कांग्रेसको कच्चा कसरत

 

 

चुनाव भनेको ‘विन विन’ हुँदैन, यसमा ‘विनर र लुजर’ नै हुन्छ । फेरि, दोस्रो संविधानसभामा पहिलो भएको दलले के भनेर तेस्रो र झण्डैझण्डै जनताबाट तिरस्कृत हुनपुगेको माओवादीसँग सहकार्य गर्यो, त्यस तालमेलको केही रणनीतिक आधार थियो भने त्यो के थियो ?

 

श्रीकृष्ण अनिरुद्ध गौतम 

स्थानीय तहको निर्वाचनमा एमालेले नेपाली कांग्रेसलाई उल्लेख्य अन्तरले उछिनेकोमा कांग्रेस नेताहरु दुखित हुन पुगेका छन् । पहिलोभन्दा पनि दोस्रोमा चरणमा एमालेको प्रदर्शन सप्रिएको, कांग्रेसको झन् बिग्रिएको छ । यहाँसम्मकि प्रदेश १ र ५ का मधेसी बहुल क्षेत्रका कतिपय स्थानमा समेत एमालेले आश्चर्यजनक सफलता हासिल गरेको छ । पहाडी समुदायमा यसको पकड मजबूत र विस्तार उल्लेख्य रहेको त बुझ्न सकिन्छ । तर, जहाँ एमालेलाई शत्रुका रुपमा दर्ता गरिएको छ त्यहाँ समेत यसको स्वीकार्यता र लोकप्रियता भने चकित पार्ने खालको देखिएको छ ।

 

केवल कांग्रेसमा आन्तरिक फूट र मधेस केन्द्रित दलहरु एकजुट हुन नसकेकैले एमालेलाई आशातीत लाभ प्राप्त भएको होइन । यसको स्वीकार्यता र लोकप्रियता धेरै अर्थमा मनोवैज्ञानिक छ । यसमाथि टापटिपे टिप्पणी होइन, गहन समीक्षाको आवश्यकता छ । ’cause एउटा राजनीतिक दलमाथि जनताले त्यतिकै विश्वास गर्दैनन्, उनीहरु प्रतिबद्धतालाई मात्र पत्याउँदैनन्, इतिहास वाचनकै भरमा भर पर्न सक्दैनन् । जनता आफ्ना आवश्यकताको आपूर्ति र सुरक्षाप्रति बढी सचेत हुन्छन् । बलियोलाई पत्याउँछन् ’cause बलियोले नै सुरक्षा सुनिश्चित गर्न सक्छ । यस्तोमा मान्छे मधेसी होस् अथवा पहाडी बलियोतर्फ नै आकर्षित हुन्छ ।

 

राजनीतिमा बलियो भन्नाले मुस्तण्ड कार्यकर्तापंक्ति हुनेलाई होइन प्रस्ट दिशाबोध भएको नेतृत्वअन्तर्गत नीतिगत स्पष्टता र खट्ने कार्यकर्ता भएको संगठन हो भनेर बुझ्नुपर्छ । तर, कांग्रेसले यतातिर भन्दा आफ्नो ‘गौरवशाली इतिहास’ र परम्परागत समर्थनलाई आफू बलियो हुने मूलमन्त्र मान्यो जबकि कुशल नेतृत्व भएन भने इतिहास एकालाप र परम्परागत समर्थनको आधार कृष्णभीरको पहिरो बन्न जान्छ । कांग्रेसको हकमा स्थानीय तहको निर्वाचनमा त्यही भएको हो । यसले देशले लिइरहेको दिशा बुझन् सकेन, एकपछि अर्को नीति र नेतृत्वगत भूल गर्दै गयो । प्रहरी प्रमुखको नियुक्ति विवाद र त्यसैमा तानिएर तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव कांग्रेसका लागि प्रत्युत्पादक हुनु त थियो नै, त्यसमाथि माओवादी केन्द्रसँग चुनावी तालमेलले यसको छवि नै ध्वस्त हुनपुग्यो ।

 

