भारतीय चुनाव र नेपाली चासो

नेपाललाई चाहिं कसको सरकार बन्यो भने फाइदा होला त, एनडिए को वा युपिएको ? अर्थात, नरेन्द्र मोदी वा राहुल गान्धी ? हुन सक्छ यी दुवै व्यक्तिहरूले निर्वाचन हारेर आफ्नो गठबन्धनले चाहिं बहुमत ल्यायो भने अन्य दोस्रो श्रेणीमा रहेको व्यक्ति प्रधानमन्त्री हुँदा नेपालको लागि के हुन्छ ? अथवा, कुनै तेस्रो शक्ति वा व्यक्ति पनि सत्ताको मुख्य सिटमा नआउला भन्न सकिन्न ।

 

भारतमा ११ अप्रिल देखि १९ मे, २०१९ सम्म १७औं लोकसभाको निर्वाचन सात चरणमा सकिने गरेर धमाधम सञ्चालन भइरहेको छ । जब २३ मे देखि मतपेटीकाहरू खोलेर मत गणना हुन थाल्छ त्यसपछि शुरु हुन्छ करिब ९० करोड मतदाताले मतदान गरेको नतिजाको कतै सोचेको त कतै नसोचेको परिणाम । बिभिन्न मिडियाहरूले आ–आफ्नै तरिकाले देखाएका “एक्जिट पोलको” अनुमानित परिणाम कत्तिको मिल्छ कत्तिको मिल्दैन त्यसपछि फेरि अर्कै वहशको विषय हुने नै छ ।

 

भनिन्छ भारत संसारको सबैभन्दा ठूलो प्रजातन्त्र भएको मुलुक हो । तर, बुझ्न नसकेको कुरा के हो भने के हो ठूलो प्रजातन्त्र भनेको ? सायद धेरै भन्दा धेरै स्वतन्त्रता भएको मुलुक भन्न खोजिएको होला । कुनै दिन चुनावी चर्चामा बाबा राम देव, योगी आदित्य नाथ, अमिताभ बच्चन देखि स्मिता इरानी सम्मले मुख्य स्थान पाउँदै आएका थिए । अहिले नरेन्द्र मोदी र राहुल गान्धी मात्र होइन, कन्हैया कुमारले पनि यो चुनावलाई सबैको कौतुहलतालाई बढाएको छ ।

 

राजनीतिको चस्का सबैमा हुने रहेछ । बलिउड फिल्म इन्डस्ट्री भनेपछि हलिउड भन्दा सानो मानिन्छ तर कलाकार र फिल्म उत्पादनको हिसावले त्यसलाई पनि उछिनीसकेको छ, भलै बजेट र टेक्निकलको हिसावले अहिले पनि सानै होला । त्यसैले नाम चलेका नामी कलाकारहरूको प्रत्यक्ष संलग्नता ले हरेक चुनावलाई “ग्ल्यामर” बनाइदिन्छ । काँग्रेस आई र भाजपा मात्र होइन, ससाना पार्टीहरू माकपा, भाकपा, तृणमुल, समता, समाजवादी, बहुजन समाजवादी देखि क्षेत्रीय पार्टीहरू सम्ममा उनीहरू छाएका छन् । टिकटको लागि लाखौं, करोडौं रुपैयाँ चन्दा दिएका छन् । कलाकार मात्र होइन, नाम चलेका खेलाडीहरूले पनि उत्तीकै रोचक पारिरहेका छन् । ती बाहेक संगित क्षेत्रका हस्तिहरू तथा नामुद पत्रकार, वकिल, भुुपुकर्मचारीहरूको मैदान भिडन्तले मे देखि जुन सम्म हुने मतगणनाको परिणामले विश्वकै ध्यानाकर्षण गराउने छ ।

 

कुल ५४५ प्रतिनिधी सभा सदस्यको सिट मध्ये ५४३ जनाको भाग्यको फैसला हुने छ । दुई जना “एङलो इन्डियन” लाई पछि राष्ट्रपतीले मनोनित गर्ने परम्परा छ । यो चुनाव जसले धेरै मत ल्यायो उसले जित्ने चुनाव हो, यहाँ समानुपातीक भन्ने चलन छैन ।

