किन गरिन्छ पुस्तक समीक्षा ?

किन गरिन्छ पुस्तक समीक्षा ?
—अश्विन पुडासैनी
पुस्तक पढ्ने पाठकहरुलाई सधै एउटा पिरलो हुन्छ । अब कुन किताव किन्ने ? पुस्तक नपढी कसरी चिन्ने र छान्ने ? पढ्नै पर्ने किताव हो कि होईन ? मुर्ख भरियाले उकालो नापे झै पुस्तक नापिने पो हो कि ?
पुस्तक नाप्न त पुरै पढ्नु पर्छ ।
पढ्न समय खर्चिए पछि त्यो किताव झुर रहेछ भने ? समय बरबाद हुने पो हो कि ? आदि ईत्यादि । त्यसैले पुस्तक समीक्षा, आम पाठकलाई खास पुस्तक सहजीकरण गर्ने एउटा प्रभावकारी माध्यम बनेको छ ।
अद्योपान्त पुस्तक पढ्ने । अनि रिट्ठो नबिराई पुस्तकको सार र विवेचना समीक्षा मार्फत पस्कने । त्यहि विवेचना पढेर सामान्य पाठकले पुस्तकवारे धारणा बनाउछन् । अनि पुस्तक पढ्ने नपढ्ने निष्कर्षमा पुग्छन् ।
यसरी मात्रै पुस्तक समीक्षकको धारणा आम पाठकको धारणा बन्न पुग्छ । पुस्तक लेखक, प्रकाशक तथा वितरकहरु समीक्षकको धारणासंग सहमत हुनुपर्छ र हुन्छन् भन्ने होइन । उनीहरुले सोचेको वा पुस्तकले भन्न खोजेको कुरासंग पुस्तक समीक्षक सहमत÷असहमत दुबै हुनसक्छ । त्यसैले भनिन्छ, पुस्तक समीक्षक र यसका प्रकाशकहरु आंशिक सत्य मात्र हुन् ।
तर पाठक ? पाठकहरुमा पुस्तकप्रतिको पहिलो धारणा पुस्तक समीक्षकले सिर्जना गरिदिन्छ वा बनाउन मद्धत गर्छ । तर पुस्तक किन्ने र पढ्ने काम भने पाठक स्वयम्को निर्णय, आनी बानी, स्वभाव, व्यवहार र अभ्यासमा भर पर्ने नित्तान्त निजी कुरा हो ।
यी कुरा यहाँ किन उठाउन खोजीएको हो भने सदृश्यको पुस्तक समीक्षा स्तम्भमा हामी नियमित रुपमा बजारमा आएका नयाँ, बजारमा रहेका र सकिएका पुराना पुस्तकहरुका ’boutमा पनि चर्चा गरिने छ ।
पुस्तक र पुस्तक ’boutका कुराहरु यो स्तंभमा समावेश हुने हुँदा सकेसम्म लेखकका धारणाहरुलाई पनि यसमा समावेश गरिनेछ । लेखकका धारणा वा स्पष्टिकरण ’boutमा कतिपय समीक्षकहरु विमती राख्छन् ’cause लेखकले पुस्तक प्रकाशित गरिसकेपछि लेखक म¥यो भन्ने मान्यता पनि उत्तिकै बलीयो ठानिन्छ ।
लेखक त लेखिसकेपछि सकियो । बाँकि रहने उसको कृति मात्रै हो । कृतिले के भनिरहेको छ र पुस्तकमा के छापिएको छ, सत्य त्यही हो । ’cause किताव लेखेर पनि अखवारमा छापिएको समाचारको खण्डन वा सच्याँइएको भन्ने कुरा पुस्तकमा संभव छैन ।
लेखकले केही सच्याउन चाहन्छ भने त्यो पत्रिकामा होइन, पुस्तकको अर्को संस्करणमा आफ्ना गल्ती कमजोरीको स्पष्टिकरण दिन सक्छ तर पनि यसलाई किन अत्यावश्यक मानिदैन भने त्यही संस्करण पढिसकेको पाठकले अर्को संस्करण नपढ्न पनि सक्छ । त्यसैले पुस्तक लेखकले यी कुरा विचार गरेर नै पुस्तक प्रकाशन गर्नुपर्छ ।
