रुकुम घट्ना, प्रेम र हाम्रो समाज

जसले भिलेनको पाठ खेलेर अल्लारे युवाहरुको ज्यान लिए उनीहरुको मनमा लाग्दो हो, ठूलो विजय पायौं भनेर । मर्नेलाई नै जति दोष देखाएपनि वाचुन्जेललाइ सम्वन्धितहरुको मनमा एउटा यस्तो छाप पर्ने छ जसले कहिले पनि शान्ति र आनन्द दिनेवाला छैन । जति सुकै पुराण लगाएपनि, तिर्थव्रत गरेपनि, सुन असर्फि दान गरेपनि आँशुको वद्ला हाँसो आउने छैन । मनले आनन्द दिनेवाला छैन ।

-कमल भण्डारी

प्रेमका नायकले वलिदान दिएको आज १२ दिन भयो । उनी लगायत रुकुम घट्नमा मारिने सवै नव हिरोहरु प्रति श्रद्धासुमन सहित घट्ना भित्रको मनोविज्ञानलाई यहाँ उजागर गर्ने प्रयास गरिएको छ । यो धर्तीमा सच्चा प्रेमका प्रतिमूर्तिहरु मारिन्छन् । सायद नवराज विश्वकर्मा नभएर नवराज वाहुन भएका भए मारिने थिए वा थिएनन् त्यो फरक कथा वस्तु वन्ने थियो होला तथा शुष्मा ठकुरी नभएर शुष्मा वि.क भएकी भए उनलाई मर्ने वनाइन्थ्यो । वा वाँचेपनि मरेर वाच्नु पर्ने थियो । यो नेपाली समाजको जातीय घृणा को पराकाष्ट हो । अव यसलाई राजनीति मुद्धा वनाईयो भने यो धेरैको भाषण गर्ने एउटा मसला वन्ने उतिकै खतरा हुने छ । यो सडकमा देखिन थालेको छ । यस्ता घट्नाहरु सवैका साझा वन्नु पर्छ । न कुनै गैससको खेती गर्ने थलो वनोस् । यो एउटा नितान्त सामाजिक मुद्धाको रुपमा उठ्न सक्छ वा सक्दैन यो मूख्य कुरा हो ।

शडकमा यदि यसलाई साथ दिने केवल दलित भनेर जसलाई समाजले नामाकरण गरेको छ वहाँहरुबाट यो मुद्धा उठ्यो भने पनि जातीयताको विभेदमाथि झन आगो वाल्ने अवस्थामा पुग्दछ । अव यो सवाल गैर दलितबाट शडकमा आउन सक्यो भने वा शुष्मा जस्ता पात्रहरु नवराजको पक्षमा वकालत गर्न थालेको दिनमात्र सच्चा प्रेमको अर्को कथा वन्ने छ र यो एउटा विश्व ईतिहासमा अन्तरजाजीय प्रेमको सच्चा समाजिक आन्दोलन वन्नेछ । त्यो दिन शुष्मा एउटी यस्तो हिरोनी वन्ने छिन सायद ती नै हुने छिन एउटी सच्चा देवी । जसरी आज नवराज साच्चै कै एउटा नव राज भएर गएका छन् । सवैको मनमा राज गरेका छन् । वलिदान कहिल्यै सानो हुँदैन र वलिदानमा एउटा पात्रको भौतिक शरीर नदेखिएला तर साराको मनभित्र वाँचि रहुने छ । वलिदानी नाम नै अमरता हो जुन कहिल्यै मर्दैन । जसरी नवराज आज संसारका मानव मनभित्र वस्न सफल भए । यस्ता धर्ती पुत्र जन्माउने आमा बाबुलाई सलाम । हो, संसार वदल्ने हरुको जन्म दुःख, कष्ट र अभावको कोखबाट हुने गरेको छ । नवराज र अन्य साहायक हिरोहरुलाई जन्म दिने ती सवै आमा वुवाहरुलाई अव शोक होइन शक्तिमा रुपान्तरित हुन आत्मावल जाग्ने छ ।

