निवर्तमान आइजीपी खनाललाई नै अपहरणकारीको बात लागेपछि …

बर्दी फुकालेको केहि हप्तामा नै यसरी कुनै पार्टीको कार्यकर्ता जस्तो भएर रातबिरात सांसद अपहरणको लागि दौडधुप गर्ने मान्छेले हिजो पदमा रहेको बेला निस्पक्ष र तटस्थ न्याय सम्पादन  गर्नु भयो भनेर कसरी विश्वास गर्नु ? १३ वर्षीय वालिका निर्मला पन्तको हत्यारा आज सम्म पत्ता लाग्न नसक्नुको दोष तपाईको भागमा पर्छ पर्दैन ?


श्रीमान् पूर्व आइजिपी सर्वेन्द्र खनाल ज्यू,

जय नेपाल !

आदरणीय खनाल साब,

  तपाईलाई अपहरणको दोष लागेको सुनेर दुख लागेको छ । तपाई अपहरणकारी हो या होइन यदि अनुसन्धानको आवश्यकता राज्यले ठहर गर्यो भने त्यो अनुसन्धानदाताले निर्क्योल गर्लान । म अपहरण के हो ? भनेर तपाईलाई सिकाउने र परिभाषित गर्ने हैसियत राख्दिन । अपराध र अनुसन्धानमा काविल सिद्धहस्त निवर्तमान प्रहरी हाकिमलाई मैले प्रहरी कर्म’bout सिकाउने दुस्साहस गरे भने त्यो औकात भन्दा बढीको हर्कत हुनजान्छ । मलाई लज्जित बन्नु छैन म त्यता लाग्दिन ।

म यति सोध्न सक्छु तपाईले सांसद सुरेन्द्र यादवलाई गरेको निगरानी, अप्रत्यक्ष थुन छेक सहित मनसाय नभएको मान्छेलाई रातारात काठमाडौँ ल्याउने गतिबिधि र हर्कत अपराध हो कि समाजसेवा या राज्यलाई अप्ठ्यारोमा गरिएको सहयोग ? अपराधी कस्ता हुन्छन ?  अपहरणको शैली नाटक र प्रकृतिको गहन अध्ययन गरेको तपाईलाई मैले सिधै अपहरणकारी भन्ने हिम्मत गर्दिन तर स्वेत वस्त्रको आवरणमा, विगतको पदीय मर्यादा र गरिमाको बलमा कुनै निहित स्वार्थको लागि गोटी बनेको जान अन्जान भूल भन्न रुचाउछु । कुनै अल्लारे केटाहरु झैँ यसो घुमौ, मासुभात र रक्सी खाउ भनेर उसै खालि समय बिताउन बरालिएर हिंडेको जस्तो अवश्य होइन । षडयन्त्रको सबै तानाबाना थाहा पाएर नै जानु भयो । यदि सुनेको र सुरेन्द्रको सत्य कहावत हो भने । अपराध र अपराधीको कुनै धर्म वाद र सिद्दान्त हुँदैन । उसको अपराधको निशाना आफन्त साथीभाइ देखि अपरिचत सम्म रहन्छन भन्ने कुरा तपाईलाई जति मलाई थाहा हुने कुरा भएन । अपराधकर्मको पछाडि एकै व्यक्तिको हात र सामर्थ्य नहुन सक्छ त्यो अपराधको प्रकृति र विशेषतामा भर पर्ने कुरा होला ।

अपराधी एक हुन्छ भने त्यो अपराधलाई घटित गराउन प्रत्यक्ष, अप्रत्यक्ष अनेकन अवयब र पुरक सहयोगी मतियारहरुले सघाएका हुन्छन् । अपराध घटाउन नजिकै आफन्त साथी र चिनजानको हात रहन्छ । एउटा साथीको रुपमा उद्दार गर्न तपाई डाक्टर सुरेन्द्र यादवको घरमा पुगेको स्वीकार गरेर राती होटेलमा छोडेर गएको कुराले पनि त्यस्तै प्रतीत हुन्छ । तपाई जानेर नजानेर कसरी यो धन्दामा लाग्नु भयो ? कुन आश्वाशन लोभ र योजनाको कारण तपाई सुनियोजित जस्तो लाग्ने षडयन्त्रको सारथी बन्नु भो ?  अब सुरेन्द्र यादवको लाइभ स्वीकारोक्ति हेरौ अनि विश्लेषण गरौ पूर्व प्रहरी लगायत अरु सत्ताधारी माननीयहरुको कर्म कुन कोटिको हो ? सबै अपराधीले सजिलै अपराध कबोल पनि गर्दैनन् र कतिपयलाई आफूले गरेको कार्य अपराध हो जस्तो पनि लाग्दैन शायद तपाईको बुझाई पनि यस्तै रह्यो कि ?

