उपचारको क्रममा राजेश हमालका एक मात्र भाइ राकेशको निधन

काठमाडौं, ७ साउन : अभिनेता राजेश हमालका एक मात्र भाइ राकेश हमालको नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएको छ ।

कलेजोको समस्याका कारण केही दिनअघि प्लेन चार्टर्ड गरेर उनलाई दिल्ली पुर्‍याइएको थियो ।

त्यहाँको ह्याम्स अस्पतालमा उपचारका निधन भएको पारिवारिक स्रोतले बतायो ।

राकेशका श्रीमती र दुई छोराछोरी छन् । उनीहरुका तीन दिदीबहिनी छन् ।

राकेश चलचित्र क्षेत्र भन्दा बाहिर थिए ।

राकेशको शवलाई दिल्लीबाट ल्याउने विषयमा छलफल भइरहेको बुझिएको छ ।उज्ज्यालो नेटवर्क