 

किसानलाई भत्ता, कृषकका समस्या, किसानका ऋण मिनाहा, कृषिलाई यान्त्रिकीकरण, कृषिलाई सिंचाई, बिजुली, पानी जस्ता किसान सँग सम्बन्धित दर्जर्नौ मुद्दा यहाँ हरेक निर्वाचनमा प्रमुख रुपमा उठ्ने गर्छ । तर, प्रत्येक वर्ष यहाँका किसानहरूले आत्महत्यापनि गरिरहेका छन् । यस्तै समस्या हल गर्छ भनेर राहुल गान्धीले ठूलै इस्यु बनाएको पाइन्छ । मोदिले चुनावको केहि समय अगाडी १४ फेब्रुअरी को दिन जम्मु कश्मिर हाइवे को पुलावामा जिल्लामा ४० जना सुरक्षाफौजको मृत्यु भएको आतंकवादी हमलालाई मध्य नजर गरेर राष्ट्रिय सुरक्षालाई अर्को ठूलै मुद्दाको रुपमा उठाएका छन् ।

 

चाहे गान्धीको एलाइन्स “युपिए” होस् चाहे मोदीको एलाइन्स “एनडिए” होस् दुवैलाई भारतीय जनताले परिक्षण गरिसकेका छन् । अबको जनमत कतातीर जान्छ ? त्यो चाहिँ प्रतिक्षाको घडी मै छ । काँग्रस आईका अति कम बोल्ने निवर्तमान प्रधानमन्त्री मनमोहन सिंहलाई विस्थापित गरेर बोल्नमा चतुर नरेन्द्र मोदी प्रधानमन्त्री भएका थिए ।

 

पूर्ण बहुमत पुर््याउनको लागि कुल २७३ सिट जित्न आवश्य छ । धेरैको अनुमान छ कि पहिलेको जस्तो सजिलै मोदिले बहुमत पुर््याउन सक्दैनन् । त्यसो भए के गान्धीले यो सम्भावना बोकेका छन् त ? त्यो पनि धेरै विश्लेषकहरूले सहि मान्न सकिरहेका छैनन् । त्यसो भए के भारतमा “हङ पार्लियामेण्ट” बन्छ त ? धेरैले यसलाई पनि इन्कार गरेका छन् । अधिक सर्वेक्षण, विश्लेषक तथा राजनीतिक वक्ताहरूका अनुसार विजेपी गठबन्धनले नै झिनो बहुमत ल्याउँछ भन्ने छ । यो अनुमान सहि, गलत जे पनि हुन सक्छ, ’cause जनताको मनोभावना के छ वा कता छ भन्ने थाहा पाउनु कठिन काम हो । प्रत्येक देशमा हरेक निर्वाचनमा फेरिरहने जनअभिमत भनेको त्यहाँका नयाँ पुस्ता हुन् । उनीहरूको निर्णय कता पट्टी जान्छ परिणाम त्यतै पट्टी पल्टन्छ ।

 

अमेरिका कै वर्तमान राष्ट्रपतीलाई बहुमतले सोचेका पनि थिएनन् चुनाव जित्छन् भनेर । सबैले हिलारी क्लिण्टनले जितेकै जसरी वर्तमान राष्ट्रपती भनेर भन्न मात्र बाँकी राखेका थिए तर विश्वलाई नै आश्चर्य पार्दै धनाढ्य ब्यापारी, डोनाल्ड ट्रम्पले तिर मारे, वर्षौं देखिकी रानीतिमा अनुभवी हिलारी रुन्चे अनुहार लिएर ट्रम्पलाई बधाई र मतदातालाई धन्यवाद भन्दै पर्दा पछाडी प्रवेश गर्न विवश भईन् । जबकी त्यतीबेला सम्म उनको आफ्नै पार्टीको सरकार थियो । त्यसैले चुनाव हो, परिणाम नआईकत त्यसै अनुमान कै भरमा अन्दाज गर्नु एक हद सम्म मन बुझाउने बाटो मात्र हो ।

 

