कोरोनाले संसार रुवाएको बेला नयाँ वर्षमा हास्न सकिएन ?

जानेर, नजानेर बहादुरी देखाउनेहरु कोरोनाको आक्रमणले घाइते  र मृत्यु एकमा पर्नुछ। युद्द बहादुरले जित्छन कायरले हार्छन। लडने वीर हुन भाग्ने लाछी र डर छेरुवा भन्ने परम्परागत मान्यताको अजङ्गको पहाड अदृश्य जीवाणुले भत्काई दिएको छ। आज भाग्नेहरु बहादुर सुरक्षित र भिड्नेहरु मृत्युको प्रिय बन्ने अधिक सम्भावनाको नजिक छन। यसैलाई भनिन्छ समय कसैको बसमा छैन। हामी समयको अधिनमा छौ। समयको अधिनस्त भएकोले समयले सिकाउने लयमा हिड्नुपर्छ।

नयाँ वर्ष केवल समान्य शाव्दिक औपचारिकता बाहेक केही हुन र गर्न सकिएन । संसार रोएको बेला आफै भयातुर भएको बेला हर्ष , खुशी र रमाईलो कसरी हुन सकोस ? दिल खोलेर हास्ने र रम्ने वातावरण छैन । घरको एक कुनामा थुप्रिएर संसारको विकराल दृश्य नियाल्नु , दुखी बन्नु र कतै त्यो महामारीमा आफै पनि परिन्छ कतिबेला हो भन्ने डर नै डरको मनोविज्ञान हर मान्छेमा छ । हरेक नयाँ सालमा खुशी र रमाइलो मान्ने नेपालीहरु यतिबेला खुशी खोसिएका संसारका सबै मानव जाति बराबर नै छौ । चिनियाहरुले पनि आफ्नो नयाँ वर्ष कोरोना कहरमा बिताएर नमनाउने निर्णय गरेका थिए ।  हर वसन्तको बहार संगै खुसीमा रम्ने नेपाली मन दुखेको छ । रोएको छ ।

आगतको कहालीलाग्दो कोविड १९ रुपी मृत्युको भूतले आक्रान्त छ । शिथिल छ त्यसैले यो वर्ष ,विश्वब्यापी ई.स. २०२० होस् या नेपाली नयाँ वर्ष वि.सं. २०७७ हर्षोल्लासको वर्ष बन्न सकेन । कोरोना महामारी बनेर फैलिएपछि रोइ रोइ मर्ने विज्ञानको नियति हेरेर ताज्जुब मान्दै मृत्युको समानुपातिक चिट्ठा पर्खनुपर्ने अवस्था छ । सुरक्षित कोही छैनौ यद्दपि बाच्ने जिजीविषा कसलाई छैन र ? बालकृष्ण समले विज्ञान रोइ रोइ मर्छ भनेर घोषणा गरेको दार्शनिक लेख लेखेको पनि वर्षौ बित्यो उनको दुरदर्शिता क्रमशः प्रकट भैरहेको छ ।

विज्ञानले मृत्युको भयलाई जित्न सिकाएन , हाम्रो शिक्षा यहाँनेर चुकेको छ । अवश्यमभावी मृत्युसँग भय भ्रान्ती र भ्रम भन्दा साक्षात्कार गर्ने पुर्व तयारी र मनस्थिति हुनुपर्थ्यो तर त्यो छैन तसर्थ मान्छे मृत्युसँग सधै भयाक्रान्त छ । डर नै डरमा बाँच्नु पर्छ ताकि मर्ने ग्यारेन्टी छ । जन्ममा नै मृत्यु पुर्व शर्तको रुपमा स्वीकार गरेर आए पछि मरिन्छ भन्ने भयबाट मुक्त नभएको कारण नै रोगले , विपदले , भोकले , महामारीले भन्दा हामी भ्रम , भय र भ्रान्तिको कारण छिटो मर्दैछौ । हामी विज्ञानसँग बढी जोडियौ र भर पर्यौ तर विज्ञान र ज्ञानको फरक यही हो, ज्ञान हाँसीहाँसी मर्न तयार हुन्छ भनेर सम महोदयले मृत्युको अनिवार्यतालाई सहज लिनुपर्ने बताएका हुन । यसको अर्थ यो होइन कि मरिन्छ भनेर पहिल्यै खुट्टा पसार्नु परोस ।

