राजधानी सार्ने नै हो त ?

विश्वमा धेरै देशले राजधानी स्थानान्तरण गरेका छन् । ब्राजिलको राजधानी रियो डि जेनेरियो मा अत्यधिक जनसंख्याको चाप र अपायक भएको भन्दै सन् १९६० मा ब्रासिलिया सारियो । नाइजेरियाले पनि यस्तै समस्याहरू भोगेर सन् १९९१ मा राजधानी लागोस बाट अबुजा सारियो । अमेरिकाको राजधानी पनि न्युयोर्क बाट सन् १८०० मा वासिङटन डि.सि.मा सरेको हो । अस्ट्रेलियाको राजधानी क्यानबेरा पनि सन् १९१३ मा सारेर बनाइएको हो । सँगै टाँसिएको मित्र राष्ट्र भारतको राजधानी कलकत्ताबाट सन् १९१२ मा नयाँ दिल्ली सारिएको हो । त्यस्तै पाकिस्तानको राजधानी पनि सन् १९६७ मा कराँचीबाट इस्लामाबाद सारिएको हो ।

देशको संघिय राजधानी काठमाण्डौमा कति जनसंख्या बस्दछन् भन्ने आधिकारीक तथ्यांक कसैसँग छैन । अन्दाजको भरमा कसैले चालिस लाख भन्छन्, कसैले पचास लाख त कसैले साठी लाख । तर, मेरो व्यक्तिगत अनुमान अनुसार एक करोड भन्दा कम छ जस्तो लाग्दैन । जसले जे भनेतापनि यो शहरले वर्तमान जनसंख्या नै धान्न धौ धौ परिसकेको छ । झन् प्रत्येक दिन थपिने नयाँ जनसंख्या लाई कसले रोक्न सक्ला ?

 

 

एउटा सभ्य देशले आफ्ना जनताहरूलाई अरु केही नभए पनि कमसेकम शुद्ध पानी र हावा त दिनै पर्दछ । मोफसलका शहरको त कुरै छाडौं यहाँ त राजधानी बासीले पनि त्यो सुविधा पाएका छैनन् । काठमाण्डौले कहिले पनि आफूलाई योजनाबद्ध विकासका साथ अगाडी बढाउन सकेन । पहिले देखि अहिले सम्म यो समस्या यथावत छ । शहरको भित्री भाग असन, इन्द्रचोक तीर जत्रो बाटो छ त्यो भन्दा सयौं वर्ष पछाडी बनेको बानेश्वर, महाराजगञ्जको भित्री सडक पनि त्यस्तै छ, अझ त्यो भन्दा पनि पछाडी बनेको बालकोट, थानकोटको सडक पनि त्यस्तै छ । कहिले पनि सुधार नै भएन ।

 

 

दुई–तिन आना जग्गामा बनेका स–साना घर, फुटपाथ बिनाका सडक, सार्वजनिक शौचालयको अभाव, अतिक्रमणमा परेका खुला ठाउँ, सडकले धानेको पार्किङ, उब्जनी हुने जग्गामा प्रदुषण फैलाउने इँटा भट्टा, हरियाली डाँडामा ड्रोजरको रँजाई, खाने पानीमा ढल, खोला किनारामाथी बस्ती, इत्यादी । दिन प्रतिदिन कुरुप बन्दै गएको शहरलाई यदि बचाउने हो, अरु जनसंख्यालाई थपिन बाट रोक्ने हो र भएका जनसंख्यालाई न्युनतम आधारभुत सुविधा दिने हो भने अब ठूलै निर्णय लिने बेला आएको छ ।

 

 

भएको भौतिक संरचनालाई डोजर लगाएर भत्काउँदा भत्काउँदै शहरको रुप कुरुप भइसक्यो अब त भत्काउने ठाउँनै छैन र त्यो सम्भव पनि छैन । अलि–अलि कतै कोट्याउँदै, सडक अलिकती फराकीलो बनाएर समस्याको समाधान हुने काँट छाँट कतैबाट पनि देखिँदैन । स्थानीय बासिन्दालाई बिस्थापित गरेर, ऐतिहासिक धरोहरहरूलाई मासिसकेपछि पनि समस्या ज्युँ का त्युँ हुनु भनेको अब अन्तिम स्थिती पनि बन्द भइसक्नु नै हो । त्यसैले अबको कदम भनेको राजधानीलाई अर्को स्थानमा स्थानान्तरण गर्ने नै हो ।

