भच्चेक
राजधानी शहरबाट करिव १६३ किलोमिटरको दुरीमा रहेको अजिरकोट गाँउपालिकाको भच्चेक बजार कोलाहल वातावरणबाट मुक्त हुन र रिफेस्मेन्टका लागि नयाँ गन्तव्य बन्दै गएको छ । सामुद्रिक सतहबाट १७५० मिटरमा रहेको सो ठाँउको चिसो हावापानीले जो कोहिलाई पनि आनन्दित बनाउँने गरेको छ । पक्की सडक संजालले जोडिएको सो क्षेत्रमा हिजो आज आन्तरिक पर्यटकहरु बासै बस्ने गरि घुम्न आउने गर्दछन् ।
सो क्षेत्रबाट हिुउँचुलि, बौद्ध, गणेश, र अन्नपूर्ण हिलामको अवलोकन गर्न र तस्विर खिचाँउनका लागि पनि मानिसहरु आकर्षित भएको देखिन्छ । वरिपरि गुरुग, तामांग, ब्रामण र क्षेत्रि गाँउ रहेको सो क्षेत्रमा विभिन्न जातिका विभिन्न जातिय संस्कार तथा सँस्कृति अवलोकन गर्न, बुभm्न पाइन्छ । भच्चेक बजारबाट केवल १५ मिनेटको दुरीमा रहेको नम्की गाँउमा पर्यटकहरुका लागि घरबासको समेत व्यवस्था भएको गाँउ हो, विशेष त तामांग समुदाय रहेको सो गाँउमा स्थानिय खानाको व्यवस्था, पर्यटकहरुको मनोरञ्जनका लागि नाचगान समेत हुने गर्दछ ।
सो भच्चेक क्षेत्रबाट ऐतिहाशिक चेपे नदि, धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित दुध पोखरी, नागे पोखरी र निम्चे पोखरीको पैदल यात्रा समेत गर्न सकिन्छ ।











