सारसको ‘ल्याण्डिङ्ग’
ठुलो चराको परिवारमा पर्ने सेतो सारस नेपालमा पनि पाइन्छ । वयस्क सारसको चुच्चो र खुट्टा रातो हुन्छ । यिनीहरु १०० देखि ११५ सेमी सम्म लामो हुन्छन् भने यिनीहरुको पखेटा १५५ देखि २१५ सेमी लामो सम्म हुन्छ । यो सेतो सारस लामो दुरीसम्म यात्रा गर्नसक्ने चरामा पर्दछ । यो चरा साइबेरिया देखि नेपाल आउने गर्छन् । यिनीहरु उड्न र बस्नलाई सामान्य चराहरु भन्दा अलि बढी समय लिने गर्दछन् । हेरौं सेता सारस रुखमा बस्न लाग्दाका छ अबस्था ।






तस्विरहरु : चन्द्रशेखर कार्की / सदृश्य