आलोचना, प्रसंशा र चर्चामा दुई गिरी प्रदिप र सरिता ।

आलोचना र निन्दा जानेका छ्न तर मार्क्स चिन्दैनन भनेर प्रहार गरेबाट पनि नेपालमा मार्क्सवादका अध्येता गैरमार्क्सवादी पार्टी नेपाली काङ्ग्रेसका नेता प्रदिप गिरी हुन भन्न सकिने दर्हो र अर्थपूर्ण प्रमाण हुन । गिरी आफू र आफ्नो पार्टी अब्बल अनि आफ्ना नेता महान भन्दैनन ।

दुई बिपरित धुर्वका पात्रहरु हुन सांसद प्रदीप गिरी र सरिता गिरी । थर संयोग हो, पारिवारिक पृष्ठभुमि र निकटता संयोग हुन । राजनीतिमा दुवैको अलग धार र परिचय निर्माण भएको छ । पहिले कुरा गरौं प्रदिप गिरीको अत्यन्तै अध्ययशील चिन्तक र प्रजातान्त्रिक समाजवादका ब्याख्यताको रुपमा गिरीको नाम र प्रभाव  ठूलो फराकिलो र गह्रौ छ । नेपालका कहलिएका मार्क्सवादी विचार बोक्ने भन्दा सघन अद्य्ययन, चिन्तन र मार्क्सवादी ब्याख्या प्रदिप गिरिबाट आउँछ । नेपाली काङ्ग्रेसका चिन्तक गिरी मार्क्सवाद बढी पढने बुझ्ने र सामयिक प्रवचन गर्ने क्षमता राख्छन् ।

प्रदिप गिरीको भाषण सुन्न बामपन्थी बाहुल्य सँसदमा पिन द्रप साइलेन्स छाउछ। प्रदिपको बौद्धिक क्षमतामा दख्खल दिनेहरु अत्यन्तै न्यून छ्न  । यद्यपि खुलेआम मार्क्सवादको ब्याख्या गर्नेहरूले प्रदिपलाई च्यालेन्ज गरेको सुनिएको छैन । बरु प्रधानमन्त्री ओलीले नेकपाका नेताकार्यकर्तालाई व्यंग्य गर्दै प्रदिप गिरीलाई मार्क्सवाद पढने समय छ तर हाम्रो पार्टीका नेताकार्यकर्ता त्यो फुर्सद छैन। आलोचना र निन्दा जानेका छ्न तर मार्क्स चिन्दैनन  भनेर प्रहार गरेबाट पनि नेपालमा मार्क्सवादका अध्येता गैरमार्क्सवादी पार्टी नेपाली काङ्ग्रेसका नेता प्रदिप गिरी हुन भन्न सकिने दर्हो र अर्थपूर्ण प्रमाण हुन । गिरी आफू र आफ्नो पार्टी अब्बल अनि आफ्ना नेता महान भन्दैनन ।

बरु बिपि गणेशमान कृष्णप्रसाद र गिरिजाप्रसाद जस्ता अग्रजको पनि आलोचना गर्छ्न । आफ्ना नेता बिपीसँग राय बझाउने तेस्रो जेनेरेसनका काङ्ग्रेस हुन प्रदिप गिरी । बिपिसँग राय बझाउने हिम्मत प्रायः काङ्ग्रेस नेताहरु गर्दैनथे तर युवा प्रदिप गिरी त्यो हिम्मत जुटाउन सक्थे । कारण उनी अध्ययनशील र बौद्धिक भएकोले त्यो सम्भव भएको हो । गिरी कृष्ण प्रसाद भट्टराईका प्रिय पात्र थिए तर कृष्ण प्रसाद भट्टराईले उप चुनाव २०५० मा लडनु हुँदैन भनेर भट्टराईको इच्छा र रुचि बेगर बोलर आफ्नो भिन्न छवि र मुल्यको राजनीतिलाई स्थापित गर्नुपर्छ भन्ने थोरै असल मध्येका असल नेता हुन ।

असल मित्र, सुभेच्छुक त्यो हो जसले प्रशंसाको लागि प्रसंशाको गर्दैन, केही पाउन चाकरी गर्दैन बरु अप्रिय भए पनि वास्तविक र सत्य कुरा बताउँछ । त्यस्तै दुर्लभ पात्र नेताहरुसँग ब्यक्तिगत उन्न्नयन र स्वार्थको अपेक्षा नराख्ने ब्यक्ति हुन काङ्ग्रेस नेता प्रदिप गिरी । आज प्रधानमन्त्री ओलीलाई यथार्थ लुकाएर अयथार्थको रिपोर्टिङ गर्ने विज्ञ र सल्लाहाकार भएको कारण ओली बोली र तथ्य  बीच अन्तर देखिन्छ बारम्बार । तथ्य बिगारेर लुकाएर भन्नेहरू मित्र होइनन् घाती र दुश्मन हुन । 

