हामी सबै बिचौलीया

कानून, समाज र मानवियताको हिसावले पनि गर्न नहुने काम गर्ने बिचौलीया नराम्रै हुन् भने अन्यले पनि चाहिने भन्दा बढ्ता नाफा लिएर कुनै वस्तु वा सेवाको व्यवसाय गर्छ भने त्यो नकारात्मक व्यवसाय नै हो ।


भर्खरै कुखुरा व्यवसायीले अण्डा र चल्ला नस्ट गरेर मासुको भाउ बढाउने नयाँ तरिका निकाले । उनीहरूको भनाईमा कुखुरा पाल्ने किसान चाहिँ घाटामा त्यसको बचौलीया चाहिँ मालामाल ? भन्ने मुख्य गुनासो रहेको थियो । नभन्दै त्यसको असर अघिल्लो दिन सम्म काठमाण्डौमा रु.२५० प्रतकिलो उपभोक्ताले खरिद गरिरहेको मासु भोलिपल्टै रु. १८० पुग्यो । एक किलोमा तीस रुपैयाँ बढाउन सफल उनीहरूले दैनिक काठमाण्डौको बजारमा हजारौं किलो खपत हुँदा कती नाफा गर्न सपल भए होलान अनुमान गरौं । सस्तोमा पाइरहेका उपभोक्ताले महँगोमा खरिद गर्नु पर्दा बिचौलीयालाई कहाँ घाटा भयो ?


बेलाबेलामा दुधको यहि नियती छ, तरकारीमा त झन दैनिक जस्तै यहि समाचार आउँछ कि बिचौलीयाको कारणले मुल्य बृद्धि भनेर । तर, त्यसको असर सिधै उपभोक्तामाथी पर्ने गर्दछ । आखिर यो बिचौलीया हो के त?


बिचौलीया भनेको बिचको मानिस वा संस्था हो । यसको मुख्य काम भनेकै कम्तीमा पनि दुई पक्षको बीचमा बसेर केहि नाफा गरेर दुवै पक्षलाई सेवा गर्ने व्यवसाय हो । जसको रुप र नाम फरक फरक हुने गर्दछ
जस्तैः शेयर बजारमा शेयर दलाल भनेर चिनिन्छ । घरजग्गा व्यवसायमा पनि जग्गा दलालकै रुपमा प्रचलीत छ । विवाहमा लमी वा लाँपुको रुपमा प्रख्यात छ । किसानका तरकारी, माछामासु र दुध जन्य पदार्थमा बिचौलीया भन्ने शब्द प्रयोग भएको पाइएको छ ।


बिचौलीया साना साना व्यवसायमा मात्र हुने होइन । आकाशमा उड्ने हवाईजहाज देखि सडकमा गुड्ने मोटर गाडी, मोटर साईकल, साईकल, देखि ठेला गाडी सम्म मा हुने गर्दछ । अहिले नेपाली राजनीतिमा बहुचर्चीत वाईडबडी काण्ड यस्तै बिचौलीयाको कमिशनको खेलमा रुमल्लिएको काण्ड हो । नेपालमा त यो दीर्घ रोग नै हो । गीरिजाप्रसाद कोइरालाको पालादेखि धमिजा काण्ड, लाउडा काण्ड भन्दै हवाई जहाजका भएका मात्र होइन नभएका वा दृश्यमा नआएका बिचौलीया सम्मको खेल रहि आएको छ ।


यसो हेर्दा बिचौलीया जहाँ पनि छ । हामीले दैनिक खरिद गर्ने खाद्यान्न पसल पनि बिचौलीया नै हो । ’cause, उसले पनि कुनै सामान खरिद गर्छ र त्यसके केहि मुनाफा राखेर हामीलाई बेच्दछ । यसरी हेर्दा बिहान उठे देखि राती नसुते सम्म हामी बिचौलीयाकै हातमा भइरहेका हुन्छौं । यसो कल्पना गरौं त हामी पनि जे काम गरिरहेका छौ त्यो बिचौलीया कै काम हो । डाक्टर बिचौलीया, औषधी पसले बिचौलीया, सवारी साधन बिचौलीया, पेट्रोल पम्प बिचौलीया, शिक्षक बिचौलीया, ठेकेदार बिचौलीया, चमेना गृह बिचौलीया, पत्रकार बिचौलीया, सरकार बिचौलीया, सुरक्षा निकाय बिचौलीया, म्यानपावर कम्पनी बिचौलीया, बिमा कम्पनी बिचौलीया, बैंक बिचौलीया सबै जना बिचौलीया नै रहेछन् । अझ शेयर बजार र बिमा बजारमा त बिचौलीया वा दलाल वा एजेण्ट अनिवार्य नै छ ।


