राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिन मनाउँदा गणतन्त्रकी राष्ट्रपति प्रमुख अतिथि
सदृष्य संवाददाता
काठमाडौं ।
नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र भएपछि पहिलोपटक राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिनलाई सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसका रूपमा भव्य रूपमा मनाइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी पृथ्वी जयन्तीको अवसरमा सिंहदरवारको मूलढोकाअगाडिको राष्ट्रनिर्माताको शालिक माल्यार्पण गर्न आफैं पुु’ गेकी थिइन् । त्यहाँ राष्ट्रपतिलाई नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो । नेपालका राष्ट्रपतिले आधुनिक नेपालका निर्माता राजाको शालिकमा माल्यार्पण गरेको यो पहिलो घटना हो ।
नेपाल एकीकरणपछि राजतन्त्रका संस्थापक पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय पर्वका रूपमा मनाइँदै आएको थियो । राजतन्त्र छँदा राजालाई ‘महाराजाधिराज’ भनी सम्बोधन गरिँदा उनलाई ‘बडामहाराजाधिराज’ को पद्वी दिइएको थियो । अझै पनि राजावादीहरू उनलाई ‘बडामहाराजाधिराज’ भनी सम्बोधन गर्न रुचाउँछन् । ०६२÷६३ सालको जनआन्दोलनले नेपालबाट राजतन्त्र अन्त्यसँगै राष्ट्रिय स्तरमा सरकारले मनाउन छाडेको पृथ्वीजयन्ती यसपालिदेखि पुनः मनाउन थालेको हो ।
पृथ्वी जयन्ती मनाउन सिंहदरबारअगाडिको पृथ्वीनारायणको शालीकमा प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष राजतन्त्रवादी कमल थापा, प्रधानसेनापति राजेन्द्र क्षत्री उच्च पदस्थ अधिकारीहरूले पनि माल्यार्पण गरी राष्ट्रनिर्माताप्रति प्रकट गरे ।