पुस्तक लेखन हलुका कुरा हुँदै होइन । पुस्तक कागजमा छापिए पनि खासमा यो ढुंगामा लेखिएको लिखत सरह नै हो ।
तर समीक्षा पाठक मात्र होइन लेखकका लागि पनि उत्तिकै महत्वपूर्ण विषय हो । पाठकले त समीक्षा मार्फतत पुस्तकमा के रहेछ भन्ने थाहापाउछ तर लेखकले आफ्नो जीवनभरको मेहनत विशेषज्ञको कसीमा पर्दा त्यसको गुण र स्तर मात्रै होइन समाजले कसरी लिने रहेछ भन्ने थाहा पाउछ ।
त्यसैले भनाइ नै छ, पुस्तक लेखक र समीक्षक दुबैको परीक्षा हो पुस्तक समीक्षा ! एउटै पुस्तक लेखन र एउटै पुस्तक समीक्षा अन्तिम सत्य होइन । पुस्तक लेखकले पनि नयाँ पुस्तकमा र समीक्षकको समीक्षालाई अरु समीक्षकहरुले पनि तीखो नजरले हेरिरहेका हुन्छन् । एउटा पनि पुस्तकको हलुका, मन गढन्त, पूर्वाग्रही र पुस्तकको सेरोफेरो भन्दा बाहिर गएर समीक्षा गर्ने समीक्षकको हैशीयत पनि सार्वजनिक हुन्छ । यो थाहा पाउने वित्तिकै उस्को लेखाईलाई पाठकले त्यही स्तरमा राख्दछन् । परालको त्यान्द्रो जति पनि पत्याउन छाडिदिन्छन् । उसका अन्य समीक्षालाई पनि पाठकले यही कसीमा राखेर हेर्नेछन् । त्यसैले समीक्षकको समीक्षा गर्ने कार्य पुस्तक लेखन भन्दा कम चुनौतिपूर्ण मानिदैन ।
समीक्षकले समीक्षा गर्न लागेको पुस्तक कस्तो खालको हो ? सर्बसाधारण पाठकको लागि त्यसका विषयबस्तु, पुस्तक लेख्नुको उद्धेश्य र पुस्तकको प्रस्तुतिका ’boutमा पाठकलाई सर्बप्रथम केही जानकारी दिनु पर्छ । यी प्रारंभिक कुरा नबुझीकन पाठकले पुस्तकको मेलोमेसो थाहा पाउन र बुझ्न सक्दैन ।
चर्चित भाषा संपादक र पुस्तक समीक्षक सम्पादक शरदचन्द्र वस्तीको शब्दमा समीक्षामा पुस्तकको सबल र दुर्वल पक्षको सन्तुलित विवेचना हुनुपर्छ । हामी कहाँ पुस्तक विवेचना गर्नेहरुले पुस्तकमा के छ भन्दा पनि के छैन भन्ने विवेचना बढी गर्ने गर्छन् ।
पुस्तकहरुको समीक्षा गरिरहने त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी भाषाका उप प्राध्यापक राम लोहनी भन्छन्, हाम्रा प्राय समीक्षक लेखकको प्रशंसा गर्ने, पुस्तकको परिचय दिने जस्तो मात्रै गरिरहेको देखिन्छन् । सबैको जिन्दगीमा सधैं मध्यान्ह हुँदैन प्रत्येक दिन विहान, अपरान्ह, सन्ध्या र रात्री पनि हुन्छ । त्यसैले पुस्तक उदय, अस्तय कुन कालको हो समीक्षकले ठम्याउन सक्नुपर्छ । पुस्तक समीक्षामा लेखकको होईन, पुस्तकको विषय बस्तु र प्रस्तुतिको समीक्षा हुनु पर्छ ।
उनी भन्छन्, समीक्षकले लेखकलाई होईन कृतिलाई न्याय गर्न सक्नु पर्छ ।
