बर्दिया राष्ट्रिय निकुन्ज
बर्दिया राष्ट्रिय निकुन्ज तराई क्षेत्रमा रहेको सबैभन्दा ठुलो राष्ट्रिय निकुन्ज हो । जसको क्षेत्रफल ९६८ वर्ग कि मि रहेको छ । यो राष्ट्रिय निकुन्जमा एक सिंगे गैडा, बंगाली पाटे बाघ, जंगली हात्ती, हरिण, कृष्णसार, जरायो, २५० भन्दा बढी थरिका चराचुरुंगी, लंगुर, चितुवा, कर्णाली नदिम डल्फिन, गोही, बन बिरालो, बदेल विभिन्न थरिका जंगली जनावर पनि पाईन्छ । ठुलो संख्यामा रहेको सालको जंगलले नै सबैभन्दा बढी ठाउ ओगटेको छ त्यो बाहेक विभिन्न जातका बनस्पतिहरु , जडिबुटीहरु पनि उल्लेखनिया मात्रामा पाइन्छ ।
बर्दिया निकुन्जको आसपासमा थारु समुदायको बाहुल्यता भएकै कारण थारु संस्कृति झल्किने खालको थारु नृत्य, रहनसहनण संस्कार मेला पर्ब देख्न र त्येसैमा रमाउन पाइन्छ । बिदेशी पर्येटकका साथसाथै आन्तरिक पर्येटकको पनि आउने क्रम बढिरहेको देखिन्छ। त्येसमा पनि जंगल सफारी जानेको बाहुल्यता बढेको देखिन्छ। जिप सफारी, हाती सफारी तथा जंगल वाक जाने प्रचल रहेको छ। आफ्नै आखाले बिभिन्न खालको बन्यजन्तु, चराचुरुंगी, तथा निकुन्जमा रहेका अनेकौ कुराहरु देख्ने भएकाले पनि येसैमा सबै रमाउने गरेको पाइएको छ।