यो पढ्दै गर्दा पाठकहरूलाई लागिरहेको होला, आखिर यो निबन्ध जस्तो लेखमा बिचौलीयाको पाठ पढाउन लागेको हो कि बिचौलीयाको सफाइ दिन खोजेको हो कि, के हो भन्ने ।


मेरो आशय के हो भने, खोजेर र गहिरिएर ल्याउँदा हामी सबै बिचौलीया नै रहेछौं । तर, हामीले कसैकसैलाई भने अति तल्लो स्तरमा राखेर हेर्दा रहेछौं । जस्तैः ठूला ठूला रियल स्टेट खोलेर बसेका घरजग्गा व्यवसायी चाहिँ व्यापारी हुने, जसले तीन कोठे अपार्टपेण्टको समेत करोडौं मूल्यमा बिक्री गरिरहेका छन् । शहर बाट सुनसान ठाउँमा पनि एकले अर्को घरलाई जोडेर नयाँ नयाँ देख्दा आकर्षक लाग्ने सामग्री प्रयोग गरेर अति सस्तो जग्गाको मूल्यांकन पनि पाँचौं गुणा सम्म गरेर घर तथा जग्गा बिक्री गरिरहेका छन् उनीहरूलाई चाहिँ सम्मानीत रुपले हेर्र्छौं । तर, जो स–साना टुक्राटाक्री जग्गा वा घर खोजेर अर्को किन्ने मान्छेलाई खरिद गराई दिने र बेच्ने मान्छेको बिक्री गराई दिन्छ उसलाई चाहिँ दलाल भन्छौं । चेलिबेटी बेचबिखन गर्ने दलाल र डिमाण्ड नै नआएको काममा विदेश पठाउने मानव तस्कर जस्तो घृणित व्यक्तिहरूलाई दलाल भनेर बुझि आएको हाम्रो समाजले आफूले इज्जत दिन कञ्जुस्याँई गर्दा अन्य क्षेत्रमा बिचौलीयालाई पनि दलाल वा दले भनेर सम्बोधन गर्छौं ।


दलाल वा बिचौलीया पेशा राम्रो कि नराम्रो । एक रुपले सबैजना नै बिचौलीया भइसकेपछि यसमा नराम्रो भन्नुको अर्थ नै छैन । यती मात्र हो कि कानून, समाज र मानवियताको हिसावले पनि गर्न नहुने काम गर्ने बिचौलीया नराम्रै हुन् भने अन्यले पनि चाहिने भन्दा बढ्ता नाफा लिएर कुनै वस्तु वा सेवाको व्यवसाय गर्छ भने त्यो नकारात्मक व्यवसाय नै हो ।


देशमा कृत्रीम अभाव श्रृजना गर्ने, वर्तमान अवस्थामा पोल्ट्री व्यवसायीहरू को बिचौलीया व्यवसाय नकारात्मक नै हो । त्यस्तै तरकारी बारीमा १० रुपैयाँ प्रतिकिलो किसान सँग खरिद गरेर बजारमा ११० रुपैयाँ प्रतिकिलो बेच्ने व्यवसायी पनि नकारात्मक बिचौलीया नै हुन् । तरकारीको हकमा त, तीन चार तह सम्मका बिचौलीयाको हात बाट बल्ल उपभोक्ता सम्म पुग्दा यत्रो भाउ बढ्नु स्वभावीक होला तर त्यही तरकारी उपभोक्ता स्वयं बारीमै गएर किन्दा पनि ती व्यापारीले पसलकै मुल्य लिएर मात्र दिन्छन् जसले गर्दा त्यस्त किसानलाई हामीले के बिचरा भन्नु । यो लेखक स्वयं कहिले काहिँ घर सँगैको बारीमा फलेको साग ताजा भनेर किन्न जाँदा त्यहाँको किसान दिदीले यहाँ ताजा पाउँछ त्यसैले पसल बराबर लिएर तपाईलाई के घाटा भयो त भनेको अनुभव छ ।


त्यसैले हामी बिचौलीयाहरू मिलेर ठीक्क मात्र नाफा, कमिशन वा ज्याला राखेर आफ्नो वस्तु वा सेवा बिक्री गर्न सके मुल्य आकासिनुमा अर्को बिचौलीयालाई दोष दिनु पर्दैन थियो कि ?