बाबुरामको पलायन यात्रा

बाबुराम भट्टराई बाहिर जे देखिन्छ भित्र पटक्कै त्यस्ता छैनन् । उनी जे बोल्छन् त्यो कहिल्यै गर्दैनन् । जे गर्छन त्यो कहिल्यै भन्दैनन् । बाबुराम इर्स्या र पूर्वाग्रहको राजनीतिमा रमाउँछन् । बाबुराम यथार्थमा एकात्मक चरित्रका मान्छे हुन् । मनले कम्युनिष्ट नहुँदा नहुँदै पनि यतिका बर्षसम्म एउटा मान्छे कम्युनिष्टको नक्कली कल्की सीउँरेर देश र जनतालाई धोका दिने सामर्थ राख्दो रैछ भन्ने कुराको एउटा असली नमुना चै भएका छन् बाबुराम ।

 

-सुभाषचन्द्र देवकोटा

 

यथार्थमा, बाबुराम भट्टराई मनले कहिल्यै पनि कम्युनिष्ट थिएनन् । तर पनि उनले बर्षौसम्म कम्युनिष्ट भएको ढोंग रचेर छलको खेती गरिरहे । जनताको संबेदनशिलता माथि खेलेर आफ्नो राजनीतिको रोटी सकेकी रहे । यसो गर्नुमा उनको के बाँध्यता थियो, त्यो त उनैलाई नै थाहा होला । मनले कम्युनिष्ट नहुँदा नहुँदै पनि यतिका बर्षसम्म एउटा मान्छे कम्युनिष्टको नक्कली कल्की सीउँरेर देश र जनतालाई धोका दिने सामर्थ राख्दो रैछ भन्ने कुराको एउटा असली नमुना चै भएका छन् बाबुराम ।

 

कुनै कालखण्डमा बाबुराम भट्टराई ऋषिकेश शाहले खोलेको समाजवादी डबलीका अभियन्ता थिए । जुनबेला ऋषिकेश शाहलाई दिल्ली दरवारको नजिकी मानिन्थ्यो ।घुम्दा घुम्दै रूम्जाटार भने जस्तै जीवनको उत्तरार्धमा बाबुराम फेरी उपेन्द्र यादवको समाजबादी चौतारीमा सुस्ताउन आइपुगेका छन् । समय अधि र पछि भए पनि बाबुरामलाई ऋषिकेश शाह र उपेन्द्र यादवसंग जोड्ने रसायन गुणा भने एउटै छ। यादवसंगको यो अप्राकृतिक र अप्रत्यासित मिलनलाई बाबुरामले राजनैतीक पुर्नजागरण यात्रा भनेर व्याख्या गरे पनि यसलाई  धेरैले बाबुरामको  राजनैतिक यात्रामा लागेको पूर्णबिराम भनेर टिप्पणी गरेकाछन् ।

 

बाबुराम आत्माकेन्द्रीत र तर्कशील छन्  तर आफ्नै बखानमा रमाउँछन् ।  भनिन्छ, बाबुराम मनको आवाज बोल्दैनन् , शक्ति केन्द्रको भाषा बोल्छन् । शक्ति केन्द्रको आदेशमा संविधानको बिरोध तथा संविधानको बिरोधमा भारतले लगाएको गैह्कानुनी नाकाबन्दीको समर्थनमा सीमाना पुगेर जुलुस लगाउने , भाषण ठोकेर  मान्छेहरूलाई भड्काउने काम बाबुरामले नै गरेका थिए । त्यसैले सबैले भन्छन् बाबुराम प्रायोजित राजनीतिमा रमाउछन् र शक्ति केन्द्रहरुको बोलीमा लोली मिलाउन खप्पिस छन् ।

 

माओवादी पार्टी र आन्दोलनलाई बाबुरामले आफ्नो राजनैतिक व्यक्तित्व उजिल्याउन राम्रैसंग उपयोग गरे । सांसद भए, मन्त्री र प्रधानमन्त्रीसम्म भए । माओवादी राजनीतीले बाबुरामलाई मान, प्रतिष्ठा, पद र शक्ति सबै दियो । तर उनले माओवादी आन्दोलनलाई नै धोका दिएर । जनताको बिश्वास र सपनामाथि पानी पोखे । आफ्नो स्वार्थी राजनीतिको लागि आफै उठेको जग भत्काए । बिचार र आदर्शलाई बागमतीमा बगाए ।

 

बाबुराम भट्टराई बाहिर जे देखिन्छ भित्र पटक्कै त्यस्ता छैनन् । उनी जे बोल्छन् त्यो कहिल्यै गर्दैनन् । जे गर्छन त्यो कहिल्यै भन्दैनन् । बाबुराम इर्स्या र पूर्वाग्रहको राजनीतिमा रमाउँछन् । अर्काको आँङ्मा जुम्रा देख्ने आफ्नो आँङ्को भैसी नदेख्ने उनको पुरानो बानीमा कुनै परिवर्तन आएको छैन । बाबुराम यथार्थमा एकात्मक चरित्रका मान्छे हुन् । यो कुराले स्वंय उनका कार्यकर्ताहरुले नै बताउँछन् ।

