सूर्यास्तदेखि सूर्योदयसम्म
चन्द्रशेखर कार्की
अन्नपूर्ण बेसक्याम्प, ४१३० मिटर ।
माछापुछ्रेको काँधबाट उदाउँदो सूर्य ।
नेपालको प्रमुख पर्यटकीय गन्तव्य हो, अन्नपूर्ण वेशक्याम्प । यो मध्यम र न्यून आय भएका नेपालीहरुको समेत पहुँच भएको पदयात्रा मार्ग हो । हिमालले वरिपरि घेरिएको अन्नपूर्ण बेसक्याम्प आफैमा एक अलौकिक मनोरम भूस्वर्ग झै छ ।
विहानको सूर्योदयदेखि सूर्यास्तसम्म र रातभर देखिने आकाश गंगाको प्रकाशको हिम शिखरमा ठोक्किएको परावर्तनले कस्को मन स्थिर रहन सक्ला ? प्रकाशको चन्चलता प्रकृतिको सुर–ताल र संगीतमा जगमगाइरहेको क्षणमा आफूलाई पाउँदा रातभर अनिदो रहेकै पत्तो हुँदैन ।
नजीकिंदै गरेको तिहार संझदै अन्नपूर्ण, माछापुच्छ्रे, लमजुंग र गंगापूर्ण हिमसृंखला दिदीबहिनीहरु दाजुभाइको स्वागतमा बसेझैं लाग्छ । आफ्ना दिदी–बहिनी संझँदै तिहारको झिलीमिली र उनीहरुको आशिर्वाद पाइरहेझैं मन भावुक भैरहन्छ ।
बर्षेनी हजारौं सात समुद्रपारदेखि आएका विदेशी र आफ्नै देश र हिमाललाई नजीकबाट नियाल्ने मन भएका थोरै नेपाली पर्यटकहरु यस्तै अनुभूति गर्न लालायित भएर पुग्छन्, अन्नपूर्ण वेशक्याम्प !
दशैं लगत्तै शरदऋतुको वास्तविक उमंग अनुभूति गर्न र पर्यटकले नेपालको वास्तविक सुन्दरतामा खेल्न, छुन र रमाउन सकुन् भनी गत आश्विन २५ गते ‘अन्नपूर्ण स्यान्चुरी पर्यटक महोत्सव’ आयोजना भएको थियो । सोही अवसरमा सदृश्यका दर्शक र पाठकका लागि सूर्योदयदेखि सूर्यास्तसम्म लिइएका केही तस्वीरहरु !
अन्नपूर्ण प्रथम हिमसृंखलामा सूर्यको पहिलो किरण ।
माछापुछ्रेसंगै उदाउँदो सूर्य ।
माछापुछ्रेसंगै उदाउँदो सूर्य ।
सुर्यास्तका बेला माछापुछ्रेसंग लुकामारी खेल्दै बादल ।
घना बादलबाट चियाउदै माछापुछ्रे ।
कुमारी माछापुछ्रे ।
सूर्यास्तको अन्नपुर्ण तेश्रो ।
साँझको माछापुछ्रे ।
सूर्य स्नानमा माछापुछ्रे ।
अन्नपूर्ण बेसक्याम्पका सीमित होटेलहरु ।
मध्यरातमा हिमसृंखलामाथि आकाशगंगा ।
आकाशगंगा र माछापुछ्रे हिमसृंखला ।
जुनेली रातमा अन्नपूर्ण प्रथम ।
राती ११ बजे माछापुछ्रे र अन्नपूर्ण तेश्रो हिमसृंखला बीचबाट उदाउदो चन्द्रमा ।