 

 

हुनत राजधानी सार्ने कुरा धेरै पहिले देखि बेला बेलामा उठ्ने गरेकै हो । माओवादीले पनि यो कुरा उठाएकै थियो । तर, कसैले पनि यसलाई गहन रुपमा लिएन, सबैले हल्का रुपले लिए । कहिले चितवन, कहिले बुटवल र कहिले दाङ भनियो तर छलफललाई अगाडी बढाइएन । अब त्यो समय आएको हुनु पर्छ । अब बनाउँदा बस्तीनै नबसेको स्थानलाई रोज्नु उपयुक्त हुनेछ ।

 

 

विश्वमा धेरै देशले राजधानी स्थानान्तरण गरेका छन् । ब्राजिलको राजधानी रियो डि जेनेरियो मा अत्यधिक जनसंख्याको चाप र अपायक भएको भन्दै सन् १९६० मा ब्रासिलिया सारियो । नाइजेरियाले पनि यस्तै समस्याहरू भोगेर सन् १९९१ मा राजधानी लागोस बाट अबुजा सारियो । अमेरिकाको राजधानी पनि न्युयोर्क बाट सन् १८०० मा वासिङटन डि.सि.मा सरेको हो । अस्ट्रेलियाको राजधानी क्यानबेरा पनि सन् १९१३ मा सारेर बनाइएको हो । सँगै टाँसिएको मित्र राष्ट्र भारतको राजधानी कलकत्ताबाट सन् १९१२ मा नयाँ दिल्ली सारिएको हो । त्यस्तै पाकिस्तानको राजधानी पनि सन् १९६७ मा कराँचीबाट इस्लामाबाद सारिएको हो । यी माथीका केही उदाहरणहरूले पनि बुझाउँछ की यदि राज्यले आवश्यक प¥यो भने देशको राजधानी परिवर्तन गर्दो रहेछ । त्यसैले यस ’boutमा हामीले पनि किन नसोच्ने ?

 

 

नयाँ राजधानी बनाउँदा आर्थिक, सामाजिक, राजनैतिक, वातावरणीय पक्षहरूलाई ध्यान दिएर योजनाबद्ध तरिकाले बनाउन सकिन्छ । जसलाई अहिले काठमाण्डौले भोगिरहेको समस्यालाई मध्यनजर गर्दै कसरी न्युनीकरण गर्न सकिन्छ भनेर नयाँ शहरको निर्माण गर्नु पर्दछ ।
बरु प्राचिन कालमै काठमाणडौ अतिनै आधुनिक तरिकाले निर्माण भएको पाइन्छ । उदाहरणको लागि असन बजार लाई हेरौं, जहाँबाट शहरका प्रत्येक कुनाबाट आउने बाटोहरू आएर जोडिन्छ । भोटाहिटी, जमल, ठमेल, क्षेत्रपाटी, विष्णुमती, इन्द्रचोक, महाबौद्ध, बाट आउने सबै बाटोहरू असनमा आएर जोडिन्छ । यी भित्री शहरमा बाहिरबाट हेर्दा घरहरू पर्खाल जस्तै एक अर्कोमा जोडिएर बनेको देखिन्छ तर यी प्रत्येक घरहरुको भित्र चोकहरू बनाइएको हुन्छ । ती चोकहरू बाट घरलाई आवश्यक पर्ने हावा र प्रकाश छिर्ने ब्यवस्था गरिएको हुन्छ । साथै ती चोकहरूमा आपसमा भलाकुसारी गर्ने, भोज भतेर खाने, घाम ताप्ने जस्ता क्रियाकलाप गर्ने गरी बहुउपयोगी तरिकाले निर्माण गरेको पाइन्छ । मठ, मन्दिर, इनार, सत्तल जस्ता मानविय आवश्यकताका कुराहरू पनि मिलाएर निर्माण गरिएको पाइन्छ । त्यो समयमा मोटर वा गाडी भनेको कल्पना भन्दा बाहिरको कुरा भएर होला बाटोघाटोको निर्माण मानिस र बग्गी हिंड्न सक्ने चौंडाइको मात्र बनाइयो, त्यही सडकले नै अहिले सम्म सवारी साधन र बटुवाहरूको आगमनलाई धानीरहेको छ ।

 

 

