ओली-प्रचण्ड सम्झौताको बुंदा नम्बर चार

सुशीलको इमान, जमान र बचनलाई हुर्मत लिने केपी आफुले प्रचण्ड प्रति विश्वास घात गरे र प्रचण्डले लिएको बदलाको सिकार बने तथापि प्रधानमन्त्रीको रूपमा ओली लोकप्रिय नै थिए तर संंसद्को गणित प्रभावित पार्न प्रचण्ड हैसियत पुग्थ्यो । यसरी एकापसमा यो बाह्र वर्षभित्र थुप्रै विश्वासघात र धोकाको खेल मन्चन भयो अझै जारी छ । प्रचण्ड यस्ता पात्र र प्रवृति हुन उनी धोकादिन खान र पुन मिल्न कतै कुनै कसर छोडदैनन । छिटो प्रसंशा गर्ने, छिटो धोकादिने र छिटो फरक फरक धारमा पाइला हाल्ने र कदम चाल्ने चलायमान नेता हुन ।

 

 

प्रचण्ड हिम्मतवाला नेता हुन कुनै समय शेर बहादुर देउवाले भनेका थिए । आज उनी हिम्मतदार नेता रहेको तथ्य र पुष्टि दिने जमर्को हुनेछ । प्रचण्ड यसर्थ हिम्मतदार, हिम्मतवाला नेता हुन कि उनले नगरेको हिम्मत केही र कहिँ बाकी छैन । जे र जहाँ पनि हिम्मत प्रदर्शन गर्न छोडदैनन । हिम्मत देखाउनु भनेको बोल्नु पनि हो उनी अमेरिकी सामाराज्यवाद बिरुद्ध गर्जन्छ्न । भेनेजुयला कान्डमा अमेरिकाको सातो लिए र अमेरिकी ध्यान आफुमा तान्न सफल बने ।

 

भारतीय विस्तारवादको बिरोध त कथित जनयुद्ध शुरु गरेकै बेलामा माग पत्र राखेर नै गरेका हुन । अझ भारतिय विस्तारवादको बिरुद्ध लडन रुकुम रोल्पाका गाउँ हरुमा सुरुङ्ग नै खनिएको थियो जुन सुरुङ्ग आज पनि वीरताको प्रतीक र एतिहासिक जनयुद्ध कालिन स्मारकको रूपमा सुरिक्षित राखिएको छ ।

 

अरु देशी बिदेशी प्रतिक्रियावादी, पुनरुत्थान्वादी, पुरातनपन्थी तत्व र शक्ति संग प्रचण्ड नजुधेको र नबाझेको रेकर्ड कमै छ । अहिले पनि पुर्व राजा ज्ञानेन्द्र नितान्त आफ्नो पारिवारिक भोजमा आफन्तसंग नाचे भने पनि प्रचण्डको मुटु भत्भती पोल्छ र कडा आपत्ति ब्यक्त गर्छ्न र तमासा नदेखाउन चेतावनी दिन्छ्न ।

 

प्रचण्ड संग ठुलो शक्ति र सामर्थ्य छ त्यसैले यिनी कसैसग पनि जुध्न छोडदैनन । भर्खरै मात्र के पी ओली संगको लिखित सहमति र सम्झौता बाहिर ल्याइदिएर अर्को रडाकाे मच्चाउदै छन् । जेन्टल मेन एग्री मेन्ट लिखित हुदैन तर जेन्टलमेन एग्रीमेन्टमा हाम्रो राजनीतिका खेलाडीले राम्रो छाप दिन सकेनन् एकार्काप्रति पटकपटक बेइमानी गरेर तोडेका छन् । नेपाली राजनीतिमा जेन्टलमेन एग्रीमेन्ट भंग भएको र हिलो छ्यापाछाप गरेको फेहरिस्त लामो छ जसको ’boutमा राजनितिशास्त्रीहरुले बिध्याबारिधीगर्ने विशय र गम्भीरता पाउछन् । सिद्धान्तका ठेली निर्माण गर्छन् ।

 

राजनीतिमा अविश्वास,संसय र धोकाघडि हुनथाले पछि कहिलेकाही नेताहरू जेन्टलमेन एग्रीमेन्ट लिखित रूपमा दस्तावेज बनाएर आफू सुरक्षीत भएको महशुस गर्छन यद्यपि राजनिती यस्तो चिज र बिषय हो जहाँ सम्झौता गरिएका सबै कुरा लागू हुन्छन् भन्ने छैन र झन हाम्रोमा त्यो सम्भावना एकदम न्यून छ । सम्झौता केबल तत्कालीन परिस्थितिमा फेस सेभिङको लागि मात्रै हो भन्नेकुरा प्रमाणित तथ्य जस्तै भएको छ ।