कोरोनाले आक्रमण गर्दैमा मरिन्छ भन्ने ग्यारेन्टी पनि त कसैले गरेको छैन । नामर्द र लाछी भएर जसले घर भित्र लुक्न सक्यो , एकान्तवास गर्न सक्यो उही सुरक्षित र कोरोनाको आक्रमणबाट सुरक्षित रहने प्रवल सम्भावना अत संसार नामर्द र लाछी भएर लुक्ने , छलिने र भाग्नेहरुले चलाउने जिम्मा पाउनेछन । जानेर, नजानेर बहादुरी देखाउनेहरु कोरोनाको आक्रमणले घाइते  र मृत्यु एकमा पर्नुछ । युद्द बहादुरले जित्छन कायरले हार्छन । लडने वीर हुन भाग्ने लाछी र डर छेरुवा भन्ने परम्परागत मान्यताको अजङ्गको पहाड अदृश्य जीवाणुले भत्काई दिएको छ । आज भाग्नेहरु बहादुर सुरक्षित र भिड्नेहरु मृत्युको प्रिय बन्ने अधिक सम्भावनाको नजिक छन ।

यसैलाई भनिन्छ समय कसैको बसमा छैन । हामी समयको अधिनमा छौ । समयको अधिनस्त भएकोले समयले सिकाउने लयमा हिड्नुपर्छ । आफ्नो लयमा सधै समयलाई हिडाउन सकिदैन । भागेर, छलिएर घरभित्र सुरक्षित सम्झेर बस्नुको उत्तम विकल्प रोज्न अहिलेसम्म कसैले सकेका छैनन । महाशक्ति रास्ट्र डोनाल्ड ट्रंपको दम्भ, सनक पनि आज कोरोनासंग भिड्न सकिन्न भनेर हार स्वीकार गरेर अमेरिका भर लक डाउनको निर्णय गर्ने स्थितिमा पुगेका छन्  । केही हप्ता अघि सम्म अमेरिका बन्द हुन अस्तित्वमा रहेको मुलुक हैन भन्ने महासयको मुर्खता आज बल्ल साइजमा आएर भाग्ने र छलिने निर्णय गर्दैछ । मुर्ख दम्भी ट्रंपको मुर्खताबाट बल्ल अमेरिकनहरू र अमेरिका निवासी गैर अमेरिकनहरूले राहत महशुस गरेका छन् । मूर्खतापूर्ण दम्भ नराखेर समय हुँदै कोरोनासँग लड्ने चाइनिज मोडलको अनुशरण गरेको भए अमेरिका निवासी मानवहरुको यतिधेरै क्षति हुन्नथ्यो ।  

अरुको देखेर पनि समयमा नचेतेका डोनाल्ड ट्रंपले आफ्नो मुर्खताको प्रायस्चित या बचाऊ के गर्छन त्यो निर्वाचन रुपी अग्निपरीक्षामा खरो उत्रेला । विज्ञान र प्रविधिलाई च्यालेन्ज गर्ने भाइरससँग नडराउने भनेर ट्रंपले नरसंहारकारी कोरोनालाई फैलन र आफ्नो साम्राज्य खडा गर्न सहयोग गरे । मृत्युका सहजकर्ताको रुपमा कुनै दिन अमेरिकाले यिनको मूल्यांकन गर्ला । तार्किक , बौद्दिक र सामयिक समीक्षा होला त्यसको व्यग्रतापूर्वक प्रतिक्षा गरौला ।

हाम्रो सिकाई र बुझाई अब ट्रंपको मुर्खता होइन सी जिन पिङ्गको धैर्यता र संयमता अनि सही समयमा सही निर्णय लिने क्षमता र खुबीको अनुशरण गर्नु हो । हामी कोरोना कहरमा लक डाउनको कस्टमा जीवन जिउने भिख मागीरहेछौ । लक डाउनको पूर्ण पालना गरेर कोरोनालाई हराउनुको अर्को शुत्र र बाटो छैन । तसर्थ आधा पेट खाएर पनि लडौ भागेर लडौ । जोगिएर जोगाएर लडौ ।

कोरोनारुपी महामारीबाट हामी बच्नु पर्छ बचिन्छ तर भोलिका दिनहरु हाम्रा लागि सहज र असहज दुवै छन् । असहज यसकारण छ कि हाम्रो परनिर्भरता अत्याधिक छ । कोरोनाले विश्व अर्थतन्त्रमा ठूलो बदलाव र उतार चढाव ल्याउने निश्चित छ । खाद्य असन्तुलन र आर्थिक मन्दीको कारण रास्ट्रहरुको हैसियत फेरिने छन् , अर्थ तन्त्रको फेरिएको हैसियतले व्यक्तिको आर्थिक अवस्थामा पनि व्यापक फेरबदल ल्याउने छ । कतिपय ब्यापारिक घराना टाट पल्टने छन् । कतिपयले आफ्नो व्यापार ब्यबसायको प्रकृति परिवर्तन गर्नेछन । सामाजिक र संस्कृतिक सम्बन्धहरुमा सुधार, बिगठन र  टुटफूट हुनेछ । सम्पतिको परिभाषा बदलिने छ ।

