विश्व सम्पदा दिवसमा हेरौं धरहराको आजको तस्विरहरु
आज विश्व सम्पदा दिवस । २०७२ सालको भूकम्पले ९२० वटा सम्पदाहरु आंसिक र पुरै क्षति पुर्याएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ४९३ वटा सपदाहरुको पुननिर्माण गरिसकेको छ। बाँकी धेरैको पुननिर्माण सकिन लागिसकेको छ भने केहीको सुरु हुँदै छ । यसै क्रममा धरहराको पुननिर्माण पनि अन्तिम चरणमा पुगिसकेको छ । यहि बैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने कार्यक्रम रहेको छ । धरहरा निर्माण सम्पन्न गर्न चौबिसै घण्टा काम भैरहेको छ । आज सम्पदा दिवसको दिन निर्माणाधीन धरहराको आइतवार विहानको केहि तस्विरहरु।
तस्विरहरु: सदृश्य





