छठको छन्द
छठ पर्व अब मधेशमा मात्र सिमित रहेन । सयौं थुंगा फूलका हामी एउटै माला नेपालीमाझ छठ पर्वको रौनक पहाडमा पनि भब्यतापूर्व छाउन थालेको छ । काठमाडौंलगायतका पहाडी क्षेत्रमा अस्ताउँदो र उदाउँदो सूर्यलाई दिन बिराएर अघ्र्य दिई ब्रतालुहरुले छठ पर्व मनाए । सूर्य र प्रकृतिप्रतिको अनादिकालदेखि मानव आस्था झल्काए । सूर्यलाई ठकुवा, उखु, केरा, कसार, मेवा मिष्ठान्न आदि अर्पण गरी समृद्धि, आरोग्य र कृषि उत्पादनको कामना पनि गरे । छठी मैयाको महिमा गान सबैको हृदयमा झँकृत भयो, जसले मनमा उत्साह र उमंग जगायो ।







































साभार : www.drishyatv.com