भोकमरी र खाद्य अभाव र असन्तुलनको स्थिति उत्पन्न हुँदा मानवको लागि खाद्य पदार्थ नै सबै भन्दा महत्वपूर्ण र प्राणदायी चिज हो भन्नेकुरा पून पुष्टी हुनेछ । अन्न उत्पादन हुने भुमि ,उत्पादक र उत्पादन कर्मीको सामाजिक मुल्य बढ्ने छ । कृषि र कृषकको महत्व सरकारका मान्छेहरुको  नजरमा पर्ने छ । अपहेलित कृषिमा केही समय थोरै भए पनि आकर्षण देखिने छ । हुन त हामी नचेत्ने प्राणी हौ । भूकम्प , नाकाबन्दीले हाम्रो वास्तविक हैसियत बताउदा पनि चेत नफिरेका हामी अब कोरोनाले पनि चेत फर्काएन भने कहिल्यै आत्म निर्भर , स्वनिर्भर र स्वाबलम्बी बन्न सक्तैनौ । चेतनायुक्त मान्छे देखिने छैनौ । मान्छेको बाच्ने पहिलो आधार कृषि भए पनि आज कृषी सबैभन्दा निक्रिस्ट पेशामा अनुदित छ जबकि कृषि उत्कृस्ट पेशा हो । जीवनदायी कर्म हो ।

झन्डै डेढ खरब भन्दा बढी खाद्य सामग्री आयात गर्ने हाम्रो मुलुक अब आफैमा आत्मनिर्भर बन्न सकेन भने , हाम्रा कृषियोग्य भुमि बाँझै रहे भने , आर्थिक मन्दीको चपेटामा विश्व बजारबाट हाम्रा करिब ६० लाख मान्छे बेरोजगार भएर घर फर्किदा हाम्रो देसमा भोकमरी नपर्ला भन्न सकिन्न । हाम्रो अर्थतन्त्रको टेवा बैदेशिक रोजगारी र रेमिटेन्स गुमेपछि हामी महंगोमा खाद्यबस्तु आयात गर्न असक्षम हुन्छौ । तसर्थ भोकमरी हाम्रो बाध्यता बन्छ । भोकमरी भए पछि शहरमा केवल घर हुनेहरुको अवस्था पनि असामान्य बन्न पुग्छ । अत यी सबै भोलिका सम्भावनालाई मध्यनजर गरेर सरकारी कार्यक्रम उत्पादन , उत्पादन र उत्पादनमा जोडिनुपर्ने हुन्छ । उत्पादनसँग सबैलाई लगाउनु पर्ने हुन्छ । काठमान्डौ लगायत देशका शहरका घरका कौसी खालि जमिन सबैमा केहि न केहि कृषिजन्य उत्पादन गर्नु बुद्दिमानी हुन्छ । विश्व बजार बाट रोजगारी गुमाएका युवाहरुलाई डिप्रेसनमा जानु अगावै उत्पादन , श्रम र उद्धममा लगाउने कार्यकर्म घोषणा हुनुपर्छ ।

कृषि उधम र कृषिमा लाग्नेहरु उद्धमी अनि कृषिको श्रमगर्नेहरु सम्मानजनक पेशाका हकदार ठानिनु पर्छ । सुकुम्बासी र भूमिहीनलाई जग्गा वितरण गरेर उत्पादनका प्रमुख हिस्सेदार बनाउने कानुनि प्रावधान गरिनु पर्छ । यसो भयो भने हामीले संकटलाई अवसर र आत्मनिर्भर बनाउन सक्छौ । कोरोना कहरले कृषिलाई कर्म बनाउने अवसरको संयोजन गरोस । करोनासंग विजयी बनेपछि समृद्दी आफ्नै पाखुरी श्रम सिप र उद्धम बाट मात्र सम्भव छ भन्ने चेत भरियोस तदनुकुल आचरण , ब्यबहार र बोलि सामान्य मान्छे देखि साशक सम्मको रहोस नयाँ वर्ष २०७७ को शुभकामना स्वजन, प्रियजन , तमाम परदेश र घरदेशबासीलाई । लक डाउनमा कोरोना गन्थन , मन्थन र चिन्तन यो पटक यति नै ।