त्रिविका सहप्राध्यापक वस्ती भन्छन्, पुस्तकलाई आलोचनात्मक तथा समालोचनात्मक आँखाले पढ्न सक्ने, सन्दर्भको जानकार र साधारण पाठक भै पाँच घण्टामा तीन सय पेजको पुस्तक पढ्नेले कम्तीमा दश घण्टा लगाएर पढ्ने जागर भएकाले मात्र सहि समीक्षा गर्न सक्छ ।
वस्ती र लोहनीले भने झै पाठकहरुलाई पुस्तक छनौट गर्न सहयोगी हुने किसिमले पुस्तक समीक्षा गर्नुपर्छ । प्रवद्र्धनात्मक नभई विश्लेषणात्मक भएका पुस्तक समीक्षा नै पेशागत रुपमा पुस्तक लेख्नेहरुका लागि सहयोग हुन्छ ।
लोहनी भन्छन्, पुस्तक समीक्षाको ईतिहास हेर्ने हो भने पश्चिमा साहित्य–दर्शनमा सुकरातको पालामा यसको शुरुवात भएको मानिन्छ । समाजमा जब कुनै श्रृजना प्रकाशनमा आयो, त्यसमाथि तर्क वितर्क गर्न शुरु भयो । त्यहि बेलादेखि शुरु भएको हो पुस्तक समीक्षा ।
पुर्वीय सभ्यतामा पुस्तकको महत्व अत्यन्तै रहेको छ ।
वस्ती थप्छन्, हाम्रो पुर्विय सभ्यता र संस्कृतिमा श्रुतिको ज्यादै महत्व छ । कुनै तथ्य प्रमाण र विश्वसनीय कुरा गर्नु पर्दा कहाँ लेखिएको छ भन्ने खोजी गरेर उदाहरण नै दिइन्छ ।
हाम्रो सभ्यता र प्राज्ञिक जगतमा पुस्तकलाई इस्वरीय प्रेरणाको रुपमा लिईन्छ । यो ज्योतिषशास्त्र, कल्पना, दिमाग, विज्ञान र गणितको समिश्रण हो । प्राचिनकालमा किताबमा यति धेरै विश्वास गरिन्थ्यो कि किताबमा लेखिएको कुरा भनेको ब्रह्मवाक्य नै हो स्वीकारिन्थ्यो । सत्यको भौतिकिकरण गरिएको बस्तु नै कितावलाई मानिन्थ्यो ।
पूर्वीय ग्रन्थहरुको समीक्षाको चर्चा गर्दै लोहनीले भने, पहिले पहिले जब नयाँ ग्रन्थहरु लेखिन्थे त्यसमा टिका लेख्न थालियो, यस विषयमा पहिले यसो भनिन्थ्यो भनेर । जस्तै, पाणिनीको व्याकरण भन्दा अगाडिका व्याकरणमा यस्तो हुन्थ्यो भन्ने गरेको पाईन्छ पाणिनीमा । भरत नाट्य भन्दा अगाडि के थिए, नाट्य गन्थ्रहरुमा भन्ने कुरा भरत नाट्यमा नै लेखिएको छ ।
पूर्वीय सभ्यतामा दुई हजार बर्ष भन्दा पहिले नै पुस्तक समीक्षा शुरु भएको पाइन्छ ।
हिजो आज पुस्तक समीक्षा विज्ञापन नगरी विज्ञापन गराउने वस्तु बनेको छ । लोहनी थप्छन्, लेखकलाई सके प्रशंसा गर्ने । मन नपरे नराम्रो नभनौ भन्दै चिने जानेको आधारमा पत्रपत्रिकामा पुस्तक समीक्षा प्रकाशित भैरहेका छन् ।
तर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा लेखक, सम्पादक, स्तम्भकार, विश्लेषक, विषयविज्ञ र अनुन्धाताहरुले प्रकाशित पुस्तकहरुको समीक्षा गर्ने गरेको पाईन्छ । संघ संस्थाहरुले जसरी अन्तराष्ट्रिय जर्नलमा प्रकाशित आर्टिकल वा अनुन्धानमा आधारित लेख रचनाहरुका विज्ञ एवं प्राज्ञहरुबाट सम्पादन गर्ने गराउने गर्छन् त्यसैगरि पुस्तकको पनि समीक्षा हुने गर्दछ । तर हामी कहाँ त्यस्तो विरलै मात्र हुने गर्छ ।
