कोरोना र मानव उर्जाको सन्तुलन

जसरी एउटा किट्लीमा पानी उमाल्यौ भने त्यसको वाफले विर्को उचालेर, टुटीवाट पानी जान थाल्छ । यस्तै शक्ति अहिले हामीभित्र जम्मा भएको छ यसलाई खर्च नगरी भएकै छैन । जति खर्च गर्दैनौ उति चाँडो मूल ढोका वन्द भएपछि जस्लेबाट, त्यो पनि वन्द गर्दा अन्य कुनै स साना प्वालबाट त्यो पनि नपाए धुरी फोरेर वाहिर जान्छ जान्छ ।
पृथ्वीमा रहेका सारा हामी मानवजातीको उर्जा आज एउटा भाइरसले ठप्म रोकिदिएको छ । कतै हलचल नगरी वसेको आज ४९ दिन भयो । अझै कति दिनसम्म यसरी वस्नु पर्ने हो त्यो कसैलाई थाहा छैन । कसैसँग वार्तागरेर हुनेवाला छैन, कसलाई जुलस प्रदर्शन गरेर पनि भएन । अहिले यो मानव सागर के मा हराएको छ ? जव मानिस कर्म विहीन भएर वस्दछ उ भित्र भित्रै शक्ति मडारिन थाल्दछ । शक्तिको नियम नै हो सजिलो तिर जानु जसरी पानी, आरालो तिर वग्दछ, हावाको चाप पनि फेदमा तिरै जान रुचाउँछ, आगोले पनि सुकेकोलाई छिटो जलाउँछ, माटोमा पनि अनावश्यक झारहरु पलाउँछन् । उर्जा त्यति कै वस्न सक्दैन । यो चलायमान भईनै रहन्छ ।
प्रकृतिका हरेक जीवितवस्तुहरु खाली वस्नु भनेको सृष्टि नै रोकिनु हो । मौरी भनौ वा कमिला, माकुरा हुन या गडेउला, साल भनौ या उत्तिस जुनसुकै वनस्पति, जीव, जीवात्मा जे जति छन् आफ्नो कर्ममा लागिरहेका हुन्छन् । खाली त एक छिन वस्दैनन् । जतिवेला खाली वसेको देखिन्छ त्यो समयमा उर्जा जम्मा गर्दछन् । निदाउनु भनि उर्जा जम्मा गर्नु हो । विनाकाम कहिं कतै कोेही वस्न सक्दैन । यीनै जीवात्माको एउटा रुप हो मान्छे जुन अहिले यस धर्तीमा करिव ७ अरव ६० करोडको संख्यामा फैलिएको छ । दैनिक मर्ने वाँच्नको हिसाव किताव लाख, हजारमा होला ।
जे जति मानिसहरु छन् ती सवै अहिले भौतिक शरीरलाई कम चलाएमान वनाउन वाध्य वनाएको छ कोभिड १९ ले । हरेकको हात, खुट्टा, कान, आँखा, जिव्रो, कम चलेको छ । त्यसबाट खर्च हुने उर्जा पनि वचत भएको छ । उर्जा जति जम्मा भयो उति खतरा हुन्छ । जसरी एउटा किट्लीमा पानी उमाल्यौ भने त्यसको वाफले विर्को उचालेर, टुटीवाट पानी जान थाल्छ । यस्तै शक्ति अहिले हामीभित्र जम्मा भएको छ यसलाई खर्च नगरी भएकै छैन । जति खर्च गर्दैनौ उति चाँडो मूल ढोका वन्द भएपछि जस्लेबाट, त्यो पनि वन्द गर्दा अन्य कुनै स साना प्वालबाट त्यो पनि नपाए धुरी फोरेर वाहिर जान्छ जान्छ ।