 

प्रायः सत्तासंग सम्झौता गर्नेहरु सम्झौता पालन गर्न र गराउन उदासिन रहन्छन यदि सम्झौता पालन नै भै हाल्यो भने आफ्नो मुद्दा र अस्तित्व सकिन्छ भोलिको लागि राजनितिमा स्पेस रहन्न भन्ने लघु मनोवैज्ञान पनि पाइन्छ राजनितीज्ञहरुमा । प्राइम टाइम टेलीभिजन अन्तर्वार्तामा आलोपालोमा सत्ता चलाउने लिखित सहमति भएको कुरा जब चर्चामा आयो तब बिबिध कोण बाट राजनितीको जोड घटाउले बजार तात्यो । पुर्व माओवादी नेताहरू लिखित सम्झौता भएको छ भन्नेमा ढुक्क थिए तर सबै पुर्व एमालेजन केपि ओली किचेन क्याबिनेट भन्दा इतरलाई यो विश्वास थिएन तर अचानक प्रचण्ड अन्तर्वार्ताको खुलस्त सगै यो लिखित दस्ताबेजको पाँचौ नम्बर सम्म रहेछ अरु चार नम्बर र बुदामा कसैको आपत्ति समर्थन र बिरोध देखिन्न तर चौथो बुदामा यस्तो लेखिएको छ ” समानता र समान अबधिका आधारमा आवश्यकता अनुरुप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने ” बहुत चर्चा र मिडिया कभरेजमा छ । जहाँ आलो पालो सत्ता सयर पाँच वर्षमा आधा आधा समय सत्ताको नेतृत्व प्रचण्ड के पीले बाडेर लिने आशय उल्लेख छ ।

 

धेरैलाई यो बुदा चै मौखिक मात्रै होला भन्ने लागेको थियो तर मौखिक या भद्र सहमतीबाट सधैं पीडित र प्रताडित दुवै नेता लिखित गर्न राजी हुनु पनि विश्वासको अभाव भएर नै हो । समय अगावै त्यो सम्झौता सार्वजनिक गर्न हतार गर्नुको अर्थ सम्झौता पालनमा केपि प्रती प्रचण्डको शंका र दुबिधा हो । यो कुराको लख सामान्य मान्छेको दिमागी पहुँच भित्र पर्छ । सम्झौताप्रति ईमानदार हुनुपर्छ भनेर तल देखि माथिका नेताकार्यकर्ताले सधैं बोलीरहनु, सम्झाइरहनु आफ्नै पार्टीको अर्को खेमा प्रतिको अविश्वास नै हो । यदि विश्वास नै रहन्थ्यो भने समय आएपछि कार्यन्वयनमा जादा कुनै र खासै फरक पर्थेन ।

 

स्मरणीय कुरा के छ भने जनताको मत स्थिरता सुशासन र समृद्धिको लागि ढुक्क पाँच वर्ष केपी ओलीको नेतृत्वको लागि अनुमोदन थियो जुन कुराको हेक्का नेताहरुले नराख्नु भनेको जनताको मतादेशको अपमान र अवमूल्यन हो । आफ्नो स्वार्थमा लाभ देख्ने नेताहरू भए सम्म देश स्वार्थको चङुल बाट माथि उठन सक्दैन । २०६२/०६३को जनआन्दोलन पछि स्वार्थ प्रभावित भएर जेन्टलमेन एग्रीमेन्टमा आएका उतारचढाव र केही गुनासा घटना हेरौं । ज्ञानेन्द्र शाह पनि आफुसंग भएको भद्र सहमति दलहरुले तोडेको गुनासो गर्छन् ।

 

आज पनि राजा ज्ञानेन्द्रको गुनासो उही छ दलहरू सम्झौता पालन गर्न इमानदार भएनन सम्झौता रद्दीको टोकरीमा फ्यालेर राजतन्त्रको बिदाइ गरे तर सम्झौता खासमा भएको के थियो, त्यो लिखित थियो या मौखिक मात्रै त्यो स्पष्ट ज्ञानेन्द्र शाहले पार्न सकेका छैनन या उचित मौकाको प्रतीक्षामा छन । उपयुक्त मौका परेको खण्डमा त्यो दस्तावेज सार्वजनिक गर्नेछन् । राजनितिक विस्लेशकहरुको अनुमान चै यस्तो रहेको छ ।

 

