भत्किन सेकेन्ड पनि लागेन तर बन्न १८ करोड ९२ लाख १६ हजार सेकेन्ड
भत्किन एक सेकेन्ड पनि लागेन तर आजको अवस्था सम्म आइपुग्न भने १८ करोड ९२ लाख १६ हजार सेकेन्ड लागेको छ। ३ अर्ब ४८ करोडको खर्च लाग्ने धरहरा पुनर्निर्माणमा अहिलेसम्म सरकारले ठेकेदारलाई १ अर्ब ३८ करोड भुक्तानी गरिसकेकोछ। यस हिसाबले अहिलेसम्म प्रतिसेकेन्ड लगभग ७.३० पैसा खर्च भएको छ। सम्पूर्ण निर्माण हुन अझै एक वर्ष लाग्ने अनुमान छ। २०७२ साल बैशाख १२ गते १२ बजे गएको भूकम्पले भत्किएको धरहरा छ वर्षपछि प्रधानमंत्री केपी ओलीले एक दिन एक घण्टा अगाडी उद्दघाटन गरेकाछन्। २०७२ सालको भूकम्पले ९२० वटा सम्पदाहरु आंसिक र पुरै क्षति पुर्याएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ४९३ वटा सपदाहरुको पुननिर्माण गरिसकेको छ। २०७२ साल बैशाख १२ को सम्झनामा हेरौं बन्दै गरेको धरहराको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको लागि चन्द्रशेखर कार्कीले खिचेका केहि तस्विरहरु







