वस्तीको विचारमा पुस्तकको समीक्षा गर्ने व्यक्ति आफैं श्रृजनागर्न सक्ने हुन्छ । समीक्षा गर्नु भनेको सर्जकले उब्जाएको बस्तुलाई केलाउने, पर्गेल्ने र सिमा तोक्न सक्ने कला हो । त्यसैले पुस्तक समीक्षा भनेको गालि र आलंङ्कारीक लेखन मात्रै होईन । यसमा त सत्य, तथ्य र यथार्थ कुरा पर्गेल्ने विशिष्ठ कला र कौशलता चाहिन्छ ।
कतिपय लेखकहरुले आफ्ना पुस्तकमा जानेमानिएका विद्धानहरु, समाजका प्रतिष्ठित र ओहदाधारीहरुको मन्तव्य वा भूमिका लेखाएर राख्ने गरेको पाईन्छ । यो एक किसिमले पुस्तकको महत्व बढाउने प्रयोजनका लागि गरिने अभ्यास हो । समीक्षा खासमा विज्ञ र विशेषज्ञहरुले गरेकोलाई मानक मानेर गंभीर रुपमा लिइन्छ ।
हिजोआज कतिपय प्रकाशक नयाँ पुस्तक विमोचन गरेर प्रबद्र्धन गर्ने गर्छन् । यस्ता विमोचनहरुमा पुस्तकका समीक्षकहरुलाई पहिल्यै प्रकाशित पुस्तक दिएर भब्य समारोह आयोजना गरी बोल्न लगाइन्छ । बक्ताहरु मार्फत पुस्तकको व्याख्या गरिन्छ ।
तर प्राय वक्ताहरु कुरो खुस्काइ हाल्छन्, मैले गरेको आजको पुस्तक समीक्षा गंभीर रुपमा भएको छैन भन्ने ।
आज विहान भर्खर मात्र पुस्तक हातप¥यो अब उहाँ जस्तो लेखकको पुस्तकवारे कसरी नबोलुँ भन्दै पुस्तकको भूमिका, लेखक परिचय र विषयसूचिवारे मन फुकाएर पुस्तक समीक्षा गरेको प्राय पुस्तक विमोचनमा हेर्नु, सुन्नु र देखिरहनु परेको मात्र होइन, त्यही पुस्तक किन्नु पर्ने बाध्यता विमोचनमा निमन्त्रणा गरिएका भुक्तभोगीहरु हाकाहाकी नै भन्ने गर्छन् । कतिपय विमोचन समारोहका प्रमुख अतिथिले पुस्तक नै नपढेको गाइजात्रा बेहोर्नु पनि यहाँको नियमीत आकस्मिकता बनिसकेको छ ।
लेखक–समीक्षकसहित केही पुस्तक प्रकाशकहरुले प्रश्नोत्तरको माध्यमबाट पुस्तक विमोचनगर्ने परम्परा पनि शुरु नगरेका होइनन् । तर ती पनि एकै खाले लक्षित समुह जम्मा गरेर पुस्तक महिमा गाउने र बेथा पोख्ने झै रहेका देखिन्छन् । पुस्तक विक्रिगर्ने व्यावसाय प्रवद्र्धन हेतुले आयोजना हुने यस्ता कार्यक्रहरुले पाठक मैत्री समीक्षक पाउन नसक्नु अस्वाभाविक होइन ।
तर पुस्तक पढ्ने पाठकहरुको सँख्या दिनपरदिन बढिरहेको छ ।
नयाँ पुस्तामा पुस्तक पढ्ने सँस्कृति मौलाउँदैछ । पुस्तक समीक्षकहरु पनि उदाउँदै छन् ।
पुस्तकको संक्षिप्त जानकारी, विषयबस्तुको ज्ञान, पुस्तकको अन्तरवस्तु स्पष्टसँग प्रस्तुति गर्न सक्ने जो कोहिले पुस्तक समीक्षा गर्न सक्ने बताउँछन् राम लोहनी । भन्छन्, साहित्यिक कृति समीक्षा गर्नेले आख्यान, उपन्यास, कथा, कविता, निवन्ध, प्रबन्ध, नियात्रा, संस्मरण, दैनिकी, आत्मबृतान्त वा के हो ? त्यसमा के के तत्वहरु हुनुपर्छ ?
