स्वर्णलाई स्वर्ण स्वागत
विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोर्ट्स च्याम्पियनसीपमा नेपाललाई स्वर्ण पदक दिलाएका बडि बिल्डर महेश्वर महर्जनको भव्य स्वागत गरिएको छ । स्वर्ण विजेता महर्जनलाई एअरपोर्टमा गरिएको भव्य स्वागतको हेरौं तस्विरहरु।
पदक विजेता महर्जनले देशको नाम उच्च स्थानमा राख्न पाउँदा आफू निकै भावुक बनेको बताउनुभयो । “विदेशी भूमिमा एक्लो भएर हर्षका आँशु आएको थियो” पदक जिते लगत्तै हर्षित मुद्रामा आँशु बगाएका महर्जनले विमानस्थलमा सञ्चारकर्मीसँग भन्नुभयो । “अन्तर्राष्ट्रिय मञ्चमा नेपालका लागि पदक जित्न सफल भएको छु, आफूलाई गौरवको महसुस भएको छ”, महर्जनले भन्नुभयो । बडि बिल्डिङमा धेरै खर्च हुने गरेको बताउँदै महर्जनले प्रतियोगिताका लागि मात्र आफूले आठ÷नौ लाख खर्च गरेको बताउनुभयो ।
यही पुस १ गते थाइल्याण्डमा सम्पन्न बल्र्ड बडी बिल्डिङ एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनसीपमा महेश्वरले ७५ केजी तौल समूहमा स्वर्ण पदक जित्न सफल हुनुभएको थियो ।
विश्व च्याम्पियनसीपमा नेपाली बडीबिल्डर विजेता बनेको यो पहिलो पटक हो । यसअघि श्याम श्रेष्ठले रजत पदकसम्म जित्नुभएको थियो । च्याम्पियनसीपको पुरुष ७५ केजीमा महर्जनले भारतका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्नुभएको हो । बाह्र खेलाडी सहभागी उक्त प्रतिस्पर्धामा भारत दोस्रो र सिङ्गापुर तेस्रो भएको थियो । महर्जनको स्वागतमा विमानस्थलमा नेपाली समर्थकको बाक्लो उपस्थिति रहेको थियो ।