बिर्सिएका सनी खुना

प्रत्येक वर्ष हत्या भएको दिन सम्झेर सबैले निर्मला पन्तलाई सम्झन्छन् तर सनी खुना लाई कसैले पनि सम्झँदैनन् । उनलाई सहिद घोषणा गरियो । सालिक र स्मारक बनाइदिने आश्वासन पनि दिएको थियो, के त्यो काम सम्पन्न भयो होला ? आशा गरौं निर्मला पन्तको हत्यारा पत्ता लाग्ला र उसले कडा भन्दा कडा सँजाय पाउला त्यती भएपछि निर्मलाले शरिर नपाएपनि न्याय पाउलिन् । तर, सनी खुनाको त हत्यारा थाहा भएर पनि पत्ता लाग्दैन, ’cause त्यो राज्य पक्षबाट कानूनी रुपमै भएको घटना थियो, राज्य नियन्त्रीय हत्या ।
वर्ष अगाडी, २०७५ श्रावण ९ गते देखि हराएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको मृत शरिर छिपछिपे हिलो भएको मकैबारीमा भोलिपल्ट श्रावण १० गते फेला पर्यो । घटनास्थलमा प्रहरी पुग्यो उसले नै प्रमाणित गर्यो कि यो बलात्कार पछिको हत्या हो ।
प्रहरीलाई जब यो घटनाको ’boutमा यती थाहा भइसकेपछि उसको पहिलो काम सानो भन्दा सानो प्रमाण पनि नमेटिओस भन्ने हुनु पर्ने थियो । उसले घटनास्थल चारै तर्फ घेरेर वा सिल्ड गरेर सम्भव भए सम्मका प्रमाणहरु जोगाउनु पर्ने थियो । तर, यसको ठिक उल्टो त्यहाँ मानिसहरुको भिड कुनै जात्रामा तमासा हेर्न गएको जस्तो देखिन्थ्यो । ती मानिसहरुलाई मकैबारी भरी जत्ती कुदे पनि हुन्छ जस्तो गरेर फुक्काफाल छोडेको देखिन्थ्यो । यसका साथै भेला भएका जत्ती सबैको टेलिभिजन क्यामेरा देखि मोबाइल क्यामेरा सम्मलाई स्वागत गर्दै मृतकको अनुहार देखि शरिरका हरेक अंगहरु खिच्ने अनुमती दिएको पनि देखियो । लुगा फुकालिदिएको, धोइदिएको, निचोरेको, सबै खिच्न दिइयो ।
एउटी १३ वर्षिया छोरी, जो बालिका बाट युवती हुँदै थिइन्, मृत शरिरको फोटो र भिडीयो नै लिएको भएतापनि यो अति नै संवेदनशिल विषय थियो । त्यो भिडले पिडितपक्षको घरपरिवारले आफ्नी छोरी, दिदी, बहिनीको यस्तो निर्ममताको हद पार गरेर मरण अंगिकार गरेको रुप दुनियाँको अगाडी देखाउँदा मनलाई कसरी सम्हाल्लान् भन्ने पनि सोचिदिएन । जब संसारभर यो दृश्य विभिन्न माध्यमबाट घर घर भित्र पस्यो तब सबैलाई लाग्यो प्रहरीे मन लगाएर प्रमाण बचाउन लागेकै छैन ।
त्यसपछिको बिरोध कार्यक्रम जानेर वा नजानेर राजनैतिक रुपमा रुपान्तरित हुँदै गयो । राजनैतिक पार्टीहरू, मानवअधिकार वादीहरू, नागरिक समाज, स्थानीय बासिन्दा, प्रहरी प्रशासन सबै आफ्नै कुरा लाद्नमै ब्यस्त भए । निर्मलाका आमा बा को अगाडी आएर अनशनमा साथ त दिए तर छानबिनमा भइरहेको अवरोध र ढिलाईको असरले कस्तो परिणाम आउँछ भनेर कसैले ध्यानै दिएनन् । निर्मलाका बा स्वयं महिला पिडक रहेछन् । पुरुष नभएको घरमा श्रीमती र तीन तीनवटी छोरीहरूको संरक्षण गरेर बस्नु पर्नेमा अर्कै महिला लिएर अन्तै बस्दा रहेछन्, खैर यो उनीहरूको आन्तरिक मामिला होला ।