अपहरणमा परेका भनिएका डाक्टर यादव भन्छन । मलाई पूर्व आइजीपीले अकस्मात फोन गरेर भेटन आएको बताउनु भयो र मेरो पिसिओ मार्फत लोकेसन लिएर मेरो गाउँ आउनु भयो । अपहरण त होइन तर मैले काठमाडौँ आउने इच्छा नराख्दा नराख्दै पनि काठमाडौँ आउन बाध्य भंए । प्रधानमन्त्रीसँग भेट्नु पर्यो भन्दै ल्याए । जोर जबरजस्ती गरिएको हो भन्ने प्रश्नमा यादवको उत्तर छ जोरजबर्जस्ती नै त होइन तर म जता गयो, उतै जानु भयो, म जुन गाडी चढे त्यही गाडी चढ्नु भयो म जनकपुर गए त्यता पनि संगै जानु भयो । मलाई केही शंका लागेर मेरो सीमको फोन रेकर्ड हुन्छ भन्ने लागेर मैले उहाँहरुलाई छलेर अर्को सिम प्रयोग गरेर बाबुरामलाई उहाँहरु आएको जानकारी गराए ।

बाटोमा क्याबिनेट मन्त्री नै चाहनुहुन्छ कि अरु केहि भनेर पनि सोधियो । राती ३.३० मा होटेल ल्याएर छोडियो म सुते र बिहान मोर्निंग वाकको बाहानामा बाहिर निस्केर बाबुरामको गाडी चढेर पार्टी सम्पर्कमा गए ? आइजी साब यस्तै घटना र प्रसंग लिएर कोही मान्छे तपाईसँग न्याय माग्न जाँदा तपाई के भन्नु हुन्थ्यो ?  यादवको चिनजान कै र त्यत्रो ओहोदाको व्यक्ति भएर पनि आफ्नो फोन रेकर्ड हुन्छ भनेर सिम चेन्ज गर्नुपर्ने बाध्यता किन भयो यादवलाई ? किन आउने अनिच्छा व्यक्त गर्दा पनि उहालाई प्रभावमा पारेर ल्याउनु भयो ? क्याबिनेट मन्त्रीकै अफर गर्नुको उदेश्य के थियो ? मन्त्रीको सपथ राती नै खुवाउनुपर्ने पक्कै थिएन ?  उनी सरकार सम्बद्द दलका सांसद पनि होइनन । morning walkको बहानामा भाग्नु र उम्कनु किन पर्यो यादवलाई ? उनले अपहरण नै भन्न नसक्ने मनोवैज्ञानिक दवाव र प्रभाव दिन अरु के के गर्नुभयो ? देशको राज्य मन्त्री भै सकेको बहालवाला संसादले यो भन्दा अरु कसरी भन्न र बोल्न सक्छन ? अपहरणको यो सालिन र भव्य शैली कानुनको दायरा भित्र पर्छ पर्दैन ? कुनै हिन्दि फ्लिमको कथा  र पर्दाको दृश्य मात्रै त यो होइन नि ?  तपाईले अभ्यास गर्नु भएको कानुनले यसलाई कुन रुपमा लिन्छ ? म सांसद महेस बस्नेत र किसान श्रेष्टको ’bout र उनीहरुको योग्यता र क्षमता ’bout बोल्दिन ।

चुनाव धेरैले जित्छन संसद र मन्त्री धेरै हुन्छन तर एक प्रहरी अफिसर र प्रहरीको उच्च कमाण्ड नै सम्हाल्न धेरै पापड बेल्दै आउनु पर्छ । धेरै प्रतिभाशाली क्षमतावान धारिला मस्तिस्क भएकाहरुसँग कम्पिटिसन गरेर आउनुपर्छ ख्याल ख्याल र हार्हुर चुनावी माहोलको जीत जस्तो होइन यो पद । फेरि राजनीतिमा लागेकाहरुलाई मन्त्री बन्न चुनाव नै जित्नु पर्दैन र पढेको हुनुपर्ने योग्यता पनि चाहिन्न  त्यस्तै चुनाव हारेर पनि मन्त्रीको टीको लाउन पाएका पात्र हुन महेश बस्नेत तसर्थ म उनको ल्याकत ’bout बोल्दिन तर आइजीसाप पुलिसको एउटा सामान्य सिपाही बन्न पनि जाँच पास गर्नुपर्छ होइन र ? झन प्रहरी हाकिम बन्न वुद्धि नै बुद्दिसँग बौद्दिक भिडन्त गरेर खारिएर आउनुपर्छ । अब्बल नै अब्बलसँगको बौद्दिक र शारीरिक पहलमानीमा अब्बल बन्नुपर्छ । यसर्थ मेरो प्रश्न र जिज्ञासा तपाईप्रति हो ? तपाईको  नियतप्रति हो ? नियतिसँग लडिरहेका नेपालीहरु तपाई जस्ता भर्खर बर्दी खोलेका प्रहरीसँगको नियतमा कसरी लड्नु ? यस्तो रवैया हो भने ?

