चर्को ध्वनीमा काम गर्नाले मुटु रोग र उच्च रक्तचाप


आफ्नो कार्यस्थलमा चर्को ध्वनी घन्किरहनाले मानिसको श्रवण शक्ति कमजोर हुने र त्यही कारण उच्च रक्तचापको समस्यामा पर्ने एक अध्ययनले निचोड निकालेको छ । यस्तो वातावरणमा काम गर्ने मानिसहरु यसरी नै उच्च रक्तचापको शिकार भएको बताईएका छ । अमेरिकी वैज्ञानिकहरुले गरेको एक अध्ययनले विश्वमा ६० करोड मानिस चर्को ध्वनी आउने स्थानमा काम गर्ने गर्छन् भनी औंल्याएको छ ।

के लामो समयसम्म ध्वनी बढि हुने ठाउँमा काम गर्दा रक्तचाप बढ्छ त ? विज्ञहरुले मानिसहरु ध्वनी उत्पादन हुने कार्यमा काम गर्नु खतरनाक सावित हुँदै गएको बताएका छन् । धेरै मानिसलाई आवाजले खतरा बढाउँछ । यस्ता काम गर्र्ने स्थानमा लामो समय चर्को ध्वनीमा काम गर्दा मानिसको आवाज ग्रहण गर्ने प्राकृतिक शक्तिलाई कमजोर बनाउने बिज्ञहरुको तर्क छ । पश्चिमी देश विशेषत अमेरिकामा ध्वनी प्रदुषण हालका वर्षहरुमा बढ्दै गएको बताइएको छ ।   ध्वनी प्रदुषण मानिसको मुटु र अझ पाचन प्रणालीमा समेत हानिकारक हुने अध्ययनहरुको निश्कर्ष रहेको छ । प्लोस वन एट ट्रस्टेड सोर्समा उदृत सामग्रीमा भनिएको छ, मानिसको मष्तिस्कमा धेरै मात्रामा हुने तनाव पनि ध्वनी प्रदुषणको प्रमुख कारक हो ।

ध्वनी प्रदुषण र उच्च रक्तचाप

हाल अमेरिकामा १ अर्ब मानिस उच्च रक्तचापको शिकार भएका छन् । यसको प्रमुख कारण ध्वनीलाई मानिएको छ । मानिसको मष्तिस्कमा नकारात्मक किसिमका आवाज घातक हुने बताइन्छ । हालैका दशकहरुमा ध्वनी प्रदुषण अमेरिकामा अत्यधिक बढेको पाइएको छ ।

यसकारण खोजकर्ताहरु मानिसमा ध्वनीको असर अत्यधिक हुने र सुन्ने प्राकृतिक शक्ति कम हुँदै जाने तर्क गर्छन् । धेरै अध्ययन श्रोतबाट मानिसमा सुन्ने शक्ति कम हुनुमा व्यवसायिक कलकारखानाको नजिक काम गर्नुलाई लिइएको छ ।

वैज्ञानिकहरुका अनुसार, औषत २१ हजार ४०३ व्यवसायिक मानिस ध्वनी आउने ठाउँमा काम गर्ने गर्छन्, जसको उमेर करिब ४० वर्ष भन्दा माथि हुँदैन । यो सूचना चीनको सिचुवान राज्यको छेन्दु प्रान्तबाट संकलन गरिएको हो । एक सर्वेक्षणमा स्वास्थ्य सम्बन्धी हरेक उपाय अवलम्बन गर्दै मानिसको सुन्ने शक्ति र उच्च रक्तचाप नापिएको थियो ।

एक महत्वपूर्ण साँठगाँठ

व्यवासायिक कार्य क्षेत्रमा काम गर्ने मानिसहरुमा आवाज सुन्ने शक्ति हराउने अग्रानुक्रम बढेको देखियो । मष्तिस्कको तनावमा ३४ प्रतिशत देखि २८ प्रतिशतसम्म क्रमश वृध्दि भएको देखियो । महिला र पुरुषमा यो रोगको असर बराबरी रुपमा देखिएको थियो । आवाज बढि हुनु र मानसिक तनाव हुनु एक सिक्काका दुई पाटा जस्ता देखिन्थे । पुरुषमा कार्य क्षेत्रमा मानसिक तनाव महिलाको भन्दा वृद्वि भएको पाइयो ।

असर र खोजको सीमितता 

औषत लामा तथ्याङ्कहरु खोजका नमूना थिए ।  मानिसहरुलाई औपचारिक रुपमा असर र उनीहरुले बोलेका बोलीका विश्वासका आाधारमा खोज तयार पारिएको लेखकहरुको निश्कर्ष छ ।

मानिसमा प्रमाण खोज्न विभिन्न विधिहरु अपनाई ध्वनीको कारण र असरको ’boutमा सोधखोज गरिएको थियो । मानिसमा किन उच्च रक्तचाप आउँछ । त्यसका कारण मानिसको वजन थपघट हुने, धुम्रपान लिने, मध्यपान गर्ने अथवा अरु मानसिक तनाव हुन आउँछ कि भनेर पनि खोजी गरियो ।

अत्यधिक ध्वनी प्रदुषण हुने ठाउँमा पनि सहभागीको कानमा असर परेको छ कि भनी वैज्ञानिक खोज गरियो । अन्तमा के फेला प¥यो भने मानिस ध्वनी प्रदुषण बढि भएको ठाँउमा एकनास काम गर्नाले उच्च रक्तचाप र मानसिक तनाव हुन्छ । स्रोतः मेडिकल न्यूज टूडे/ सरलपत्रिका