कथा वस्तुले भन्छ, दुई आत्माकोे मिलन त भईसकेको थियो । त्यो मिलनलाई वाचुन्जेलसम्म ज्यूँदो राख्न चाहन्थे नवराज । जातभन्दा धेरै उच्चस्थानमा प्रेमलाई चिनेर नवराजले दुईपटक सम्म पुलिसको कठघरा तोडे अनि प्रहरीमा भर्ति भएका थिए । जन्म दिने आमा, वुवा, जात, पेशा, धर्म, संस्कार, साथीभाई भन्दा पनि उच्च हुन्छ प्रेम हो भनेर नवराजले सारालाई पाठ सिकाएर गए । यदि शुष्मा र नवराजको सच्चा प्रेम थिएन भने किन यति धेरै खुल्लन सक्ने थिए । दुईपटकसम्म शुष्मा किन जानेथिएन नवराजको घर । प्रेममा लुकीछिपी हुँदैन यो स्वतन्त्र हुन्छ भन्ने कुरा यो घट्नाले उजागर गर्दछ । सच्चा प्रेमका प्रतिमुर्तिहरु कहिलै डराउँदैनन् वरु वलिदान दिन तयार हुन्छन् । प्रेम नै खुल्लापनको परिचय हो । यो घट्नामा सच्चा प्रेमको परिक्षा भयो र हिरोको खेल भ्याईयो ।

चलचित्रमा कुनै रचनाकारले लेखेको कथा वस्तुमा पाठ खेल्ने हिरोहरु त त्यही कथावस्तुमा मात्र मरेको नाटक गर्दछन तर रुकमको यो वास्तविक चलचित्रमा हिरोलाई सदाका लागि मारियो । यो कुनै आकलझुकल नभएर योजनावद्ध तरिकाले समाज मिलनेर मारिएको नरसंहार हो । ती सँगै सहायक हिरोहरु पनि गए । त्यस्ता हिरो धर्तीमा कति होलान् जसको कथा वाहिर आउन पाएको छैन । प्रेममा कति त्याग हुँदो रहेछ भन्ने पाठ नवराजले प्रमाणीत गरे । भने साथी प्रतिको समर्पण कति मजवुद हुँदो रहेछ भन्ने पाठ नवराजसँगै ज्यान गुमाउनेहरुले सिकाएर गएका छन् । यदि नवराज खराव आचरणका हुन्थे भने त्यतीका धेरै साथीहरुले किन साथ दिन्थे । यस्ता त्यागीहरुको सायद यो धर्तीमा कमै जन्म हुन्छ । नवराजलाई राम्रोगरी थाहा थियो जातीयता भित्रको विभेद । त्यही विभेदमाथि नै उनले धावा वोलेर त मारिए ।

जातियता भन्दा कयौगुणा माथि छ प्रेम । आज हाम्रो समाजले प्रेमलाई केवल क्षणिक मस्तिको साधन वनाएको छ । यहिँ वुझाईबाट प्रेमलाई मारिन खोजिन्छ तर प्रेम झन मौलाएर जाने छ । सच्चा प्रेमबाट जन्मिने सन्तान इश्वर हुन्छ । यदि नवराजको आमाले भनेको सत्य हो भने शुष्माले त्यो प्रेमको प्रसादलाई सवैसामू पस्किन सक्नु पर्छ । त्यो अर्को त्याग हुनेछ र कथावस्तु अझै लम्मिने छ । प्रायः वियोगान्तबाट सुरु भएको घटनाको अन्त्य संयोगान्तमा पुगेर टुङ्गिन्छ । नेपाली समाजमा वलियोले कमजोरलाई मार्नु अनि मर्ने कै दोष देखाएर ती खलनायकहरु नै नायक भएका देखिन्छन् । यस्ता व्यक्तिहरु वाहिर वाँचेका भएपनि भित्र भित्रै मरेका हुन्छन् । एकान्तमा खलनायक अनि आम समुदायमा नायकको नाटक गर्नेहरुलाई खोजी खोजी सुधार गृहमा लगेर सद्वुद्धिको व्यवहार गराउनु पर्दछ चाहे दण्ड दिएर होस चाहे श्रमगराएर होस् ।