कम पढेलेखेका गिरिजा प्रसादमा कमन सेन्स बढी थियो अरु भन्दा तसर्थ गिरिजाप्रसादको नेतृत्व तत्कालीन माओवादी देखि तत्कालीन एमाले सम्मको लागि स्विकार्य भएको गिरिको मुल्यांकन थियो /छ । शान्ति प्रक्रियामा गिरिजा स्वीकार्य अगुवा हुनुको कारण काङ्ग्रेस ठूलो र पुरानो पार्टी मात्रै भएर हैन । पढेलेखेका नेताहरुले एकले अर्कोलाई नगन्ने, स्वीकार नगर्ने  इगोइजमको कारण पनि गिरिजा नेतृत्व सहज भएको गिरीको बुझाइ  सरल तर मिहिन निस्कर्श थियो । झट्ट सुन्दा हास्ययास्पद र समान्य लागे पनि तत्कालीन पार्टीहरुको अन्तर बिरोध, अनहेल्दी प्रतिस्पर्धा र इगोको मनोबैज्ञानिक विश्लेषणलाई आधार मान्दा यो अनुचित नै हो भन्न सकिन्न । तसर्थ गिरीको विश्लेषण तार्किक र धरातलीय यथार्थको  नजिक हुनेगर्छ ।

गिरी नेताहरुको  कमजोरी  र सीमा ’bout खुलस्त भन्छन् । सर्वाङ्ग नङ्न तीतो सटिक ढंगले तर मीठो आफ्नै शैलीमा बोल्छ्न । सार्वजनिक गर्छन । कृष्णप्रसाद भट्टराईको निकट भएको कारणले पनि होला यिनको लवजमा भट्टराईको फ्लेवर सुनिन्छ । आलोचनात्मक चेत र धारिलो बौद्धिक क्षमताको कारण भासणमा गिरी बिरोधि पार्टी र पक्षमा पनि पपुलर छ्न रुचिका विशेष पात्र मध्येमा पर्छन् । आफ्नो पार्टी र नेताहरूको मात्रै होइन देशका पार्टी र तिनका नेताको कमजोरी सिमा, बाध्यता अनि राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिको वर्तमान, विगत र आगतको तार्किक र सुक्ष्म अनि सान्दर्भिक विश्लेषण बुझ्न पनि यिनको भाषण सुन्न लालायित बन्छन् मान्छेहरु । विभिन्न मिथक एतिहासिक पौराणिक सन्दर्भ, दन्ते कथा र धार्मिक ग्रन्थरुमा उद्दृत प्रसङ्ग आफ्नो भाषा र भासणमा घुसाउन खप्पिस गिरी बौद्धिकहरुको लागि बौद्धिक खुराक पनि हुन । तसर्थ यिनको भाषणमा आकर्षण छ ।

गिरीको बौद्धिक आकर्षण हो बोली होइन । बोली सामान्य तर बोली भित्रको वाणीमा दम र मान्छे झुम्म पार्ने ल्याकत देखाउछन । कोरोना आतंकको बाबजुद नेपाल सरकारले संसदमा राष्ट्रपति मार्फत पढिएको निति तथा कार्यक्रममा गिरीको बोलीले थप तरङ्ग उत्पन्न गरेको छ । गिरी यतिबेला राजनीतिक परिदृश्यमा भाइरल बनेका छ्न । गिरी भन्छन् सरकारको नीति तथा कार्यक्रममा सब थोक छ तर महामारीको यो भयानक तेस्रो विश्व युद्धमा मानवीय संवेदना छैन, माया प्रेम र परस्परको विश्वास छैन । देश दुखेको बेला संवेदनाहीन हुनु र माया प्रेमको अभाव देखिनुमा सरकार किंकर्तव्यबिमुढ छ । प्रधानमन्त्री ओलीका प्रसंशक र विशेष अनुराग राख्ने गिरी संसदमा यो पटक ओलीलाई कि गरिखानुस कि छोडी जानुस इनफ इनफ हामी माथि दया गर भन्ने हदसम्म पुगेर बोले । गिरीको सालिन आक्रोशमा चरम निरासा र ओलीप्रति भरोसा टुटेको बुझ्न सकिन्थ्यो ।

कला, साहित्य, दर्शन, इतिहास समाजशास्त्र र राजनीतिशास्त्रका अध्येता गिरी राष्ट्रिय मौलिक विचारधाराको अभाव र धिरोदात्त चरित्रको नेताको खाँचो औल्याउँछन । सत्ताको हस्तान्तरण भयो तर रुपान्तरण हुन नसकेको कारण नै देश गतिशील बन्न नसकेको गिरीको ठोकुवा छ । नैतिकता नभएको राजनीति हावी हुनु दुर्भाग्य र आत्मघाती रहेको छ । राज्य सत्ताको कार्यकारी अवसर पाउन नलोभिने गिरी आफ्नो रुचि योग्यता अर्थात आफुमा त्यो पात्रता नरहेको निर्धक्क स्विकार गर्छन् । नेपालको बिकासको मोडेल बिदेशीएका पाखुरी नेपाल भित्र्याएर यहीँ रोजगारी र अवसर सिर्जना गर्नुपर्ने उनको तर्क छ । केही अपवाद बाहेक मानिस मुलतः स्वार्थको हिलोमा रह्न्छ भन्ने गिरी संघीयता र गणतन्त्रका काङ्ग्रेस भित्रका अभियन्ता र नेता हुन ।