प्रहरी यो घटना दबाउन निक्कै क्रुर भएर लाग्यो । लाठि, अश्रूग्याँस, पानी जस्ता भिड नियन्त्रण गर्ने उपायहरु हुँदा हुदै गोलीनै चलाउन पुग्यो परिणामस्वरुप कयौं घाइते भए भने १४ वर्षिय बालक सनि खुनाको हत्या नै भयो ।
निर्मलाको न्यायको लागि सनी खुनाको हत्या हुँदा उनी आफूले मजदुरी गरेको पैसा माग्न ठेकेदारकोका जाँदै रहेछन् । उनीसँगै जाने उनको साथीको अहिले सम्म सातो उडेको छ त्यो दृश्य सम्झेर ।
हुनत देशको बिडम्बना, १४ वर्षिय बालकले काम गरेर घर खर्च चलाउनु पर्ने बाध्यता । कुरा राजनीतिमै ठोकिन्छ । यदि सरकारले बाल मजदुर देशै भरीबाट डाटामा होइन व्यवहारमा हटाउन सकेको भए र अनिवार्य निःशुल्क शिक्षामा लगाउन सकेको भए, यतीबेला सनी बाँचीरहेका हुन्थे । आमा पनि नभएका, सानीआमा र बाबुका जेठा छोरा तथा भाईबहिनीका जेठा दाइ रहेछन् । हुर्किंदै गएको र काम गर्ने छोरोको संरक्षण गर्नु पर्ने सरकारले नै अनाहकमा हत्या गरिदिएपछि उनलाई यो दुई वर्षमा सम्झिने कोहि पनि भएन । ज्यान लिने सरकारका कुनै प्रतिनिधी त्यहाँ पुग्न भ्याए होलान् ?
प्रत्येक वर्ष हत्या भएको दिन सम्झेर सबैले निर्मला पन्तलाई सम्झन्छन् तर सनी खुना लाई कसैले पनि सम्झँदैनन् । उनलाई सहिद घोषणा गरियो । सालिक र स्मारक बनाइदिने आश्वासन पनि दिएको थियो, के त्यो काम सम्पन्न भयो होला ? आशा गरौं निर्मला पन्तको हत्यारा पत्ता लाग्ला र उसले कडा भन्दा कडा सँजाय पाउला त्यती भएपछि निर्मलाले शरिर नपाएपनि न्याय पाउलिन् । तर, सनी खुनाको त हत्यारा थाहा भएर पनि पत्ता लाग्दैन, ’cause त्यो राज्य पक्षबाट कानूनी रुपमै भएको घटना थियो, राज्य नियन्त्रीय हत्या । सरकारले जनताको जिउधनको रक्षा गर्छ भनेर हरेक देशका नागरिकले सुरक्षाकर्मी पाल्न र हतियार किन्न करको रुपमा आफ्नो गाँस कटाएर पैसा दिएका हुन्छन् तर त्यसको विपरित उसैको संहार गर्न प्रयोग हुनु बिडम्बनापूर्ण छ ।