अब निर्माण गरिने नयाँ शहर आधुनिक तरिकाले भौतीक संरचनाहरूले सुसज्जीत हुनु पर्दछ । पैदल यात्रीलाई चौंडा हिंडने बाटो, अपाङ्ग मैत्री फुटपाथ, साइकल लेन, ठूला सवारी साधन, साना सवारी साधन, मोटर साईकल, सार्वजनीक सवारी साधनको लागि छुट्टा छुट्टै सडक लेन । बजार क्षेत्र, आवास क्षेत्र छुट्टा छुट्टै स्थानमा । ठूला ठूला गगनचुम्बी भवनहरूको निर्माणले गर्दा धेरै कार्यालहरू तथा बजारहरू एकै ठाउँमा सञ्चालन गर्न सकिन्छ । एउटै भवनमा धेरै कार्यालय तथा बजार बस्ने भएपछि धेरै घरहरू बनाईरहनु पर्दैन, जसले गर्दा प्रशस्त खुल्ला ठाउँ रहन्छ । जहाँ, रुख, बिरुवा रोपेर शहरको सौन्दर्यका साथै वातावरणको पनि उचित संरक्षण गर्न सकिन्छ । प्रत्येक घरम खाने पानी, ढल र पिच सडकको पहुँच पु¥याउन सकिन्छ । जताततै हरियाली, पार्क, बगैंचा, धार्मिक मठ मन्दिर, मशान घाट, पार्किङ स्थल, सार्वजनिक शौचालय, बिद्युतीय यातायातका साधन, मेट्रो रेल, आदिको प्रशस्त पुर्वाधार ! आहा ! सुन्दा पनि कती रमाइलो, काल्पनीक जस्तो लाग्ने यी कुराहरूलाई साकार रुप दिने मौका पाइने छ । यदि साँच्चीकै साकार भयो भने फेरी एउटा विश्वकर्माको जन्म भएको मानिनेछ ।

 

 

सरकार र विशेष गरी श्रममन्त्रीले भने जस्तै नेपाली कामदारहरू अरबको तातो हावामा जानुको सट्टा स्वदेशमै रोजगार हुने छन् । हजारौंको संख्यामा सानो तहदेखि उच्च तह सम्मका निर्माण श्रमिकहरूको खपत हुनेछ । प्राविधिक र गैर प्राविधिकको ठूलो संख्या खपत हुनेछ । सिमेण्ट, रड, मार्बल, जस्ता सामग्रीहरूको अत्यधिक प्रयोग हुनेछ । कल्पना गरौं त अहिले भइरहेको जनशक्ती देशलाई नै पुग्दैन, विदेश बाट झिकाउनु पर्ने अवस्था सिर्जना हुन सक्छ ।

 

 

मुख्य समस्या भनेको अर्थ अभाव को हो । तर, तँ आँट म पुर्याईदिन्छु भने जस्तै, यदि शुरु गर्ने हो भने सहयोगी राष्ट्र, संघ, संस्था, तथा व्यक्तिहरू तयार हुन गाह्रो छैन । धुर्मुस सुन्तलीले त आँटी रहेको बेलामा सरकारलाई के को हिचकिचाहट ? अहिले बशन्तपुर, पाटन लगायत हाम्रो मौलिक सम्पदा पुनर्निर्माणमा सहयोग गरिरहेका राष्ट्रहरूले आ–आफ्ना देशका झण्डा झुण्ड्याएर काम गर्न पाइरहेका छन् भने भोली नयाँ राजधानीमा शिलालेखमै गाडेर देशको झण्डा र नाम खोपाउन उनीहरू अवश्य पनि आउने छन् ।

 

 

अन्तमा, राजधानी सार्ने विषय साँच्चीकै छलफलको विषय भयो भने यसले देशैभर ठूलै तहल्का मच्चाउने छ । पक्ष विपक्षमा चर्कै वहस हुने छ । त्यसैले शुरुमै देशैभरीको जग्गा जमिन किनबेच, कित्ताकाँट र नक्सा पास सबै रोक्नु पर्छ ’cause त्यो छलफलमा स्थानको पनि कुरा उठ्छ, जसले गर्दा रातारात जग्गाको भाउ सयौं गुणा बढ्नेछ । साथै अनावश्यक माग राखेर अधिग्रहण गर्न पनि समस्या उत्पन्न गराउने छन् ।