जसले भिलेनको पाठ खेलेर अल्लारे युवाहरुको ज्यान लिए उनीहरुको मनमा लाग्दो हो, ठूलो विजय पायौं भनेर । मर्नेलाई नै जति दोष देखाएपनि वाचुन्जेललाइ सम्वन्धितहरुको मनमा एउटा यस्तो छाप पर्ने छ जसले कहिले पनि शान्ति र आनन्द दिनेवाला छैन । जति सुकै पुराण लगाएपनि, तिर्थव्रत गरेपनि, सुन असर्फि दान गरेपनि आँशुको वद्ला हाँसो आउने छैन । मनले आनन्द दिनेवाला छैन । वरु ती भिलेन जसले यो जघन्य अपराध गरेका छन् उनीहरुले आम समाजलाई आफूले गरेको गल्ती फेरी संसारको कुनै कुनामा पनि नदोेहोरियोस् भनेर मृत आत्मासँग माफ माग्दै प्रेमको मर्मलाई आत्मासाथ गुर्नृ जरुरी छ । यदि साँच्चै समाज रुपमाान्तरणमा लाग्ने हो भने अव ती भिलेनहरु जातियता विरुद्धको आन्दोलनमा होमिनु आवश्यक छ । जोसँग चरम घृणा छ उ भित्र चरम प्रेम पनि हुन्छ यति भनेर उन्मुक्ति पाउने त कानून छैन । राज्यको कानूनी दायरा भित्र वसेर जघन्य अपराधको सजायँ त भोग्नै पर्छ । यसबाट उम्कन खोज्नु भनेको झन ठूलो दोष हुने छ । कुनै राजनीतिको आडमा लागेर मुक्त भएपनि मनले मुक्ति दिन त गाह्रो हुन्छ । प्रेम मरेका मनहरुले नै त्यस्तो घट्ना घटाएका हुन । त्यो भिडमा कति निष्ठुरीमनहरुको वस्ती रहेछ भन्ने कुरा प्रष्ट हुन्छ । यो घृणालाई पखाल्न सजिलो पक्कै छैन ।

मानिसहरुले आज सवैकुरा त्याग्न सक्छ तर आफ्नो दम्व, अहंता र घमण्ड त्याग्न नसक्दाको यो परिणाम हो । फेरीपनि सामाजिक न्याय भन्दा ठूलो न्याय केही छैन । हरेक मानव मनहरु वद्लिन नसक्दा आज यस्ता घट्नाहरु समाजमा वढ्दै गएका छन् । सिङ्गो समाज नै अपराधीक मनस्थिति तिर किन उन्मूख भयो ? यसको अनुसन्धान हुन जरुरी छ । कठघरा भित्रै मनको फोहोर भित्रबाट दिव्य ज्योतीको खोजी गर्दै नवराज लगायत जो घट्नामा मरे उनीहरुको आत्माको शान्तिका लागि दियो वाल्नु जरुरी छ । रुकुम घट्ना प्रति २,४ दिनसम्म त दोषीमाथि कारवाही गर भनेर नारा जुलुस शडकमा लाग्छ नै तर यस्ता मनहरु जसको अहिलेपनि दलित, करिव, कमजोर प्रति हेर्ने जुन घृणा छ त्यो मर्न सक्छ त ? अव सामाजिक जागरण अनिवार्य आवश्यकता छ । हरेक स्कूलहरुमा विधार्थीहरुलाइृ प्रेमको पाठ सिकाउने मात्र हैन ।