आज देस महाब्याधीको चपेटामा छ । तपाईको सेवा उद्दार र सहयोग सांसद अपहरण गर्न भन्दा रोगी बुढाबुढी असहाय गरिब र निमुखाको लागि हुनुपर्थ्यो । सवारीसाधन नपाएर अस्पतालको मुख नदेखी मृत्य वरण गर्न पुगेकी महिला र उसको सन्तानको जीवनको लागि हुनुपर्थ्यो । हेर्नुस त दुर दराजमा सुत्केरी बेथा लागेर अस्पताल समयमा नपुग्दा नवजात सन्तान र आमाको मृत्यु भएको खबरले हाम्रो मन पोल्छ । हामीसंग शक्ति श्रोत र सामर्थ्य छैन तर तपाईसँग सबथोक छ । अफसोच सदुपयोग गर्नु भएन । विपदमा परेकाको  उद्दार गर्न सकेको भए कत्रो वा ! वा ! कमाउनु  हुन्थ्यो । दुर्भाग्य राज्यश्रोतको रजाइमा सत्ता स्वार्थको लागि आफ्नो मर्यादा गुमाउनु भयो । एउटा वृद्द एउटा बालक एक असाहयले तपाईको सेवा पाएको भए तिनले र तिनका परिवारले कत्रो आशिर्वाद दिन्थे । तपाईलाई पनि कत्रो आत्मसन्तोष प्राप्त हुन्थ्यो ।

सामान्य कुरामा प्रशंसा गर्ने नेपालीले कत्रो तारिफ गरेर सामाजिक संजाल भरिन्थ्यो । पूर्व आइजीपीको सत्कर्म, सेवा  र मानवियताको खातिरदारी हुन्थ्यो बदलामा आज हेर्नुस त त्यत्रो इज्जत अपहरणकारी भनेर धज्जी उडेको छ । आइजी साप, मिठा मिठा कुरा गरेर, बिभिन्न प्रलोभन र आश्वासन दिएर आफ्नी भान्जी र भतीजी बलात्कार गर्ने काकाहरुलाई पनि पाता कस्नु भएको छ । छोरा अपहरण गर्ने बाबु र बैनी अपहरण गर्ने दाजु पनि यही समाजमा छन् । मुर्ति बेच्ने मन्त्री र स्वास्नी मार्ने डीआइजी तपाईले जेलमा कोच्नु भएको बिर्सनु भएको छैन होला । त्यसैले अपराध ओहोदा र नजिकको नाताले गर्दैनन् भन्ने हुदैन । लोभ र स्वार्थको लागि गर्न नहुने काम गर्नेहरु समाजमा देसमा यथेस्ट छन् त्यसैले अपहरणमा तपाईको सक्ति परिचालित छैन र  ? तपाई यसको मतियार जानेर नजानेर हुनु भयो भन्न म विवस छु  । अर्को गम्भीर प्रश्न र आरोप पनि खडा छ  ।

बर्दी फुकालेको केहि हप्तामा नै यसरी कुनै पार्टीको कार्यकर्ता जस्तो भएर रातबिरात सांसद अपहरणको लागि दौडधुप गर्ने मान्छेले हिजो पदमा रहेको बेला निस्पक्ष र तटस्थ न्याय सम्पादन  गर्नु भयो भनेर कसरी विश्वास गर्नु ? १३ वर्षीय वालिका निर्मला पन्तको हत्यारा आज सम्म पत्ता लाग्न नसक्नुको दोष तपाईको भागमा पर्छ पर्दैन ?  निर्मला हत्या र बलत्कार छानबिन आयोगका सदस्य उपसचिव बिरेन्द्र केसीले अपराधी मैले चिनेको छु  भनेर भनेका थिए तर उनी किन अनुसन्धानको घेरामा परेनन् ? अपराधी चिन्नेलाई किन सोधेर अनुसन्धानको दायरामा ल्याउन सक्नु भएन ? कुन स्वार्थ र कसको हितको खातिर कसलाई जोगाउन त्यो प्रसंग चुपचाप सेलायो । त्यसको जिम्वेवारी तालुकदार अड्डाको प्रमुख भएकोले तपाईले लिनुपर्छ भनेर आम जनताले किन नभन्ने ? ३८ टन सुनको भरिया पत्ता लाग्ने तर मालिक र सुन नभेटिने घटनाको अनुसन्धान किन तार्किक निस्कर्षमा पुगेन ? कसको चर्पी सजियो त्यो सुनले ? जबाफ के छ तपाईको ?

