सभामुख पद खोसाखोसको अन्त्य

खुरुरुरु बगिरहेको नेपालको संसदको गती र कृष्णवहादुर महराको जिन्दगीमा एक्कासी रोशनी शाहीको त्यसदिनको आक्रोशले देशलाई नै एक हद सम्म अर्कै गन्तव्यमा डोर्याइरहेको अवस्थामा बल्ल अहिले आएर सहि ट्रयाकमा ल्याउन सफल भयो । रोशनी शाहीको त्यो क्षणभरको सम्हालिन नसकेको रिसले महराका मित्र सापकोटालाई पदमा पुर्याउन सफल भयो । त्यसैले भनिन्छ, भाग्यमा हुनु पर्छ, जताबाट जसरी भएपनि घुमेर मुखमै आइपुग्छ ।

दशैं अगाडी देखि खाली भएको संघिय संसदको सभामुख पद अन्ततः अग्नी सापकोटा को नियुक्ती संगै पूर्णता प्राप्त भयो । यसबिच बिभिन्न प्रकारका रस्साकस्सीहरु चले, बाजी सापकोटाको पक्षमा गयो । राजनीति हो, अहिले पनि उनी बिरुद्ध सर्वोच्चमा मुद्दा चलिरहेको छ ।

सम्भवत, नेपालको इतिहासमा सभामुख चयनको लागि यत्ती धेरै दौडधुप, अनुमान र टक्कर यो भन्दा अगाडी परेको थिएन । प्रधानमन्त्रीको अड्डीको अगाडी प्रचण्ड नतमस्तक हुन कर लाग्छ भन्ने अनुमान पनि गलत सावित भयो । कहिले सुवास नेम्वाङ, कहिले शिवमाया तुम्बाहाङ्फे, कहिले को कहिले को हुँदै अग्नी सापकोटाको नाममा सहमती जुर्यो र सभामुख हुन सफल भए ।

जब अग्नी सापकोटालाई संसदको सभापतित्व गरिरहेका महन्त ठाकुरले सभामुखको अन्तिम फैसला सुनाए तर तँछाड मछाड गर्दै खल्ती र झोला बाट खदा झिक्ने र हात मिलाउनेहरुको ओइरो लाग्यो त्यतीबेला यो पदको हकदार भनेर चर्चा गरिएकाहरु लाई कस्तो लाग्यो होला ? अझ कृष्णवहादुर महरालाई कुनै टेलिभिजनको फर्दामा उक्त दृश्य देख्दा मन कत्ती रुँदो हो ।

खुरुरुरु बगिरहेको नेपालको संसदको गती र कृष्णवहादुर महराको जिन्दगीमा एक्कासी रोशनी शाहीको त्यसदिनको आक्रोशले देशलाई नै एक हद सम्म अर्कै गन्तव्यमा डोर्याइरहेको अवस्थामा बल्ल अहिले आएर सहि ट्रयाकमा ल्याउन सफल भयो । रोशनी शाहीको त्यो क्षणभरको सम्हालिन नसकेको रिसले महराका मित्र सापकोटालाई पदमा पुर्याउन सफल भयो । त्यसैले भनिन्छ, भाग्यमा हुनु पर्छ, जताबाट जसरी भएपनि घुमेर मुखमै आइपुग्छ । नत्र त, प्रधानमन्त्री समेत फेर्न असम्भव संसदमा सभामुख त कुरै भएन । संसद बिघटन हुँदा समेत रहने पद रहेछ त्यो ।

सभामुख हुँदा सम्म उपसभामुख को हो भनेर सायद धेरै नेपालीलाई थाहा पनि थिएन होला । जब सभामुख प्रहरी कार्वाहिमा परे तर बल्ल शिवमायाको नाम बाहिर आउन थाल्यो । अझ उनको ’boutमा अन्य कुराहरु बाहिर आउन त सभामुख चयनको बेलामा बल्ल धेरैलाई थाहा हुन पुग्यो । अलिकती माथी आफ्नो मान्छे नभएर मात्र हो नत्र त सभामुखको दाबेदार त उनी नै थिइन् । नियतीले साथ दिएन ।

