ओलीलाई ‘निर्विकल्प विकल्प’ बनाउने अभिष्टको पराजय

नेकपा एमालेको दशौ महाधिवेशन उदघाटन समारोहले राष्ट्रिय राजनीतिमा हलचल पैदा ग¥यो । चितवन मात्र हैन, देश नै भाइब्रेट गरायो । चितवन र ’roundको शिथिल अर्थतन्त्रमा ठूलै राहत मिल्यो । प्रत्येक पार्टीले यसरी देशका विभिन्न सहरमा आफ्नो महाधिवेशन गर्ने हो भने देसमा आर्थिक हलचल पैदा हुन्छ । पार्टी र तिनका नेताहरुले ट्यांकी या धोक्रोमा पोको पारेर राखेको गाड धन बाहिर निस्कन्छ । अर्थतन्त्र अलिकति भए पनि गतिशील बन्छ । 

अरु पार्टीले पनि आफ्नो महाधिवेशन गर्ने कुरामा यो कुरा हेक्का राख्न सके भने निस्तेज अर्थतन्त्र सल्बलाउन सहयोग पुग्छ । चितवनमा रौनक, तामझाम र रमाइलो भयो  । देशभरका एमाले नेताकार्यकर्ता, शुभेच्छुक र समर्थक जम्मा भए । देस बिदेसका पत्रकारलाई चितवनले आकर्षित ग¥यो । 

थुप्रै नेपालीले एक पन्थ दो काज गरे । सौराहा घुमे । नवलपरासीको मौलाकालीका दर्शन गरे । देवघाटको धार्मिक भ्रमणको मौका पाए । एमालेले शक्ति प्रदर्शन ग¥यो । एमाले फुटे पनि एमालेमा आकर्षण घटेको छैन  । बरु ओलीप्रति अरु आकर्षण थपिएको सन्देस प्रवाह गर्न खोजियो र यसमा एमाले केही हदसम्म सफल भयो । 

यसको राजनीतिक लाभ एमालेले प्राप्त गर्ला तर विचार विधि र पद्धतिको बहस निर्माण र नैतिक मानक खडा गर्न भने एमालेले सकेन । आजको राजनीतिको सबैभन्दा मूल समस्या र असहजताको जरो विधि, पद्धति र नैतिक रुपमा राजनीतिलाई कसरी हिँडाउने भन्ने नै हो । 

पार्टीहरु फुट्नु, ठुलो, सानो हुनु, चुनाव जित्नु र हार्नु सामान्य कुरा हुन् । तर इमान नैतिकता र आचरणको शुद्धताका लागि समुचित प्रणालीलाई मानक बनाउनुपर्ने हुन्छ । लोकतान्त्रिक गणतन्त्रमा निषेध र राजनीतिक आस्था र समुहका आधारमा प्रतिशोध गर्न मिल्दैन । हरेक पार्टीका सदस्य या महाधिवेशन प्रतिनिधि आफैमा सार्वभौम हुन्छन् । तिनका प्रतिको बन्देज घेराबन्दी र व्यक्ति नियन्त्रण यो यूग सुहाउने व्यवहार होइन ।

एक व्यक्तिलाई सर्वेसर्वा मान्ने, उसलाई सम्पूर्ण अधिकार सुम्पने र आफू गणेश बनेर परिक्रमा गर्ने भनेको दास मनोवृतिका उपज हुन् । पार्टीमा व्यक्तिको प्रभाव र सामान्य दबदबा मानवीय प्रकृति हो । तर विधि पद्धति र सिद्धान्तभन्दा व्यक्ति माथि रहने, देख्ने र हुन् खोज्ने प्रवृति घातक र लोकतान्त्रिक मर्यादा विपरित हो । नेकपा एमालेलाई पूर्णत लोकतान्त्रिक प्रमाणित गर्ने अवसर थियो । यो अवसर त्यसको मूली हुनुको नातामा ओलीलाई थियो । सो अवसरको जस लिने र पार्टीलाई नीति प्रधान बनाउने मौका ओलीले चुकाए । समग्र एमालेले चुकायो । 

