अलौकिक गोसाइकुण्ड
सम्पूर्ण हिन्दु तथा बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल गोसाईकुण्ड रसुवाको स्याफ्रु गाउँ विकास समिति अन्तर्गत लाङ्टाङ् राष्ट्रिञ्य निकुञ्ज क्षेत्रमा पर्छ। गोसाईकुण्ड धार्मिक तथा पर्यटकीय हिसाबले ख्याती कमाएको क्षेत्र हो । रसुवा जिल्लामा अवस्थित गोसाईकुण्ड ताल समुन्द्री सतहबाट ४ हजार ३ सय ८० मिटर उचाईमा छ । त्रिशूली नदिको उद्गम स्थलको रुपमा रहेको यस कुण्डमा वर्षको दुईपटक धार्मीक मेला लाग्ने गर्दछ । दशहरामा र जनैपुर्णीमामा दशहरामा भन्दा जनैपुर्णीको मेलामा धेरै जिल्ला र विदेशीहरुको समेत जमधटहुने गर्दछ भने वाह्य पर्यटकहरु भने जुनसुकै महिनामा त्यस स्थानमा पुग्ने गर्दछन् ।
गोसाईकुण्ड तालमा स्नान गरेपछी मनले चिताएको पुराहुने जनविश्वास रहेको छ । बाग्मती अञ्चालको उत्तर तिब्वती सिमानामा जोडीएको रसुवा जिल्लामा रहेको गोसाईकुण्डको धार्मीक महत्व युगौ देखि रहदै आएको छ । काठमाडौँबाट रानिपौवा, त्रिशुली, वेत्रावती, कालिकास्थान, राम्चे हुदै एक सय अठार कि मि यात्रा पछि रसुवा जिल्लाको सदरमुकाम धुन्चे पुग्न सकिन्छ । धुन्चे बाट पैदल लौरीविनाएक को उकालो पारगरेपछि चन्दन बारिको तेरपैलोबाटो हुदै चोलाङपाटि को बाटो एक दिनको पैदल यात्रामा गोसाईकुन्ड पुग्न सकिन्छ ।
गोसाईकुण्ड सगैँ धार्मिक, जैविक, विविधता, ऐतिहासिक,पर्यटकिय र सांस्कृति महत्व बोेकेको भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, दुधकुण्ड र सुर्य कुण्ड जस्ता प्रख्यात कुण्डहरु यस क्षेत्रमा रहेको छ । काठ्मान्डौ देखि गोसाईकुण्ड सम्म जादाँ बाटोमा पर्ने रानिपौवा बाट देखिने नुवाकोट र रसुवा जिल्लाका प्राकृतिक दृष्श्य लाङ्टाङ, गणेश हिमाल को दृश्य मात्र होईनचन्दनबारीको चीज, खानको लागि रेन्वो ट्राउट माछा, ढिडो र सिस्नोको स्वादले मनै लोभ्याउछ । साच्चैनै स्वर्गको अनुभुति गर्न सकिने गोसाईकुण्ड ध्यान, साधनामा लाग्ने मानिसहरुका लागी उत्कृष्ट तपोभुमि पनि मानिन्छ ।
शब्द /तस्वीर : सुनिल शर्मा
#experienceNepal
#visitnepal2020
#Nepal TourismBoard