त्यसैले बल्ल सबैले बुझे उपसभामुख भनेको पनि ठूलै पद रहेछ । त्यहि भएर अहिले आएर काँग्रेस र राजपा दुवैले यसलाई अघोषित तानातान गरिरहेका छन् । राजपाले त आफूलाई एक खुड्किला माथी टेकाईसक्यो, सापकोटाको उम्मेदवारीमा समर्थकको नाम दिएर । त्यस पार्टी भित्र महिलाहरुको दौडधुप शुरु भइसकेको हुनु पर्दछ । त्यहाँ पनि पाँचजना अध्यक्ष मध्ये कसको पक्षका महिला माननीयले मौका पाउने हुन्, टक्कर कडानै पर्ने अनुमान गर्न कठिन छैन । संविधानले सभामुख र उपसभामुख पद मध्ये दुइटैमा एउटै लिंग र समुदायको नहुने व्यवस्था गरेर मात्र महिलाले मौका पाउने हो नत्र त पुरुषहरुको दौड निक्कै अगाडी पुगिसक्थ्यो । सबै जना ओनसरी जस्ता भाग्यमानी हुन सम्भव छैन ।

यता काँग्रेसले पनि आफूलाई त्यसको दाबेदारी त गरेको छ तर प्रष्ट सँगले माग्न हिचकिचाई रहेको छ । मिनेन्द्र रिजालले कमण्डलु लिएर माग्न जाँदैन भनेकै बाट संकेत दिइसकेका छन् कि माग्न पो जाँदैन तर दाबेदारी त गरिरहेको छ । नेकपाको इच्छा विपरित जती नै बल गरेपनि भोट पुग्दैन अनि ऊ सँग मागेको भनेर भन्ने कि पदको दाबेदार पनि हो भन्ने, कन्फ्युज छ यसमा ।
हुनत प्रतिपक्ष बिनाको संसद खल्लो हुँदो रहेछ । अहिले राष्ट्रिय सभालाई हेरौं, काँग्रेसकै जम्मा आठ जना माननीय हुनेछन् रे, अरु बिपक्षको त झन कती नै छन् र एक दुई जना बाहेक अनि उक्त संसदको अवस्था हेर्दा नेकपाको सभाहल जस्तो देखिँदैन ?

यो पाँच वर्षको लागि नै सहि संघिय संसदको संरचनामा झण्डै दुई तिहाई नेकपाका सांसद भएता पनि बिरोधी दलका सांसद पनि छन् नि बाँकी सिटमा त तर किन उनीहरुबाट सशक्त आवाज नआइरहेको होला ? भन्नेहरु भन्दैछन्, काले काले मिलेर खाउँ भाले भएर यस्तो भएको हो, एक पक्षको भनाई यो पनि छ कि शेरवहादुर देउवाले भित्र भित्रै पदको लागि बार्गेनिङ गरिरहेका छन् । सायद त्यहि भएर होला, काठमाण्डौका खाल्डाखुल्डीको ’boutमा बोलिदिएर मात्रै पनि संसद चर्काउन सकिन्छ ठूलो विषय नै चाहिँदैन । ’cause यो जनताले प्रत्यक्ष दुख खेपिरहेको विषय हो । त्यसैगरी ट्याक्सीले मिटर मा जान नमान्ने विषयले पनि दुई दिन संसद अवरुद्ध पार्न सकिन्छ । जनताले प्रत्यक्ष भोगिरहेका यस्ता विषय उठाई दिएमा जनताकै समर्थन पाउन ठूलाठूला विषय खोजेर हिंड्नै पर्दैन ।
अब त झन, अप्रत्यक्ष रुपमा आफैंले समर्थन गरेका सभामुख चयन भइहाले, सायद बिरोधी दलहरुले बिरोध गर्ने विषय भेट्न मुश्किलै पो पर्छ कि । त्यसमाथी बजेट पनि आउँदैछ, आफ्नो क्षेत्र र रुचीको विषयमा बजेट पार्न पनि सरकारलाई धेरै चिढाउनु भएन ।

अन्त्यमा, पहिला पहिला सुनेको मात्रै थिएँ, लोकतन्त्रमा दरिलो विपक्षी भएन भने त्यो लोकतन्त्र मजबुत हुँदैन । अहिले आएर बल्ल त्यसको भित्री मर्म बुझ्न र अनुभव गर्न पाइराखिएको छ । त्यसैले जनताले चुनावमा कुनै एउटा दललाई सरकार बनाउन पाउने, वा दिगो सरकारको लागि साधारण बहुमत मात्र दिनु पर्दो रहेछ, बाँकी मत बिरोधी दलको लागि पनि छुट्याउनु पर्दो रहेछ ।