पूर्वी रुकुमका झाँक्री

 

शब्द तस्विर: मैते घर्ती मगर

 

पूर्वी रुकुमको लुकुम गाउमा श्रावण महिनाको पहिलो मंगलबारका दिन राक्सो (मृतात्मा) धपाउन आ–आफ्नो घरबाट १–१ जना झाँक्री चौतारामा जम्मा हुन्छन् । झाँक्रीहरुलाई झाँक्री गुरुले शास्त्रीय विधि सुनाउछन् । अरु झाँक्रीले उनलाई साथ दिन्छन् ।

 

सबै बिधि पूरा गरेपछि गाउको पूर्वी छेउमा रहेको खोला छेउमा दिनभरि ९ पटक जाँचेर मूख्य झाँक्रीले पानीको मुहानबाट निकालेर लखेट्दै गाउको छेउ दोबाटोमा लागेर गाड्छन् भन्ने जनविश्वास छ ।
झाँक्रीको सामान बोक्न भान्जा साथमा हुन्छन् । बाँकि युवाहरु दर्शकलाई हान्दै नाच्छन् ।
यसोगर्दा मृतआत्मा डराएर भाग्छ भन्ने बृद्धाहरुले बताए ।

 

 

 

 

मुख्य झाँक्री राक्षसलाई लखेटेर देवता नजीक पुग्दै गर्दा बाँकि झाँक्रीहरु आआफ्ना घरमा गएर झारफुक गर्न थाल्छन् । ताकि आफ्नो पिठ्युँ हल्लाएर बक्न थालेपछि मृतआत्माबाट बच्न सकिन्छ भन्ने विश्वास गरिन्छ (खाम भाषामा यसलाई गल्ने भनिन्छ)

 

घरको सबै कार्यसम्पन्न भएपछि झाँक्री र भान्जा दोबाटोतिर दौडिन्छन् । दोबाटोमा सबै भेला भएपछि नास्तापानी खाएर मुख्य घरमा फर्केर रायोको साग खाएर आआफ्नो घर तर्फ लाग्छन् ।
भोलिपल्ट झाँक्रीको पहिरन सबै भान्जाहरुले लगाएर हिलो खेल्दै साइनो पर्ने युवतीहरुलाई पिठ्युँमा बोकर रमाइलो गर्छन् ।