आन्दोलनमा गोली चल्छ, यो सबैलाई थाहा भएकै हो । तर, गोली कस्तो प्रकृतिको आन्दोलनमा चलाउने, कुन हद सम्मको आन्दोलनमा चलाउने भन्ने हेक्का राख्नु पर्ने होइन ? र, गोली हान्नु भन्दा अगाडी भिड नियन्त्रण गर्ने भएभरका सम्पूर्ण उपायहरू प्रयोग गर्नु पर्ने होइन ? हवाई फायर गर्दा लागेको भन्ने भनाई सरकारी पक्षको रहेको छ, हवाई फायर गर्दा कसरी बाँगो तरिकाले मानिसको शरिर ताकेर जान्छ, आकाश तिर जानु पर्ने होइन ? हतारमा गोली चलाउन दिंदा तालिमै नलिएको व्यक्तिपो थियो की ? त्यती मात्र होइन, प्रशासनले आन्दोलन अराजकता तर्फ अगाडी बढेर नै गोली चलाउने आदेश दियो होला, यदि त्यसो हो भने मान्छे घाइते हुन्छन् र मृत्यु समेत हुन सक्छ भन्ने अनुमान पनि पक्कै गरेको होला । त्यस्तो अवस्थामा एउटा एम्बुलेन्स समेत पनि तयार गरेर राख्न सकेन ? सनीलाई गोली लागेपछि केही पर सम्म मानिसहरूले एम्बुलेन्स एम्बुलेन्स भनेर चिच्याएर बोकेर लान्छन् तर न त त्यहाँ कुनै एम्बुलेन्स आउँछ न त कुनै प्रहरी वा सरकारी पक्षकै मानिसहरू आउँछन्, बरु जनताहरूले नै त्यो रणभूमिबाट मोटरसाईकलको बीचमा चेपेर लगेको देखिन्छ । त्यो हद सम्मको घटनाको आँकलन गर्न नसक्नेले किन हतियार चलाउने अनुमती दिनु ?
मृत्यु भइसकेपछि त्यसको क्षतिपूर्ति चाहेर पनि जिन्दगी हुन सक्दैन । मृत्यु नै संसारमा एउटा ध्रुबसत्य यथार्थ हो । त्यसैले जब मृतक उठेर बाहिर आउन सक्दैन भने उसलाई सम्झने अनेक उपायहरू छन् । सहिद भएका सनीको परिवारको लालन पालनमा के भइरहेछ, सनीको नाममा बन्ने स्मारकको ’boutमा के भइरहेछ, सनी जस्तै बालकहरूलाई उमेर भन्दा पहिल्यै मजदुरी गर्न बाध्य पार्ने विषम परिस्थितीको अन्त्य कसरी गर्ने, सनी जस्तै बालकहरूलाई शिक्षाको उज्यालो प्रकाशमा खुशी खुशी विद्यालय सम्म डोर्याउने वातावरण कसरी तयार पार्ने भन्ने सोचको विकास कसरी गर्ने ? यी तमाम समस्याहरूको समाधान गर्नु नै सहि मानेमा सनी प्रतीको सच्चा श्रद्धाञ्जली हुने छ ।
नेपालमा बिगत देखि नै बिभिन्न किसिमका आन्दोलनमा आवश्यकता भन्दा बढ्ता बल प्रयोग हुने गरेको छ । भिड तथा दंगा नियन्त्रण गर्न देशको भौगोलिक अवस्थाले पनि उस्तै प्रकारको प्रयोग गर्दा सफलता मिल्न सक्दैन । उदाहरणको लागि काठमाण्डौ जस्ता शहरहरूमा पानीको फोहोराले हान्न सम्भव छ तर पहाडी इलाकामा त्यस्तो कार्यको सम्भावना नहोला । ’cause पहाडमा फोर्सले हानेको पानी लागेर मानिस धेरै तल सम्म गुल्टेर पनि उसको मृत्यु हुन सक्दछ । त्यसैले यस्ता स–साना कुराहरूमा ध्यान दिंदै आगामी दिनमा सरकार तथा सुरक्षा निकायले कसरी भैपरी आउने घटनाहरूलाई मान्छेको मृत्यु बिना, चाहे त्यो सुरक्षाकर्मी हुन् वा सर्वसाधारण, न्युनतम क्षतीमा नियन्त्रण गर्ने भन्ने कौशल प्रदर्शन गरोस् भन्ने आग्रह छ ।