कतिपय राजनीतिक कर्मिको गैर न्यायिक हत्यामा मानवअधिकार उलंघनको मुद्दा लाग्ने हदम्याद हुदैन होला । त्यो लान्छना पनि स्मरण गराउछु । पदमा बहाल हुँदा गरे भएका अन्य ज्ञात अज्ञात घटना र हर्कत पनि भोलिको दिनमा छानबिन गर्न बाटो खुल्छ यदि यो अपहरणमा संलग्नता पुष्टी भयो भने । खनाल साब तपाई हिजो बहाल हुँदा गरिएका थुप्रै राम्रा काम समेत छाँयामा पर्नेगरी किन यस्तो कुकृत्यमा संलग्न हनु भयो ? फुटबल म्याच फिक्सिंग, जमीम साहको हत्यारा पक्राउ, अबैध कन्सल्टेन्सीमा छापा, बडीखेलको निर्मम हत्याको १२ वर्ष पछि सफल अनुसन्धान र अपराधी पक्राउ लगायत थुप्रै राम्रा काम र रेकर्ड अब संसय र शंकाको घेरामा पर्नेछ । कतिलाई नियतवस फसाइयो या पेलियो परिबन्धमा पारियो ?

 तपाई र तपाई जस्ता पुर्व विशिस्ट सेवा छोडेको भोलिपल्ट नै पार्टी गतिबिधिमा संलग्न हुनु, पार्टीको टिकेट नै लिनु जस्ता घटनाले अब पुर्व विसिस्ट कर्मचारीलाई राजनीतिमा तत्काल प्रवेस बन्देज गराउनु पर्ने कानुन बनाउन बहस प्रारम्भ हुन्छ । सेवा निवृत भएको भोलिपल्ट राजनीतिमा सक्रिय हुने विशिस्ट कर्मचारी आफ्नो कार्यकालमा दलीय प्रभावको आधारमा निर्णय गर्ने र आफ्नो लागि संबैधानिक अंगमा नियुक्ति र उच्चस्तरीय आयोगमा आँखा गाडेको कारण स्थान सुरक्षित गर्न दलका नेता र सत्ता रिझाउने परिपाटीको विकास हुन्छ । त्यस्तो बेला प्रशासक, प्रहरी र उच्च पदस्त कर्मचारीले भयरहित निस्पक्ष र तटस्थ सेवा परवाह गर्न सक्तैनन् ।त्यसैले यो बहस तपाईको हर्कत र अभ्यासले झन् सबल बन्छ । बारुद भरिएको फूलको माला बोकेर तपाई सांसद सुरेन्द्र यादवलाई अपहरण गर्न जानु भएको हो या होइन त्यो समयले र निकट भविष्यले बताउला । सत्यको उत्खनन हुन्छ नै । यदि तपाई निर्दोष हुनुहन्छ भने मेरो यो आरोप सुरेन्द्र प्रकरण खारेज गरेर माफि चाहन्छु । मलाई पनि मेरो देसको निवर्तमान प्रहरी मुखिया अपहरणकारी या अपहरणको मतियार बन्ने रहर छैन । सुरेन्द्रको बदमासी र तपाईलाई फसाउने र हिलो छाप्ने दुस्कर्म हो भने उनीलाई सख्त कार्यबाही किन नगर्ने ?

अन्त्यमा सानो खबरदारी र सचेतता पनि लेख्न अनुमति माग्छु । कतै यो प्रसंग र प्रकरण पनि होस्टाइल गराएर बयान फेरियो फेराइयो भने त्यो झन् तपाई र सरकारको लागि निर्मम आत्मघाती कदम हुनेछ । अत्यन्त घृणित राजनीतिको पराकास्ठ बन्नेछ आशा छ । पूर्व आइजीपी खनाल साब रोसनी बनाएर सुरेन्द्रलाई मर्यादाविहिन मान्छे बनाउनु हुनेछैन । अपहरणको आरोप बाबुराम भट्टराई देखि सत्तासीन पार्टीका सांसद भीम रावल समेतले लगाएका छन् ।  नियोजित, प्रायोजित हथकण्डा कसैको हकमा पनि बेकसुर हुनु बान्छनीय छैन । कसुर ठहरिय खनाल, बस्नेत, श्रेष्ट र यादव जो कोही कानुनको दायरामा पर्नु पर्छ । झन उच्च पदमा बहाल र पुर्व बहालको हकमा सजाय सामान्य मान्छेको भन्दा ज्यादा गरिदा मात्रै वास्तविक न्यायको अनुभूति हुन्छ र अख्तियारको दुरूपयोग निरुत्साहित हुने सम्भावना रहन्छ ।

भवदीय

न्याय हराएको देशको रैतीको तर्फबाट