धनका देवता कुबेरले चाखेका थिए यमरी
आज यमरी पर्व । वर्षेनी मनाईने यो पर्वको सुरुआत कहिले र कसले गरेको थियो भनी अनेक तर्कहरु गरिन्छ । विकीपिडियामा अभिलेख भएको एक तथ्य अनुसार यमरीको सुरुआत धनका देवता कुबेरसँग जोडिएको उल्लेख गरिएको पाईन्छ । त्यो पहिलो स्थानलाई हालको पनौतिनगरलाई मानिएको छ ।
यमरी पुन्ची पर्व परापूर्वकालको पञ्चनगरमा सुरु भएको किंवदन्ती छ । पञ्चनगर हालको पनौति हो । सुचन्द्र र कृता नाम गरेका युगल जोडीले पहिलो पटक यसको स्वाद चाखेका थिए । उनीहरुले ताजा चामलबाट खाजाका लागि बनाएको नौलो परिकारको स्वाद चाखेपछि गाउँले छिमेकीलाई पनि बाँडेका थिए । सबैले स्वाद मानेर खाएपछि यसको नाम यमरी राखिएको किंवदन्ती छ । यमरीलाई स्वादिलो रोटी पनि भनिन्छ ।
सुचन्द्र र कृताले आफूले बनाएको यमरी धनका देवता कुबेरलाई पनि अर्पण गरेका थिए । त्यसपछि कुबेरले यमरी बनाउने दम्पतीलाई धनधान्य हुने आशिर्वाद दिँदै भविष्यमा जजसले यमरी बनाएर देवीदेवतालाई अर्पण गरी चारदिनसम्म पूर्णचन्द्रमाको दर्शन गर्लान् ’em गरीबी र दरिद्रताबाट मुक्त हुनेछन् भनी घोषणा पनि गरेका थिए भनी विश्वास गरिँदै आएको छ ।साभार: https://www.drishyatv.com/