ओलीको नाकमा डोरी बाँध्ने साहस 

भलै पेलान र किनाराकृत पारिएका भीम रावलले विधि र पद्धतिको झण्डा उचाले र अन्तिममा ओलीलाई निर्वाचनमा भिड्न बाध्य पारे यो । यो उनको लागि व्यक्तिगत पुंजी र लाभांश भएर रहला, तर एमालेको हकमा उसले आफूलाई प्रजातान्त्रिक उदारता भन्दा निरंकुस र व्यक्तिगत संकुचनमा पुगेको सन्देश दियो । यति लामो समय अन्तरपार्टी जनवाद भनेर आन्तरिक पार्टी प्रतिस्पर्धामा लोकतान्त्रिक छवि निर्माण गरेको बहुदलीय जनवादका प्रणेता स्वर्गीय मदन भण्डारीको पार्टी नेकपा एमालेले प्रतिस्पर्धा निषेध गरेर अलोकतान्त्रिक मार्गमा प्रवृत भएको देखियो । 

जिल्ला–जिल्लाबाट पार्टीको केन्द्रीय सदस्य र अरु विभिन्न पदमा उठ्ने प्रचारप्रसार र घोषणा गर्ने संयौ संख्याका आकांक्षीको रहरमा अधिनायकवादी हैकम चल्यो । सिमित व्यक्तिको कोटको खल्तीबाट नेता छान्ने काम भयो । आफूले नेता रिझाएको कारण आफू परिहाल्छु भन्ने मानसिकताका कारण ओलीका कार्यकर्तासमेत त्यस्तो पद्धति सिमित नेता बसेर सहमतिको नाममा नेता छान्ने अर्थात् टीकाटालो गर्ने गैरलोकतान्त्रिक तरिकालाई स्वीकृति प्रदान गरे । 

लोकतान्त्रिक मान्यता र विधिको कुरा गर्दा पेलानमा परिने ओलीको टिममा नपारिने, भीम रावल, घनश्याम भुसालसँग मिलेको फत्तुर लाग्ने डर र भयको कारण थुप्रै आकांक्षीले चुनावको माग गर्न हिम्मत गरेनन् । ओलीको हुकुम र मर्जीविरुद्ध जानु भनेको आफ्नो भविष्य असुरक्षित हुनु हो भन्ने मनोवैज्ञानिक त्राश र आतंक खडा गरियो । जसले धेरैका सपनालाई चकनाचुर पा¥यो । उत्साही कार्यकर्ताको जोशलाई शिथिल बनायो र पार्टीमा बलियो हुँदा निरंकुस हैकम चलाउन सकिने रहेछ भन्ने मनोविज्ञानको बिजारोपण गरिदियो । चितवनमा जम्मा भएका लाखौ मान्छेको भावनामाथि खेलवाड गरियो । समग्रमा ओलीको प्रजातान्त्रिक निष्ठामा धब्बा लाग्यो । 

ओली आफ्नो व्यक्तिवादी अधिनायकत्व स्थापित गर्न चाहन्छन भन्ने धारणा एकातिर रह्यो भने प्रजातान्त्रिक मुल्यको कुरा उठाउँदै निरन्तर लडेर भए पनि भीम रावलले ओलीको नाकमा डोरी बाँधेर चुनावी प्रतिस्पर्धामा ल्याउन बाध्य पारे । भीम रावल र घनश्याम भुसालको अडान कम्तिमा ‘चुनाव गरेर हामीलाई हार्ने मौका देऊ, पार्टी लोकतान्त्रिक धारमा छ, पार्टी भित्रको आन्तरिक जनवादमा सदैव अभ्यासरत छ’ भन्ने मान्यता स्थापित गर्नु थियो । आफूहरु १० बुँदे गरेपछि त्यहीँ रहनुको अस्तित्व बोध गराउनु थियो । 

१० भाईमध्ये आधाभन्दा बढीले ओलीमा आफूलाई पूर्णतया समर्पण गरेको र आफ्नो भविष्यलाई चुनौती नआउने गरि त्वम् शरणं गरेको कारण रावल र भुषाललाई असहज थियो । तसर्थ पनि आफ्नो अस्तित्व रक्षा र प्रजातान्त्रिक पद्धतिको विश्वास पार्टीभित्र र दुनियाँलाई देखाउन अनवरत मेहनत गरे । एमालेको निर्विकल्प विकल्प ओली मात्रै हुन् भन्ने भाष्यमा प्रश्नचिन्ह राखेर खबरदारी गरिरहे । ओलीको निर्विकल्प निर्बिरोध बन्ने बाटोमा तगारो बनेर उभिए । भोलिसम्मको राजनीतिक पुँजी र सैद्धान्तिक लडाईको अश्त्र र आफ्नो बायोडाटा बनाए भीम र घनश्यामहरुले ।


 bhim rawal


कहाँ चुके ओली ?  