 

अरूलाई राजनीति निष्ठा र विचारको पाठ पढाउने बाबुराम आफै भने पटक निष्ठाबाट चिप्लिएका छन् । राष्ट्र र जनताको उन्नयनको हुनुपर्ने राजनीतिलाई  उनले आफ्नो प्रतिष्ठाको भर्याङ्ग बनाए । त्यसैले त कुनै बेलाका समकालीन राजनीतिका सर्बाधिक लोकप्रिय बाबुराम भट्टराई आज बाउन्ने भएका छन् । राजनीतिका सर्बाधिक विवादास्पद व्यक्तित्वको परिचय पाएका छन् ।

 

जसले मायाँ गर्यो उसैलाई लात हान्ने बाबुरामको पुरा नै प्रबृत्ति हो । कुनै बेला बाबुराम मोहन बिक्रमका सर्बाधिक प्रीय पात्र थिए । एउटा गुमनाम व्यक्तिलाई मोहन बिक्रमले नै राजनीतिमा स्थापित गरिदिए । थिए । तर बिडम्बना, तीनै बाबुराम मोहन बिक्रमको जरा काट्न उद्धत भए । आफैलाई बर्षौ देखि आश्रय दिने घरमा अगुलटो झोसे । नेपाली कम्युनिष्ट आन्दोलनका शीखर व्यक्तित्व मोहन बिक्रमको मान मर्दन गरे ।

 

मोहन बिक्रमको नेकपा मसाल छोडेर तत्कालिन नेकपा एकता केन्द्र (पछि एकता केन्द्र माऒवादी)मा छिरेका बाबुराम एकैचोटी केन्द्रीय नेतृत्वमा स्थापित भएका थिए । तर त्यहाँ पुगेपछि पनि बाबुरामले आफ्नो तुष्टिको लागि मोहन बैध्य र प्रचण्डको बीच खेल्ने काम भने छोडेन् । धैरै नेता कार्यकर्ताहरूलाई छिर्के लगाउँदै आफ्नो राजनैतिक स्तरोन्नती गरिरहे ।

 

बाबुरामले राजनीतिका अनेकन उकालीहरु प्रचण्डहरु कै काँधमा चडेर पारगरे । माओवादी आन्दोलनको संवेदनशिलता माथि खेलेर मान, प्रतिष्ठा पनि कमाए मन्त्री, प्रधानमन्त्री र सासंद भए । तर जब उनलाई माओवादी पार्टीबाट अब पाउने केहि बाँकी छैन भन्ने लाग्यो तब आफैले चडेको रूखमा बञ्चरो हाने र शहीदहरूको सपना माथि आगो झोसे । समग्रमा भन्नुपर्दा कम्युनिष्ट आन्दोलनलाई नै अन्तरघात गरे । रातारात कम्युनिष्ट बिरोधी भए । कम्युनिष्ट जनयुध्दका जनसरकार प्रमुख एकाएक दलाल पूँजीवादीमा परिवर्तन भए ।

 

बाबुराम भट्टराई लोकाचारी छन् । अरुलाई लोकतन्त्रका पाठ पढाउँछन् । तर मौका आउँदा लोकतन्त्रका सबै मान्यताहरूलाई धोती लगाएर स्वर्थको रोटी सेक्छन् । आफ्नो राजनैतिक उन्नयनका लागि जो संग जस्तो सुकै संझौंता गर्न सक्छन् । जसको उदाहरणा गत संसदिय निर्बाचनमा गोरखा २ नंम्बरमा चुनाव जित्न काँग्रेससंग आत्मासमर्पण गरेको कुरालाई पनि लिन सकिन्छ । कुनै बेला आफैलै स्थापित गरेका मूल्य र मान्यता बिरूध्द उभिए ।

 

नयाँ शक्ति बाबुरामले खोलेको नयाँ राजनैतिक दल, जसलाई  वैकल्पिक राजनैतिक शक्तिको रुपमा धेरै व्याख्या भयो । तर यसको औचित्यता बाबुरामले कहिल्यै पुष्टि गर्न सकेनन् । ठूलो तामझाम सहित खोलेको राजनैतिक दलले चार बर्षको आयू पनि काट्न नपाउँदै उपेन्द्र यादवको संघीय समाजवादी फोरमसंग मिसाइयो । अब कुन प्रयोजनले नयाँ शक्ति भन्ने राजनैतिक दल बनाइयो, आज कुन प्रयोजनका लागि संघीय समाजवादी फोरम संग एकता गरियो ? यसरी दुई दललाई जोड्ने बलशाली रसायन गुण के हो यस कुरा  फेरी एकपटक नेपाली राजनीतिमा चर्चाको बिषय भएको छ । अति महत्वकाँक्षा र कुण्ठाग्रस्त मनोग्रन्थी भएका तथा निर्माण भन्दा ध्वँस्स र जोड्न भन्दा फुटाउँदा आफ्नो हित देख्ने बाबुरामको प्रबृत्तिलाई नवनिर्माण समाजवादी दलले कसरी झेल्न सक्छ त्यो त हेर्न बाँकी नै छ ।