पार्टीलाई प्रथम बनाउन एमालेले अपनाएको शैली आक्रामक छ । विमति हुनसक्छ कतिपयको यसमा तर प्रथम हुनलाई आक्रामक शैली नै अवलम्बन गर्नुपर्छ । चुनाव भनेको ‘विन विन’ हुँदैन, यसमा ‘विनर र लुजर’ नै हुन्छ । फेरि, दोस्रो संविधानसभामा पहिलो भएको दलले के भनेर तेस्रो र झण्डैझण्डै जनताबाट तिरस्कृत हुनपुगेको माओवादीसँग सहकार्य गर्यो, त्यस तालमेलको केही रणनीतिक आधार थियो भने त्यो के थियो ? यसका आधार र औचित्य’bout कुनै स्पष्टीकरण आएन । अनेकन प्रश्नहरु उठिरहे तर निर्वाचन अवधिभर ती प्रश्न अनुत्तरित रहे ।

 

लोकतन्त्रको राजनीतिमा जनमानसमा उठेका प्रश्नहरु अनुत्तरित रहनु हुँदैन । कतिपयका नजरमा शेरबहादुर देउवा चौथो पटक प्रधानमन्त्री बन्नु नै कांग्रेसको महानतम् उपलब्धि हुनसक्छ तर यसलाई मतदाताले उपलब्धि मान्नुपर्ने तर्कको कुनै औचित्य छैन । यसको औचित्य नभएको विषय निर्वाचन परिणामबाट पुष्टि पनि भइसकेको छ । तथापि किन बने, के गर्न बने यी प्रश्नहरुको निश्चय नै उत्तर दिइएको हुनुपर्छ । जहाँसम्म प्रचार छ, उनी मधेस केन्द्रित घटकहरुको दल, राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा सामेल गराउने मिसनअन्तर्गत प्रधानमन्त्री बनेका हुन् । दोस्रो चरणको निर्वाचनमै त्यो मिसन असफल भएको छ । फेरि, राजपा निर्वाचन प्रक्रियामा सामेल हुनैपर्छ, नभए देशमा चुनावै हुनसक्दैन भन्ने जुन होहल्ला मच्चाइएको थियो, दुबै चरणका निर्वाचनले यसलाई निराधार सिद्ध गरिदिएको छ ।

 

हेक्का रहोस्, कुनै एक दलले मधेस अर्थात् प्रदेश २ अर्थात् सप्तरी–पर्सा फाँट र मधेसीका भावनाको समग्र प्रतिनिधित्व गर्दैन । मधेस देशभित्रका अरु एकाइजस्तै अभिन्न र अटूट अंग हो । देशकै भावना त्यहाँ प्रतिबिम्बित हुन्छ । यसै लाइनमा जसले मधेससम्बन्धि नीति बनाउँछ, तदनुसार व्यवहार गर्छ, त्यही दलले देशको भावी राजनीतिमा पनि अग्रता लिनेछ । जहाँसम्म विखण्डनको त्रास देखाउनेहरुको कुरा छ, उनीहरुले एनजिओ त चलाउनु पर्यो , दातालाई रिझाउनु पर्यो । त्यसैले त्यो फगत उनीहरुको आजीविकाको साधन हो । कांग्रेस यदि आगामी निर्वाचनमा एमालेसँग टक्कर लिन चाहन्छ भने यसले सर्वप्रथम दाताका झोला बोक्ने परामर्शदाताहरुबाट सल्लाह लिन बन्द गर्नुपर्छ । ’cause, ती दाताहरुको अजेण्डा नै नेपाल राष्ट्रको सर्वोपरि हितमा छैन ।

 

कांग्रेसले यतातिर ध्यान दिनुपर्छ यो सुझाव दोहोर्याउनु  बाहेक अहिले कुनै विकल्प छैन । तर, कांग्रेसमा यतातिर अर्थात् पार्टीलाई बलियो बनाउन ध्यान दिने मानिस छन् र ? कर्मठ, समर्पित नेता बाँकी छन् र ? यहाँ यी प्रश्न बढी सान्दर्भिक हुन्छन् । ’cause मान्छे भए न देखिने हुन् । टक्करका नेता प्रस्तुत हुने हुन् । त्यसैले जबसम्म टक्करका नेता देखिँदैनन्, तबसम्म, भनिरहनु पर्दैन, कांग्रेसको हरेक कसरत कच्चा नै सिद्ध हुनेछ ।