मार्दी हिमाल ट्रेक

पदयात्राको अनुमानित समय : ३ देखि ५ दिन

पदयात्राको सर्किट :

पहिलो दिन: काठमाडौं – पोखरा – धम्पुस वा अस्ट्रेलियन क्याम्प – देउराली – फरेष्ट क्याम्प

दोस्रो दिन: हाई क्याम्प

तेस्रो दिन: भ्यु प्वाइण्ट वा मार्दी बेस क्याम्प – हाई क्याम्प

चौथो दिन : ५ घण्टाको पदयात्रा पछि सिदिङ – पोखरा – काठमाडौं

छिटो पदयात्रा गर्न :

पहिलो दिन : बिहान ५ बजे काठमाडौंबाट धम्पुस-देउराली हुदै फरेष्ट क्याम्प सम्म

दोस्रो दिन : हाई क्पाम्प

तेस्रो दिन : भ्यु प्वाइण्ट – हाई क्पाम्पमा खाना खाएर सिदिङ हुदै राति १० बजेसम्म काठमाडौं

अनुमानित खर्च : दैनिक अधिकतम रू. ३००० देखि ३५०० सम्म

प्रमुख आकर्षण :

अन्नपूर्ण दक्षिण, अन्नपूर्ण १, अन्नपूर्ण २, हिमचुली, मार्दी, माछापुच्छ्रे, गंगापूर्ण र गन्धर्व हिमाल

पैदल मार्गमा पर्ने गुराँसको वन र यात्रामा देखिने रमणीय दृश्यहरु

हाईक्याम्पबाट रातको समयमा देखिने झिलिमिली पोखरा सहर