अक्सर राजनीतिज्ञहरु आफ्नो रुचि र इच्छालाई जनताको रुचि भन्न रुचाउँछन् जुन गम्भीर भूल हो । मनोगत बन्दै जानाले मार्क्सवादीहरु बस्तुगत हुन भुलेको गिरीको कथन सुन्न पाइन्छ । जरुरत भन्दा बढी बोलेर नेताहरू फस्ने गरेको, प्रधानमन्त्री ओलीको समस्या पनि यही हो । विजितहरु उत्तरदायी भद्र, सहनशील र सालिन हुनुपर्छ तर विजितहरु पनि स्वयं उत्ताउलो र अशिस्ट देखिनु दुर्भाग्य हो । यदाकदा हार्नेहरुको उत्ताउलो पन निषेध नै गर्नुपर्ने विषय बन्दैन । देसको हालको अवस्था र चित्रलाई यसरी चित्रित गर्छन प्रदिप । संसारभर प्रारम्भिककालमा नेताले संविधान चलाउछ्न तर सम्विधान स्थापित भै सकेपछि सम्विधानले नेता चलाउछ ।

आफ्नो पार्टी भन्दा अलग धारका गिरी नेपाली काङ्ग्रेसका थिँक ट्यांंक हुन यद्यपि पार्टी अनुशासनले यिनलाई आजसम्म बाँधेको जस्तो देखिन्न । कहिलेकाही मधेसबादीको पक्षमा, कहिले जनजाति र कहिले सीमान्तकृत दलित को पक्षमा बोल्ने र अधिकांश समय मार्क्सवादी विचार धाराको धारा प्रवाह बोल्ने गिरी अजिव मनुवा हुन । संसदमा कम उपस्तिथि हुने गिरी जति उपस्थिति जनाउछ्न र बोल्छ्न देस चलायमान बनाउने नितिगत बहस गर्छन् । गिरी काम गरेर देखाउने नेता भन्दा बढी नीतिनिर्माण गर्न उच्च बौद्धिकता पस्कने पढ्न्ते नेता हुन । नीतिनिर्माता मात्रै बन्ने सैद्धान्तिक मान्यताको आलोकबाट हेर्ने हो भने प्रदिप गिरी सैद्धान्तिक बहसमा खरो उत्रने नेता हुन ।

अहिले चर्चामा रहेकी चर्चित नेतृ हुन सरिता गिरी ।समाजवादी पार्टी हाल राजपा कि संसदीय दलकी सदस्य, जो भारतीय चेली नेपालमा संसद हुने सौभाग्य पाएकी छ्न । रूपमा यिनी नेपाली नै हुन । सारमा को हुन यिनको संसदमा हिजोको बोलीले पनि चिन्न सकिन्छ । अहिले आलोचना र निन्दाको तारोमा छिन सरिता ।

मुखमा राम राम बगलीमा छुरा भन्दा सरिता गिरी ठिक छन् । कम्तीमा उनले आफ्नो प्रष्टता र इमान राखेकी छन । सरिता गिरी त्यस्ती पात्र हुन जसले संविधान सभाको संबैधानिक समितिमा खुले आम नेपाल देशको नाम र झण्डा फेर्नुपर्छ  भनेर लिखित प्रस्ताव निलाम्बर आचार्य समक्ष पेस गर्ने सोझो हिम्मत गरेकी थिइन्  । देश र झण्डा फेर्ने सरिता गिरीको देश प्रेमको चिन्ता किन ? यति क्लियर मान्छेको ’boutमा चिन्ता नगरौं । चिन्ता तिनको गरौ जो मुखमा राष्ट्रवाद तर पर्दा भित्र लम्पसारवाद छ्न । चम्लानीलाई मोइ भनेर झुक्याएर बेच्छन् । काखमा स्नेहले राखे जस्तो गरेर छुरा रोप्नेसँग सतर्क रहनुपर्छ । गिरी खुलेआम छ्न । तसर्थ गिरीसँग तर्सनु भन्दा सिरक ओढेर घिउ खानेसँग जोगिनु पर्छ ।  गिरीको ’bout अरु बर्णन गरेर अरु सँसदको मर्यादा घटाउन चाहन्न । संसदमा जो पनि पुग्न सक्छ र जुन चरित्र पनि उदघाटित हुन सक्छ बस् तिनको मक्सद र रुचि चिन्नु बुझ्नुपर्छ । हाकाहाकी भन्ने सरिता भन्दा राष्ट्रवादको सुन्दर आवरण भित्र रास्ट्रघात गर्ने घातीहरु बढी निकृस्ट हुन, चोटाहा हुन।