तिहारको मैझारो(तस्विरहरु)
default
कोरोना महामारीको शोक र सन्तापलाई चिर्दै यस वर्ष नेपालीले उज्यालो र रमाइलो पर्व तिहार मज्जैले मनाए ।
आँगनमा रंगोली भरे, घरैभरी झिलीमिली पारे । मसालादेखि मालासम्म हरेकको भाउ बढे पनि गच्छे अनुसार पर्वमा रमाउन कोही चुकेनन् । नेवार समुदायको मौलिक म्ह: पुजा पनि सम्पन्न भयो भने नेपाल संवत ११४२ लाई पनि स्वागत गरियो।
मानिसहरुले सरकारी निषेधलाई चुनौती दिदै पटाका पनि पडकाए, अबेरसम्म देउसी भैलो पनि खेले । केही स्थानमा असावधानीबस आगालागी हुँदा जनधनको क्षति पनि भयो । छठ आगमनको प्रतिक्षा गर्दै यस वर्षको तिहारको मैझारो भयो ।
























































साभार: www.drishyatv.com