अगाडिबाटो वन्द भएपछि पछाडि तिर जानु स्वभावकै हो किन की उर्जा स्थिर रहन सक्दैन । त्यसैले होला सामाजिक संजालमा पुराना फोटाहरु धेरै आए । हिजो दिनहरु को याद आयो जव अगाडिको वोटो कोरानाले रोक्यो । न तल न माथि भएर उर्जा वीचमा जम्मा भएको छ । अव यो उर्जालाई के मा खर्च गर्न सकिन्छ भन्ने’boutमा यसलेखमा केही उपाएको खोजी गरिएको छ ।
हामी मानवले जहाँबाट उर्जा लिन्छौ चाहे खानाबाट होस् चाहे हावाबाट होस् चाही निन्द्रबाट होस् यो उर्जा जम्मा हुन ठाउँ भनेको शरीर तल्लो भाग यानकी नाइटोको ’round हो । जव हामी नाकले लामो सास फ्याक्दा जहाँबाट अन्तिम ठाउँ हुन्छ त्यही नै उर्जा जम्मा भएर वसको हुन्छ । सायद अहिले सवैको पेट वढेको छ यसबाट डराउनु पर्ने कारण नै यो सवै उर्जा जम्मा भएको हो । अव यसलाई कहाँ कहाँ खर्च गर्ने हो त्यही त्यही गर्न सकिन्छ जसरी जम्मा भएको पैसा, अन्न, पानीलाई खर्च गरेजस्तै हो ।
मान्छे कुटेपनि त्यही उर्जा हो, वारी खनेपनि त्यही उर्जा हो, लेख पढ गरेपनि त्यही उर्जा हो, रीस त्यही उर्जा हो, हाँसो पनि त्यही उर्जा हो । सोच्नु पनि त्यही उर्जा हो, हेर्नु पनि त्यही उर्जा हो । जव तल वगेको पानीलाई घरको धुरी माथि लगेर प्रयोग गर्दा कति सजिलो हुन्छ । त्यसैगरी यो उर्जालाई शरीरभित्र रहेमा वल हुन्छ त्यसलार्ई सहि ठाउँमा प्रयोग नगरे कुहिन्छ अर्थात ग्याँसमा परिणत हुन्छ सोही ग्याँस नै शरिर, मनस्थितिमा फैलिन्छ अनि रोगको सुरुवात हुन्छ यही फोहोर ग्याँस नै मानिसहरु भित्र विषको रुपमा परिणत हुन्छ जसरी पानी वगेन भने त्यही गन्ध हुन्छ, कोठा भित्र हावा वाहिर आउन पाएन भने त्यही डुसी वन्छ ।
त्यसकारण उर्जालाई जति सक्दो शिरतिर लैजानु पर्छ । यो सवै स्वासबाट लैजान सकिन्छ । जति नाकबाट स्वास फेरिन्छ त्यति नै उर्जा दिमाग पुग्छ यानकी माथि तिर आउँछ । यसले टाउको सँग सम्वन्धित सवै भागलाई स्वच्छ वनाउँछ । आँखामा ज्योती ल्याउँछ, कानको स्ममण शक्ति वढाउँछ, दाँत दह्रा वनाउँछ, जिव्रो रसिलो वनाउँछ जे सोच्न सक्ने क्षमता वढाउँछ । हैन धुरीमा लगेको पानीले के चाही गर्दैन । हिमालमा जम्मा भएको हिउँ पग्लिएपछि समुन्द्रमा पुग्छ त्यसले सारा धर्तीलाई रसिलो वनाउँछ । हो हाम्रो उर्जालाई पनि शीरमा लैजाउँ । अव शिरमा लगेर के गर्ने त अव जे गर्ने सोच छ त्यसैमा प्रयोग गरौं । भविष्यको योजना वनाउने हो की, नयाँ नयाँ पुस्तक पढ्ने हो कि, वारीमा तरकारी फलाउने हो की, ज्ञानको भण्डार वढाउने हो की, कला, गला वनाउने हा कि, वोली मिठो वनाउने हा की , रोगलाई भगाउने हो की, योग गर्ने हो की जेबाट फाईदा हुन्छ त्यही गर्न पाईयो ।