पार्टी विभाजनको आलो घाउमा ओलीले शितल मलम लगाउने अनेक अवसर गुमाए । संयोगहरु फगत संयोग मात्र होइनन् मान्छेको नियत र आचरणको पुनरावृति पनि हो । ओलीले पहिलोपटक दुई तिहाईवाला सरकारले गर्ने स्वर्णिम कामको अवसर चुकाए । सुनौलो नाम इतिहासमा लेख्ने अवसर गुमाए । विरलै हुने अवसर गुमाउने अभागी मान्छे बने । 

लगातर पाँच वर्ष मात्र सरकार टिकाउने व्यवस्थापकीय चाँजोपाँजो मिलाउन सकेका भए केपी ओली इतिहासका आकर्षक नाम बन्थे । राजनीतिको विशेष ब्राण्ड बन्थे जसलाई जोकोहीले अस्विकार गर्ने ठाउँ हुन्नथ्यो । उनी अहिले पनि ब्राण्ड छन् तर सिमिति घेराको । यदि सरकार चलाउनु छोडेर सरकार टिकाउन मात्रै सकेका भए ओली सुपर हिरो कहलिने थिए । ओलीको जस्तो इतिहास कमैको मात्र हुन्थ्यो । ओली स्थिर सरकारका नायक बनेर परिचित र प्रचारित हुन्थे । पाँच वर्ष सरकार टिकाउने व्यक्तिको नाममा ओलीको जयजयकारमा अरु घनत्व थपिन्थ्यो । 

दोश्रो कुरा ओलीलाई पार्टी अध्यक्षमा दखल दिने तागत भएका माधव नेपाल बाहिरिए पछि ओली एमालेमा सर्वेसर्वा थिए । उनले आफ्नो त्यो शक्तिलाई सदुपयोग गरेर आफू पनि चुनाव लड्ने र इच्छुक सबै साथीभाई चुनावी प्रतिस्पर्धा मार्फत आउने वातावरण बनाएको भए अर्को महत्वपूर्ण स्थिति निर्माण हुन्थ्यो । सहमतिको नाममा चुनाबलाई निषेध गर्न खोजेर पार्टीमा सबैको नेता हुने दोश्रो अवसरबाट बन्चित बसे ।  आफ्ना सबै साथीप्रति समभाव देखाउँदै, पार्टी एकतापछि आएका साथीहरु रामबहादुर थापा, लेखराज भट्ट, प्रभू शाह लगायतलाई नछुटाउने आन्तरिक रणनीति बनाएर सबै चुनावमार्फत चुनिएको भए कति औचित्यपूर्ण र नैतिक धरातल फराकिलो बन्थ्यो होला, यतातिर ओलीको ध्यान पुग्न सकेन । 

ओलीका सल्लाहकार समेत भक्त मात्रै बने विज्ञ सल्हाकार बन्न सकेनन् । सल्लाहकार समेतको असफलताले ओलीलाई जसरी सडकमा ल्याइपु¥याएको थियो पार्टीमा पनि ओलीको नायकत्वमा बाधा दिने तिनै गलत र असक्षम सल्लाहकार हुन् भन्ने कुरा ओलीले बुझ्न जति ढिला ग¥यो, त्यति नै उनको शक्तिक्षय हुने निरन्तरता रहन्छ । 