आफूलाई आधारभूत ज्ञानभएको पुस्तकको अद्योपान्त अध्ययगर्ने गरेको र दुधको दुध पानीको पानी छुट्याउन सक्नेले मात्रै पुस्तक समिक्षा गरे पाठक, लेखक र प्रकाशक तीनै पक्षलाई लाभ हुन सक्छ नत्र हलुका खालको पुस्तक समीक्षाले जुन बजार व्यवस्थाको प्रबद्र्धन गर्ने जुन उद्धेश्य समीक्षकले राखिरहेको हुन्छ, त्यसमाथि सबैभन्दा बढी हानी र घात गरेर पाठकहरुलाई नै त्यसैले बिच्क्याइरहेको हुन्छ ।
सदृश्यलाई वैशाख महिनामा प्राप्त पुस्तकहरु–
पुस्तकको नाम ः गरिखानेका नाममा
लेखक ः विष्णु रिमाल
संपादन ः शार्दूल भट्टराई
प्रकाशक ः नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ।
पृष्ठ ः ४९२
मूल्य ः रु ५०० ।–
पुस्तकको नाम ः लोकवार्ता विमर्श
लेखकहरु (३५ जना) ः डा चुडामणि बन्धु, डा डेनी जंगम रावल, गोपाल ठाकुर, डा मोतीलाल पराजुली, डा कपिलदेव लामिछाने, डा शिवप्रसाद पौडेल, रामकृष्ण चौधरी, प्राडा बिणा पौडेल, पूर्णान्द ओझा, त्रिप्तीशिखा चौधरी, डा पशुपतिनाथ तिमल्सिना, डा अरुणा उप्रेती, बज्रमुनी बज्राचार्य, डा तारामणि राई, डा शंभुप्रसाद खतिवडा, शोभाकान्त गौतम, डा तुलराज निरौला, डा कान्छी महर्जन, डा बद्री शर्मा बिडारी, रामभरोस कापडी भ्रमर, प्राडा जीवेन्द्रदेव गिरी, डा सावित्री मल्ल कक्षपति, डा ध्रुवकुमार घिमिरे, ध्रुवप्रसाद भट्टराई, शशी थापा पण्डित, प्रेम छोटा, प्राडा तुल्सी दिवस, मुकुन्द शर्मा, तेजप्रकाश श्रेष्ठ, डा जयराज पन्त, डा कृष्णप्रसाद न्यौपाने, विष्णुकुमार सिंजाली, प्रतिमा पुन, कृष्ण पौडेल, डा सीता भण्डारी पौडेल ।
संपादन ः संयोजक प्रा. तुल्सी दिवस, सदस्यहरु– प्रा.चूडामणि बन्धु र भीमनारायण रेग्मी ।
प्रकाशक ः नेपाली लोकवार्ता तथा संस्कृति समाज, काठमाण्डौ
पृष्ठ ः३२८
मूल्य ः रु. ६०० ।–
पुस्तकको नाम ः हरिबहादुर
लेखक ः हरिवंश आचार्य
संपादन ः मह संचारका संपादक गणेश कणेल
प्रकाशक ः फाइन प्रिन्ट
पृष्ठ ः २६१
मूल्य ः रु. ३९८।–