हिमपातले कतै रहर कतै कहर
मुगु : मंसिरको अन्त तिर आएको हिमपातले मुगु जिल्लाका समुन्द्र सतह देखि करिव १५ सय मिटर माथीका अधिकाँश ठाँउहरु हिउले सेताम्बे बनाए पछि वाली सप्रिने आषाले किसानहरु खुसि देखिए पनि अत्यधिक चिसोका कारण सर्वसाधारणहरुलाई भने असहज भएको छ ।
कृषककालागि उपयुक्त समयमा भएको हिमपात र बर्षाले हिउदे वाली गहुँ जौ र स्याउ लगाएतका फलफूलहरु सप्रिने आषामा किसानहरु खुसि देखिएका छन् । अत्यधिक हिमपातले नाग्म गमगढी सडकको घुच्चि लेखमा बाटो अवरुध्द भै यातायात ठप्प हुने पिरले व्यवशायी र सर्वसाधारण भने चिन्तित भएका छन् ।
हिमपातका कारण गमगढी पुगेका सवारी साधनहरु बाटो अवरोधका कारण सडकमै थन्किएका छन् भने गाँउ घरमा पशु चौपायालार्इ घाँस पानीको जोहो गर्न किसानहरुलार्इ कठिन भएको छ । बाहिर निस्केर काम काज र घुम फिर गर्न असजिलो भएकाले सर्वसाधारण कोहि घर भित्रै त कोहि बाहिर बसेर आगो ताप्ने गरेका छन् । भारी हिमपातले घरको छत र वरिपरी हिउ थुप्रिएकाले केहि मानिस पन्छाउन व्यस्त भएका छन् ।
हिमपात पछि थपिएको चिसोकै कारण गमगढी स्थित सरकारी कार्यालयहरुमा सेवाग्राहीको चाप हवात्तै घटेको छ भने विद्यालयको नियमित पठन पाठन समेत प्रभावित भएको छ । हिमपातले निम्त्याएको अत्यधिक चिसोका कारण अन्य काम धन्दा छाडेर सबै जसो आगोको जोहो गर्न तल्लिन देखिन्छन् ।
हिमपात हुने खानेकालागि रमाइलो गर्ने अवसर बनेको छ भने लुगा कपडा नहुने गरिवहरुकालागि अभिसाप समेत बन्ने गरेको छ । माइनस ६⁰ डिग्रीको हाराहारीमा रहेको तापक्रममा सर्वसाधारणको दैनिकी साह्रै कष्टकर रहेको छ ।
हिमपातले यत्र तत्र सेताम्बे बनाए पछि हिउ खेल्नेहरुले हिउमा रमाउनुका साथै मोवाइलमा सुन्दर दृश्यहरु मनग्य कैद गर्न भ्याएका छन् ।
हिमपातले वालीनालि सप्रिने भए पनि अत्यधिक चिसोले बृध्द बृध्दा र वाल-वालिकाहरुलार्इ असर पुर्याउने भएकाले परिवारका अन्य सदश्यहरु होसियारी बनेका छन् ।
भारी हिमपात भएको समयमा पशु चौपायालार्इ चरनको समस्या पर्नुका साथै मानिसहरुलार्इ विभिन्न कामकाजकालागि आवत जावत गर्न समेत कठिन हुने गर्छ ।




