भीम रावलको हारको अर्थ 

निर्वाचनबाट कोसौं पर भाग्न खोजेका ओलीलाई रावलले ‘निर्विकल्प हुँ छू’ भन्ने भ्रमको पर्दा च्यातिदिएर थोरै भए नि गुन गरे । ‘म चुनिएर नै आएको हुँ’ भन्ने फुइ बाँकी राख्न सहयोग गरे । त्यसको लागि ओलीले धन्यवाद नभने पनि एमालेलाई लोकतान्त्रिक आन्तरिक जनवादको अभ्यास गर्ने पार्टीको रुपमा पछिसम्म देख्न चाहने र एमालेमा आफ्नो भविष्य देख्ने पार्टीपंक्त्तिले हृदयले धन्यवाद दिनेछ । 

भीम रावलको ढीठलाई ढिलो चांडो स्यालुट गर्नेछ । ओलीले विसर्जन गर्न लागेको पार्टीभित्रको लोकतान्त्रिक अभ्यासलाई संजीवनी बुटी खुवाएर रावलले पार्टीको लोकतान्त्रिक धारलाई ब्युताउने प्रयास गरे । रावलले नै हिजो ओलीलाई सरकारबाट गिराउन अलोकतान्त्रिक गतिबिधि गरेका थिए । अरु पार्टी र व्यक्तिको सहारा खोजेका थिए । पार्टी अनुशासन उलंघन गरेका थिए । आफ्नो संसदीय दलमार्फत ओलीलाई हटाउने र हटाउन नसके आएको परिणाम स्वीकार गरेको भए आज डाक्टर रावल ओलीलाई भोटमा पनि मजाले टक्कर दिने सामथ्र्य राख्थे । 

यद्यपी, भीमले आज पार्टीमा विधिको वकालत गरेर निरन्तर अडान लिएर आफ्नो छवि सुधार गरेको देखिन्छ । एमालेको आन्तरिक प्रतिस्पर्धामा रावल हानैपथ्र्यौ, हारे । अहिलेको नेकपा एमाले ओलीले नै हाँक्न पाउनुपथ्र्यो, उनले एमालेलाई भिरमा लगेर हुत्याए पनि सगरमाथा आरोहण गराए पनि ओलीको नीति ओलीको नेतृत्व हुनुपर्छ । सो भयो पनि । ओलीलाई सरकारबाट गलहत्याएर ओलीसँग नै बसेका कारण भीम रावलले आफ्नो सरकार गिराउने औचित्य पुष्टि गर्न सकेका छैनन् । 

राजनीतिक लाभ हानी आफ्नो ठाउँमा होला तर पार्टी विभाजन गराएर माधव नेपालहरुले ओलीसँगको विमति औचित्यपूर्ण बनाए । अलग बाटो रोजे । भीमलगायत दश जनाले पार्टी विरुद्ध विप्लव गरेर पनि सँगै बस्नु औचित्यपूर्ण थिएन । पार्टी पद्धतिको खिलाफमा गएर ओलीलाई बर्खास्त गर्ने र अर्को पार्टीसँग मिलेर सरकारबाट फाल्ने काम असंसदीय आचरण थियो । सोही परिणामको नतिजा आजको रावलको मत हो । 

ओलीले रावललाई निरुत्साहित गर्न खोजे । रावलविरुद्ध चर्का नाराबाजी गालीगलौज अनि निर्वाचन आचारसंहिता विपरित पर्चा वितरण र निषेधको राजनीति गरे । त्यति हुँदा पनि रावललाई प्राप्त मत र नेकपा एमाले कार्यकर्ताको देशब्यापी भावना ओलीलाई एकाधिकारवादी हुन्बाट रोक्ने सिलसिलाकै स्वतःसिद्ध अभिव्यक्ति हो भन्न सकिन् । एमाले पार्टीको लोकतान्त्रिक निष्ठा र लोकतान्त्रिकरणको अभ्यासमा रावलको अडान र दृढता प्रशंसा योग्य छ, पराजित भए पनि । पराजित हुने कुरा घाम जत्तिकै छर्लंग भए पनि चुनाव लड्ने स्वतन्त्रताको रक्षा गर्न आंशिक रुपमै भए पनि सफल भए । यसले प्रजातान्त्रिक पद्धति निर्माणमा देशलाई नै फाइदा गरेको छ । निश्कर्षमा एमाले अधिवेशनमा ओली धेरै र रावल कम चुकेको निष्कर्ष निकाल्न सकिन्छ । 

साभार: drishyatv.com