इन्द्रजात्रा

इन्द्रजात्राको पहिलो दिन

इन्द्रजात्राको पहिला दिन वसन्तपुर हनुमानढोका दरबार स्क्वायरमा भक्तपुरको चित्तपोलभन्ने ठाउँबाट ल्याएको लिङ्गो वा योंसि ठड्याएरपश्चात् अर्थात् स्थानीय नेवारी भाषामा ‘योंसि थनेगु’ गरेपछि लोकभाषामै ‘उपाकु वनेगु’ अर्थात् बत्ती बाल्न जाने भनेर आफन्त मरेको घरपरिवारका मानिसहरु मृतकको सम्झनामा धूप,दीयो बालेर ’roundको देव-देवता तथा मन्दिरहरु परिक्रमा गर्ने गर्दछन् ।

विश्व प्रसिद्ध नेपालको “माजिपा लाखे नाँच, हलचोकको ‘सवाभक्कु भैरवी नाँच’, देवदेवी नाँच, महाकाली नाँच, चर्चित पुलुकिसि नाँच र अष्टमातृका लगायतका अन्य हिन्दू तान्त्रिक नाँचहरु पनि प्रदर्शन गर्ने गरिन्छ। इन्द्रजात्रामा इन्द्रचोकको आकाश भैरव, वसन्तपुरको स्वेत भैरव, लगायतका विभिन्न ठाउँ,टोलमा भैरवका मुकुट अथवा मास्कहरु प्रदर्शन गर्ने गरिन्छ।
शव्द तस्विर: सुनिल शर्मा