्याइएछ । हुनत महिला मन्त्री भएर महिलाको उद्धार हुने होइन न कि महिला बढी स्वतन्त्र वा शिक्षा, रोजगार जस्ता क्षेत्रमा अगाडी आउने पनि होइन । पुरुषै भए पनि महिलाले भन्दा बढ्ता राम्रो काम गरे यसमा तुलनात्मक रुपमा राम्रै परिणाम प्राप्त गर्न सकिन्छ । तर, नेपाल जस्तो पितृसत्तात्मक देशमा, पुरुषले हरेक क्षेत्रमा हैकम देखाउने परिप्रेक्ष्यमा केहि महिलालाई पुरुषको दाँजोमा पुर्याउने एउटा राम्रो मौका थियो, उनीहरूले पनि पुरुष सरह संघर्ष गरेको कुराले घर, परिवार, समाज र राष्ट्र र अन्तर्राष्ट्रिय जगतको अगाडी सार्थकता पाउने थियो । साथै महिला मन्त्रीलाई देखाएर भोलीका महिला पुस्तालाई पनि राजनीतिमा लागेर केहि गर्ने प्रेरणा प्राप्त हुन्थ्यो । जब कानूनमै तेत्तीस प्रतिशत भनिसकेपछि त्यती त बनाउनु पर्ने अनिवार्यता होइन र ? यदि यती संख्यामा बनाउन नसक्ने हो भने कानून किन बनाउनु पर्यो ? यसमा प्रधानमन्त्री ज्यु नराम्ररी चुक्नु भयो ।


उपेन्द्र यादवको मन्त्रालय हेरफेरको प्रश्नमा प्रधानमन्त्री ज्युले चाहेरै यसो गर्नु भएको हो भन्न सोचिरहनु पर्छ जस्तो लाग्दैन । ’cause पछिल्लो दिनमा, विशेष गरी बाबुराम भट्टराईले संघिय समाजवादीमा आफूलाई जोडि सकेपछि तिब्र गतीमा सरकारको आलोचना र प्राय दिनै पिच्छे जस्तो सरकारबाट बहिरगमन हुनु पर्छ भनिरहेका छन् । राष्ट्रिय राजनीतिमा उनले जसरी पनि आफ्नो नाम गुमनाम नहोस् भनेर जोगाइराख्नलाई यसो भनिरहेको हो वा साँच्चीकै सरकारमा बसेर यो भन्दा बढ्ता केहि गर्न सकिंदैन भन्ने लागेर नै भनिरहेका छन्, बुझ्न सकिएको छैन । संसद भवनमा सरकार पक्ष भएर पनि उनी बिपक्षीको सिटमा बस्छन् । यदि संसदिय व्यवस्था मान्ने हो भने उनको यो व्यवहार पाच्य होला र ? सायद यस्तै कृयाकलापले हुनु पर्छ प्रधानमन्त्रीले सोझै सरकार छोड नभनिकन घुमाउरो बाटो अपनाएका होलान् ।


सिके राउतलाई मुलधारमा ल्याउन सफल प्रधानमन्त्री, अहिले राजपा तिर मोडिन खोजिरहेको अवस्थामा, उपेन्द्र यादवले यो कुरा बुझेका छैनन् होलार ? त्यसैले मन्त्रीपरिषदमा उनको पार्टीलाई तीन बाट दुईमा पुर्याउँदा पनि उनी बाहिरीने मनस्थितीमा छैनन् । ढुक्कको उपप्रधानमन्त्री पद उनी किन छोड्न तयार होलान् र ? उनी जुनसुकै बेला पनि आफ्नो पद राजेन्द्र महतोको काँधमा जान सक्छ भनेर सजग भएरै बसेका होलान् ।


राजनीति भनेको लामो रेसको घोडा हो । जसको ज्वलन्त उदाहरण वर्तमान प्रधानमन्त्री स्वयं हुन् । जो चौध वर्ष जेल बसे, निर्वाचनमा पार्टीले नराम्रो सँग हार खायो, उनी स्वयं पराजीत भए, किड्नीको दीर्घ रोगी हुँदा सम्म पनि निरन्तरताको यात्रा पछि आज शक्तिसाली प्रधानमन्त्रीको कुर्सिमा बिराजमान छन् । त्यसैले सम्पूर्ण सांसद, वर्तमान मन्त्री, भुतपुर्व मन्त्री र हुने वाला मन्त्रीलाई यो सुझाव छ कि निरन्तर जनताको पक्षमा काम गरिरहनुहोस्, झिनामसिना कुरामा आफूलाई अलोकप्रिय पार्ने कोशिष नगर्नुहोस्, मौका पाउँदा आफू र आफ्ना मान्छे भन्दा पनि समग्र जनताको सेवा गर्न नहिचकिचाउनुस्, त्यसपछि सफल भइन्छ ।