हामी जसले समाजको अगवाई गर्छौ उसैबाट प्रेमल व्यवहारको सुरुवात हुनु आवश्यक छ । जसले आफूलाई समाजको अग्रणी हुँ भन्दै कोठाभित्र अपराध गर्ने अनि वाहिर ठिक छु भनेर दुनिया सामु देखाउने मुखुण्डोलाई फालेर पल पलमा प्रेमको खेती गर्नु आजका मानवको आवश्यकता हो । नेपाली समाज भित्रभित्रै यति क्रुर वन्दै गएको छ जो भित्र वसेर अपराधीक मनलाई वढाउँछ उ भित्र भित्रै मरेको हुन्छ । वनावटी रुपमा वाँचेको छ र भित्रै पाकेको छ त्यस्ता मान्छे भौतिक रुपमा मर्नु ठूलो कुरा होइन जव उसको विचार व्यवहार नै वेहोसी हुँदै मानवीयतालाई मार्दै गएको छ स्वयं भित्र जागरणको खेती गर्नु आवश्यक छ ।

अहिले पनि हाम्रो नशा नशामा, सेलसेलमा जातियता प्रथा मौलाएको छ यसलाई वद्ल्नु पर्ने विषय भनेको मानवीयता सँगै हरेक वस्तुलाई प्रेमको आँखाले हेर्न दृष्टिकोणमा रुपमान्तरण हो । हरेक व्यक्ति, परिवारमा युवा प्रेम’bout, अन्तरजातियता भित्रको प्रेमभाव ’boutमा वसह हुन जरुरी छ । मान्छेका मन सवैको एउटै हो , केवल ती मन भित्र खेल्ने आवेगहरु फरक हुनसक्छन् । अवका दिनमा यस्ता घट्ना नदोहोरीनको लागि व्यक्ति व्यक्तिमा व्यवहारिक रुपान्तरणको खाँचो छ । दलित वा गैर दलित भन्ने विषयलाई कहिँकतै पनि उजार हुने वातावरणको अन्त्य हुन जरुरी छ । अव वद्लिने पर्ने भनेको समाजका उच्च जाती, घरानिया, उच्च वर्ग र पढेलेखेका व्यक्तिहरु हो । सँगैवसेर खाँदैमा, एउटै भान्सा चल्दैमा, एउटै मन्दिरमा पुजा गर्दैमा जातीय विभेद अन्त्य हुनेवाला छैन । यो हरेकको मन मनमा उव्जिनु पर्ने विषय हो । जस्तो आफ्ना सन्तान प्रति एउटी आमाको प्रेम स्वतः जाग्दछ त्यसैगरी सवैका सन्तान आफ्नै हुन भन्ने व्यवहारको सुरुवात कहिले देखि गर्ने ? यो अव जरुरी विषय वनेको छ ।

मान्छे भनेको उसको मन हो जस्तो मनमा उव्जन्छ छ उस्तै व्यवहार मान्छेले गर्ने भएकोले मनमा हिंसा घृणालाई स्थान नदिने नै ठूलो शक्ति हो । हरेकका मनबाटै अव दलित र गैर दलितभनेर फ्याक्नु पर्छ । केवल मानवियताको व्यवहार गर्नू जरुरी छ । जात, रंग, वर्ग, क्षेत्र, लिंगको आधारमा कसैले कसैलाई घृणा गर्न नपाईने नियम तुरुन्त लागू गर्नु पर्छ । रुकुम जस्ता घट्ना घटेमा मात्र २ दिनलाई ठिक पार्ने हैन की यसबाट पाठ सिकेर अवका दिनमा यस्ता घट्ना हुन नदिने अभियान संचालनतिर लाग्नु सचेत व्यक्तिको कर्म वन्नु पर्दछ ।

लेखक : विगत २६ बर्ष देखि सामाजिक जागरणको विषयमा काम गर्दै आएका छन् ।