निरंकुश राजतन्त्रको अन्त्य मात्रै लाई ज्ञानेन्द्र शाहले राजतन्त्र कै बिदाइ भनेर बुझेनन् तर दलहरूले निरंकुश राजतन्त्रको अन्त्य भनेको सबै प्रकारको राजतन्त्रको समुल अन्त्य र गणतन्त्र भनेर परिभाषित गरे । जे भए पनि लिखत नदेखुन्जेल यो जेन्टलमेन एग्रीमेन्टमा देखिएको बिरोधाभाष हो जसलाई राजा र दलहरूले आफ्नो अनुकुल व्याख्या गरे गरिरह्न्छ्न । गिरिजाप्रसाद कोइरालाले बेबी किङ ’boutमा बोल्नुले पनि थप आशंका गर्न सकिन्छ तर आफू देशको पहिलो राष्ट्रपति हुने लोभमा गिरिजाप्रसाद जेन्टलमेन एग्रीमेन्ट बाट पछि हटे अन्तत धोकाको परिणाम धोकामै गएर टुंगिन पुग्यो गिरिजाप्रसादलाई राष्ट्रपति बनाउने भित्री सम्झौता प्रचण्डले धोती लगाइदिए ।

 

प्रचन्डले गिरिजाप्रसाद संग भद्र सहमति गरेर अभद्र ब्यबहार गरेको कुरा सबैको स्मृतिमा धमिलो भैसकेको छैन । प्रचण्ड स्वयंले पनि गिरिजाप्रसादलाई राष्ट्रपति नबनाएर गल्ती गरेको कुरा पछि आएर स्वीकार गरेका छन । सुशीलले पनि के पी संगको भद्रतालाई कुरुपता दिएको निकट अतीत छ ।घुमिफिरी रुम्जाटार केपीले प्रचण्ड संग गरेको भद्र सहमतिको धज्जिबाट प्रचण्ड बिक्षप्त बनेर छापामार शैलीमा शेर बहादुर संग नारिन गए र भलै शेर बहादुरले प्रचण्डको काध थापे र दुवैले एक अर्कालाई भद्र सम्झौतामा खरो उतारे ।

 

सुशीलको इमान, जमान र बचनलाई हुर्मत लिने केपी आफुले प्रचण्ड प्रति विश्वास घात गरे र प्रचण्ड ले लिएको बदलाको सिकार बने तथापि प्रधानमन्त्रीको रूपमा ओली लोकप्रिय नै थिए तर संंसद्को गणित प्रभावित पार्न प्रचण्ड हैसियत पुग्थ्यो । यसरी एकापसमा यो बाह्र वर्ष भित्र थुप्रै विश्वासघात र धोकाको खेल मन्चन भयो अझै जारी छ । प्रचण्ड यस्ता पात्र र प्रवृति हुन उनी धोकादिन खान र पुन मिल्न कतै कुनै कसर छोडदैनन । छिटो प्रसंशा गर्ने, छिटो धोकादिने र छिटो फरक फरक धारमा पाइला हाल्ने र कदम चाल्ने चलायमान नेता हुन । आफ्नो अनुकूल पाइला चाल्ने र फाल्ने कला यूज आइन्ड थ्रो गर्न खप्पिस छन त्यसैले यिनलाई बलवान चरित्रको मान्छे भनेर चिन्न सकिन्छ । आफ्नो सैद्धान्तिक मूल्य र मान्यता भन्दा अघि पछि जता पनि हिंड्न् , दौडन र सुस्ताउन , छलिन माहिर छन । नास्तिक हुन भैंसी पुजा गर्न जान्छन् ।

 

भौतिकवादको ओकालत गर्दा गर्दै आदित्यको अलौकिक शक्तिको बखान र खोज अमुसन्धानको आध्यात्मिक सरणमा पुग्छन् । जनवाद र जनवादी बिहे र संस्कृतिको कुरा गर्छ्न अनि आफ्नो बिहेको पचासौं वर्ष गांठ सामन्ती झल्को र परम्परा माथ गर्ने गरि गर्छन् । नातावाद , कृपावाद र फरियावाद अपसंस्कृति भन्छ्न तर छोरीलाई मेयर बनाउन काङ्ग्रेसलाई भोट माग्छन , बुहारी मन्त्री बनाउन जनजाति महिलाको आरक्षण खोस्छन । विचित्रका छन प्रचण्ड । भेनेजुयला कान्डमा क्रान्तिकारी वक्तव्य जारी गरेर अमेरिकालाई रुष्ट बनाएको भ्रम खडा गरेर आफ्नो अमेरिका यात्रा सहज र श्रीमतीको उपचारमा फ्यासिलेसन खोजी गर्छन् ।

 