यस्तो रमाइलो समय जीवनमा कहिले पाईएला ? विग्रीएको सम्वन्धलाई सुधार्ने हो की, धैर्यताका पाठ सिक्ने हो की, मनोवल उच्च वनाउने हो की, रीस, राग, घमण्ड, अहंकारलाई घटाउने होकी, नयाँ नयाँ म्यूजिक सिक्ने हो की , वच्चाहरुले आमा बुवासँग घराइसी काम गर्ने हो की जे गर्दा मजा आउँछ त्यही गर्ने । आखिरी मान्छेले चाहेको स्वतन्त्रता होइन र । हो भने यतिको स्वतन्त्रता कहिले पाउनु । वाथरुमा एक्लै वस्दा कति मिठो गीत गुनगुनाउनु हुन्छ अव बाहिर नै गाएपनि भयो । स्वतन्त्र हुँदा जे गर्न मनलागेको थियो त्यो गर्दा भएन र ? एकान्तलाई पृय वनाउने समय हो । यदि अपृय छ भने सोच्नु होस् किन अपृय भयो । आफ्नै मनलाई सोधे भईगयो नी । कहि जानु छैन, केही गर्नु छैन । घरमा कोही छैन भने साथमा मन त छ त्यही मनलाई प्रश्न गरौं न के चाहेको छस् ? उत्तर उसैले दिन्छ । किन चाहियो अर्को मन । त्यति न भए ऐनाका अगाडि वसेर मनको जाँच गरौैं । रुन मनलागे रोए भयो । हाँस्न मनलागे हाँसे भयो । जे गरे पनि भयो । रोएर पनि घाटा छैन, हाँसेर पनि घाटा छैन । मन स्वच्छ वनाउने कला नै यी दुईवटा हुन । भावनाबाट अगाडि वढ्न सिकौ त कति मजा आउँछ ।
दिमागलाई वास्ता नगरी भावना भित्र पसेपछि रमाइलो मात्रै छ । जहाँ स्वतन्त्रता यहि आनन्द । प्रकृतिका हरेक वस्तु हेरौ त कति मजा लिएका छन् जस्तै काग, जुरेली, भँगेरा, मौरी, रुख विरुवा, फूल जे ले पनि रमाइलो मानेका छन् । मन विग्रयो भने प्रकृति नै दुःखित देखिन्छ सप्रियो भने सवै रमाइलो मात्र देखिन्छ । यो सवै हाम्रो मनमा आधारित छ । मनलाई रमाइलो वनाउने हो भने हामी भौतिक वस्तुभन्दा प्रकृतिको सामिप्यमा जाँदा सुखी र आनन्द आउँछ ।
पानी, माटो, हावा, घाममा निस्कनसाथ मजा आईहाल्छ । रीस आयो भने राम्रो भो किन भने त्यो पनि उर्जा हो । यहिं रीस उठेको सयममा वारी खनौ, यही रीसमा वाहिर दौडिऔ, यहि रिसमा चिसो पानीले नुहाउँ, किताव पढौ त्यति गर्दा पनि भएन भने भूईमा लडिवृढी गरौं । तर मान्छे कुटने, पालेका जनावर कुट्ने, भाँडा बजाउने काम चाही नगरौं ’cause एकछि पछि त्यही चाहिन्छ वेकार पछुतो मात्रै हुन्छ जसरी न्यारी मारी पछुतो । त्यसकारण जम्मा भएको उर्जालाई सहि सदुयोग गर्दै यो वन्दावन्दिलाई आनन्दपूर्वक विताउँ । प्रत्येक पलमा खुसी हुन सिकौं भेलीको चिन्ता गरेर वर्तमानलाई नमारौं ।
लेखक : विगत २५ बर्ष देखि प्राकृति र मानव वीचको सम्वन्धका ’bout अध्ययन गर्दै आएका छन ।