आरडिटी गरी घर पठाइएको २६ जनामा कोरोना संक्रमण पुष्टि
बर्दिया, असार ३ : आरडीटी परीक्षण परीक्षण गरी क्वारेन्टाइनबाट घर पाइएको २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बर्दियाको बढैयाताल गाउँपालिका–१ र २ का २६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो।
जेठ ३१ गते नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण रहेको पुष्टि भएको हो। उनीहरुलाई जेठ २९ गते क्वारेन्टाइनबाट घर पठाइएको थियो।
संक्रमितमध्ये एक जना स्वास्थ्य चौकी प्रमुख रहेका छन्।- काठमाडौँ प्रेस