भारतिय विस्तारवादको बिरुद्ध भारतकै रसद्पानीमा खाइपिइ गरेर लडाइँ गर्छन नेपाली राजनितीका अदभूत पात्र हुन प्रचण्ड । ब्ल्याक मेलिङ घुर्कि धम्की र षडयन्त्रको तानाबाना यिनको सदाबहार चरित्र हो । सांसदमा एक पटक गुरिल्ला डान्स मन्चन गरेको बेला तत्कालीन एमाले अध्यक्ष ओलीले भनेका थिए यो दुई चार करोडको लागि गरेको बार्गेनिङ हो । दुई चार करोड हातमा परेपछि माओवादी चुप लाग्छ । नभन्दै लडाकु संयोजनको लागि रकम निकासा पछि माओवादी पछि हटे सांसद सुचारु भयो ।

 

चर्चा र विवादमा आइरहनु ,मिडियाम सर्वत्र छाइरहनु यिनको सौख हो ।शान्त तलाउ यिनी मन पराउदैनन ढुङ्गा फालेर तरङ्ग ल्याइरहन रुचाउँछन् । प्रधानमन्त्री ओली मोदीको सपथ ग्रहणमा भारत थिए यति नै बेला पार्टी एकता हुँदा गरिएको सम्झौता लिखत बाहिर ल्याइदिएर प्रधानमन्त्री ओली माथि दवाव सिर्जना गर्न अर्को हिम्मत प्रदर्शन गरे । प्रचण्ड हतार र हतास मनस्थितिमा हुन्छन् र बेला न कुबेला आफ्नो ब्रम्हस्त्र छोडछन र निहित उदेश्यको लागि बार्गेनिङ पावर देखाउछ्न यतिबेला पार्टी भित्र पोलिट ब्यूरो लगायत अरु विभिन्न केन्द्र निर्माण गर्न रस्साकस्सी चलेको छ उनलाई अझै पनि हेगको भूत देखाएर तर्साउने, थकाउने, गलाउने मनोबैज्ञानिक त्रास देखाएर साइजमा राख्न पुर्व एमालेहरु लागि परेका छन र सो आभास भएर नै सम्झौता यस्तो छ अब १५ महिना पछि म देशको कार्यकारी तहमा पुग्छु मलाई धेरै प्रेसरमा राख्न नखोज भनेर काउन्टर दिने अभियान हुनसक्छ । आगामी अधिवेशनमा पार्टीले कुन सिद्धान्त अंगिकार गर्ने मदन भण्डारीको बहुदलीय जनवाद कि प्रचण्डको एक्काइसौ सताब्दीको जनवाद यो पनि विवादको एक छाल हो ।

 

असंतुष्ट ईश्वर पोख्रेल बहुदलीय जनबादको पक्षमा दृढता पुर्वक खडा छन अरु एमाले जन यसको पक्षमा हुनु अस्वाभाविक होइन अब बहस बिबाद र छलफलको पेचिलो हतियार सैद्धान्तिक आधार पनि हो । पार्टी जिवन्त हुनलाई बहस छलफल र विवाद सामान्य हो तर दुइटा पार्टी हठाथ एकीकरण गरिए पनि सैद्धान्तिक आधार र वैचारिक मन्थन प्राथमिकता भन्दा बाहिरका कुरा हुन भन्ने तथ्य छर्लङ्ग छ । नितिको आधारमा एकता होइन नेताको स्वार्थको आधारित थियो भन्ने कुरा जित्ने अनि मिलिभगतमा सत्ता सयर गर्ने सम्झौताले प्रष्ट पारेको छ ।

 

बोली फेर्न र मिडियालाई दोष दिएर लाज पचाउन हाम्रा नेताहरू खप्पिस छन जबाफदेहितामा विश्वास गर्ने सिद्धान्त नहुदा नेताको बोली र वचन सदैव आसंकित रहन्छ आज बोलेको भोलि आकस्मिक रूपमा फेरिन्छ । प्रचण्ड जति वाचाल छन् ओली पनि कम चतुर छैनन् सायद प्रचण्ड ब्ल्याक मेलिङको अर्थ र उनको उदेश्य बुझिसकेका छन । सो मुताबिक आफ्नो रणनीति तय गरेर पावर सेयरिङमा भित्र भित्र गटि चालिसकेका छन ।

 

बिपक्षी दङ्ग ,प्रेस लाई भलिभाती मसला, राजनीतिमा तरङ्ग तर आखिर खेल कसले कति राख्ने लिने दिनेमा टुंगिन पुग्छ प्रचण्ड गर्जनको एक अध्याय समाप्त भएर अर्को अध्याय शुरु नहुन्जेल खुल्दुली खुल्दुली मै सिमित रह्न्छ । सत्ताको सिनो ङ्यार ङ्यार ङुर ङुर गर्दै बाडिचुडि खानुमै छ मजा । सत्तासीनहरु नयाँ नयाँ तमासा सहित बिना नियमको खेल खेलिरहन्छन हामी जनता महँगो कर तिरेर उत्सुकतापुर्वक झेली खेल हेरिरहन अभिशप्त छौ।