नेपाललाई चाहिं कसको सरकार बन्यो भने फाइदा होला त, एनडिए को वा युपिएको ? अर्थात, नरेन्द्र मोदी वा राहुल गान्धी ? हुन सक्छ यी दुवै व्यक्तिहरूले निर्वाचन हारेर आफ्नो गठबन्धनले चाहिं बहुमत ल्यायो भने अन्य दोस्रो श्रेणीमा रहेको व्यक्ति प्रधानमन्त्री हुँदा नेपालको लागि के हुन्छ ? अथवा, कुनै तेस्रो शक्ति वा व्यक्ति पनि सत्ताको मुख्य सिटमा नआउला भन्न सकिन्न ।

 

नेपाल मात्र होइन विश्वलाई नै भारतीय राजनीतिको चासो हुनु स्वभावीकै हो । अहिले जसले जे भनेर रट लगाए ता पनि व्यवहारिक रुपमा चलेको वाद भनेको पुँजी वाद नै हो । पुँजीवादले कसरी आफ्नो पुँजीको अत्यधीक वृद्धि गर्न वा गराउन सकिन्छ भनेर खोजी रहेको हुन्छ । बसपार्कमा सयकप चिया बेच्नेले पनि कसरी भोली अर्को एक कप बढी बेच्न सकिन्छ भनेर सोची रहेको हुन्छ भने विश्वका अति विकसित र धनी मुलुकहरूको इच्छा भारतजस्तो जनसंख्याको सागर भएको देशमा उपभोक्तावादी नजर परेको छैन वा हुँदैन भनेर मान्नै सकिंदैन । त्यसैले चाहे अमेरिका होस वा चाइना उसको “इन्टरेस्ट” त्यहाँ परेकै छ र पर्ने नै छ ।

 

त्यसैले नेपालले पनि उनीहरूको नीति भन्दा हाम्रो नीतिले चाहिँ उनीहरू जो सुकै सत्ताको सिटमा बसेता पनि रिझाउन सक्नु पर्दछ । भौगोलीक रुपले सात समुद्र पारको देश र सैनिक युद्ध नै भईरहने देशले त आर्थिक सवलताको लागि हात मिलाउन सक्छन् भने सिमानामै रहेको नेपालले यसबाट फाइदा उठाउन हर तरहले प्रयास जारी राख्नु पर्दछ ।

 

भारतीय बजारमा तयारी सामाग्रीहरू पठाउँदा नेपाललाई कहिल्यै पनि फाइदा हुँदैन ’cause उनीहरू हामीले भन्दा कयौं गुणा सस्तोमा यस्ता सामग्रीहरू निर्माण गरेर हामीलाई नै बेच्न सक्षम छन् त्यसैले हामीले कच्चा पदार्थको अत्यधीक उत्पादन गरेर भारतीय बजार सम्म पुर््याउन सक्छौं ।

 

हुनत नेपालले केन्द्रिय सत्ता भन्दा सिमाना जोडिएका प्रान्तीय सत्ता सँग बढ्ता निकटता राख्दा फाइदा हुने देखिन्छ । दिल्लीका प्रधानमन्त्री भन्दा देहरादुन, लखनऊ, पटना र कलकत्ताका मुख्यमन्त्रीहरू हाम्रा नजिकका साथीहरू हुन् । यीनीहरू सँग हातेमालो गरेको खासै देखिंदैन । केन्द्रले त एउटा नीति बनाउने न हो बाँकी काम त प्रान्तीय सरकारले गर्दछन् । केन्द्रले निर्देशन दिएता पनि प्रान्तले मानिदिएन भने नेपाललाई के फाइदा जसले चुनाव जिते पनि ? उनीहरूको प्रान्तीय सरकार भनेको हाम्रो जस्तो सिडियो सम्म पनि चलाउने अधिकार नपाएको सरकार त होइन । ती आफैंमा स्वतन्त्र तर शक्तिशाली छन् ।

 

भारतीय मिडियाहरूमा चुनाव लक्षीत चर्का वहशहरू जारी छन् । मिडियाले रातारात हिरो बनाइएका उम्मेदवारहरूको ठूलै जमात तयार छ । पाँच वर्षको लागि हुने अबको अर्को चुनाव कुर्न अब मात्र एक चरणको चुनावी प्रकृया बाँकी छ । हेरौं अब के हुन्छ ?