पाँचथरको फालोटमा चौरी महोत्सव हेरौं तस्विरहरु
शब्द/तस्बिर: भवानी तावा
पाँचथर: फालोटतीन सिमाना क्षेत्रमा विहानै देखि चौरी महोत्सवको रौनक देखियो । विभिन्न ठाँउबाट चौरी खेदाउदै ल्याइयो । आन्तरीक पर्यटकहरु पनि उत्साहका साथ चौरी महोत्सवमा आइपुगे ।
पाँचथरको उत्तरी फालेलुङ गाँउपालीकाको फालोट-तीन सिमाना क्षेत्रमा चौथो चौरी महोत्सव सम्पन्न भएको हो । बाटो आसपासमा गुराँस र चिमाल फूलेर आर्कषक देखिए । नेपाल–भारत सिमाना नजिकै गरिएको महोत्सवमा नजिकका जिल्लाबाट उलेख्य उपस्थिती थियो ।
चौरीसँग फोटो खिच्ने, सुन्दर ठाँउमा फोटो खिच्नेको भिड थियो । महोत्सवमा विभिन्न ठाँउबाट चौरी ल्याइएका थिए भने दुधजन्य प्रर्दशनी, भेडाको उनबाट बनाइएका सामाग्रि राखिएको थिए ।
गत बर्ष कोरोनाका कारण महोत्सव हुन सकेको थिएन् । तीनवटा महोत्सव चारराते भन्ने ठाँउमा भएका थिए । चौरी व्यवसायलाई प्रोत्साहन तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखेर महोत्सव आयोजना हुने गरेको छ ।











